Connect with us
Advertisement

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फासीको सजाय

Published

on

काठमाडौं- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीना मानवताविरुद्धका पाँचवटा अपराधमध्ये तीनमा दोषी ठहर भएकी छन्।

ढाकामा अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले उनलाई फासीको सजाय सुनाएको हो। समाचारअनुसार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो । अदालतको फैसला प्रत्यक्ष प्रसारण भइरहेको छ।

ढाकामा अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले उनलाई मानवताविरुद्धको अपराधको दोषी ठहराउँदै हत्या घटनाका मुख्य योजनाकार ठहराएको छ।

भारतमा निर्वासित जीवन बिताइरहेकी शेख हसिनासँगै पूर्व गृहमन्त्री आसदुज्जमान खान कमाललाई मृत्युदण्डको सजाय सुनाइएको छ।

ट्रिब्युनलले अगष्ट २०२४ मा भएको विद्यार्थी आन्दोलनको क्रममा भएका हत्याको मुख्य योजनाकारका रूपमा उनीहरूलाई दोषी ठहर गरेको छ। शेख हसिना सत्ताबाट ढलेपछि भारतमा निर्वासित जीवन बिताइरहेकी छन् । उनी विगत १५ महिनादेखि भारतमै बसिरहेकी छिन्।

हसिनालाई फासीको सजाय हुने फैसलापछि बंगलादेशभर हिंसा जारी छ। सरकारले उच्च सतर्कता घोषणा गरेको छ। ढाकामा १५ हजार प्रहरी परिचालन गरिएको छ र हिंसात्मक प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिइएको छ।

शनिबार रातिदेखि आइतबार बिहानसम्म ढाकामा दुई वटा बसमा आगजनी भएको छ। फैसलापछि हिंसा बढ्ने सम्भावनालाई मध्यनजर गर्दै देशभर सुरक्षा व्यवस्था कडा गरिएको छ।

हसिनाको मुद्दामा फैसलापछि देशभर हिंसा जारी छ। सरकारले उच्च सतर्कता घोषणा गरेको छ। ढाकामा १५ हजार प्रहरी परिचालन गरिएको छ । हिंसात्मक प्रदर्शन भए गोली चलाउने आदेश दिइएको छ।

शनिबार रातिदेखि आइतबार बिहानसम्म ढाकामा दुईवटा बसमा आगजनी भएको छ। फैसलापछि हिंसा थप बढ्ने आशंका गरिएकोले देशभर सुरक्षा कडा गरिएको छ।

यो मुद्दा गत वर्ष जुलाईमा भएको विद्यार्थी नेतृत्वको आन्दोलन (जुलाई अपराइजिङ) का क्रममा भएका अपराधसँग सम्बन्धित छ।

पूर्वगृहमन्त्री असदुज्जामान खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अल–मामुन पनि सह–आरोपीका रूपमा मुद्दामा तानिएका थिए ।

तीन सदस्यीय इजलास जसको नेतृत्व न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुम्दरले गरिरहेका छन् । उनले अहिले ४५३ पृष्ठको फैसलाबाट मुख्य अंश पढेर सुनाए ।

७८ वर्षीया हसिनाले गत वर्ष साउन २ (अगस्ट ५) मा शासनबाट हटाइएपछि भारतबाट फर्केर अदालतमा उपस्थित हुन दिएको आदेश उल्लङ्घन गरेको आरोप छ। उनीमाथि प्रदर्शन दमन गर्न घातक कारबाहीको आदेश दिएको आरोप थियो।

असदुज्जामान फरार छन् भने मामुन हिरासतमा छन्, उनले दोष स्वीकार गरिसकेका छन्। २०१० मा ट्रिब्युनल स्थापनार्थ पहिलोपटक कुनै आरोपी राज्य साक्षी बनेका हुन्।

उनीहरूविरुद्ध सरकारी अधिकारीहरूले पाँचवटा मुद्दा दर्ता गरेका छन्, जसमा हत्या रोक्न नसक्नु पनि समावेश थियो । जुन बंगलादेशी कानुन अनुसार मानवताविरुद्धको अपराधमा पर्छ। दोषी ठहरिए उनीहरूलाई मृत्युदण्ड माग गरिएको थियो।

दोषी ठहरिएपछि उनीहरूको सम्पत्ति जफत गरी पीडित परिवारलाई वितरण गरिने भएको छ। तर विपक्षीले आफूहरू निर्दोष ठहरिने आशा व्यक्त गरेका थिए। हसिनाले सबै आरोप अस्वीकार गरेकी थिइन्। यो आन्दोलनका क्रममा भएका विभत्स घटनाहरूमा ट्रिब्युनलको पहिलो फैसला भएको छ।

फैसला बंगलादेश टेलिभिजन र निजी च्यानलहरूले प्रत्यक्ष प्रसारण गरिरहेका छन् । हसिनाविरुद्ध आईसीटीमा अन्य तीन मुद्दा पनि छन्, दुई जबरजस्ती बेपत्ता पारिएका घटनाबारे र एउटा सन् २०१३ मा मोतीझीलको शापला चत्तरमा भएको दाबी गरिएको सामूहिक हत्यासम्बन्धी पनि छ।

कमालमाथि पनि दुई जबरजस्ती बेपत्ता पारिएका घटनाका मुद्दा छन्। जुलाई २ मा आईसीटी–१ ले हसिनालाई अदालतको अवहेलना गरेको ठहर गर्दै ६ महिनाको साधारण जेल सजाय सुनाएको थियो।

यो सजाय स्थानीय नेतासँगको फोन वार्तामा अदालतविरुद्ध टिप्पणी गरेको आधारमा भएको हो। ट्रिब्युनलले महिनौंदेखि उनीमाथि सामूहिक हत्या गर्न आदेश दिएको दाबी गर्ने साक्ष्य सुन्दै आएको छ।

गत वर्षको आन्दोलनपछि हसिनाविरुद्ध मानवताविरुद्धको अपराधको उजुरी दर्ता भएको थियो। त्यसपछि अनुसन्धान गरी १२ मे मा प्रतिवेदन मुख्य अभियोजक कार्यालयमा बुझाइएको थियो।

अभियोजनले १३५ पृष्ठको आरोप पत्र दर्ता गरेको थियो, जहाँ ८,७४७ पृष्ठका कागजात र प्रमाणहरू संलग्न थिए। हसिना, कमाल र मामुनविरुद्ध औपचारिक आरोप १ जुनमा दर्ता गरियो र त्यसै दिन मुद्दा चलाउने आदेश दिइएको थियो ।

जुलाई १० मा अदालतले तिनै अभियुक्तविरुद्ध मुद्दा दायर गर्‍यो। अगस्ट ४ देखि प्रक्रिया सुरु भयो। ८१ जनाको सूचीमा रहेका साक्षीमध्ये ५४ जनाले बयान दिए । जसमा पूर्व आईजीपी मामुन र अनुसन्धान अधिकृत पनि थिए।

अक्टोबर २३ मा बहस सकिएपछि नोभेम्बर १३ मा फैसला मिति तय गर्ने भनिएको थियो। त्यसदिन नै अदालतले नोभेम्बर १७ का लागि फैसला तोकेको थियो।

आरोपहरू

आरोप नम्बर १ : हत्या, हत्या प्रयास र यातना दिएको आरोप छ। चार्जशीट अनुसार हसिनाले प्रहरी र अवामी लीगसँग जोडिएका सशस्त्र समूहलाई सर्वसाधारणमाथि हमला गर्न उक्साइन्, त्यसलाई बढावा दिइन् र हिंसा रोक्न असफल भइन्।

आरोप नम्बर २ : विद्यार्थी प्रदर्शन दबाउन हसिनाले घातक हतियार, हेलिकप्टर र ड्रोन प्रयोग गर्ने आदेश दिएकी आरोप छ।

आरोप नम्बर ३ : १६ जुलाईमा बेगम रौकेया विश्वविद्यालयका विद्यार्थी अबू सैयदको हत्या सम्बन्धी आरोप। चार्ज अनुसार यो हत्या हसिना र अन्य आरोपितको आदेश, साजिश र संलग्नताका आधारमा गरिएको हो।

आरोप नम्बर ४ : ५ अगस्टमा ढाकाको चाँखारपुलमा छ जना निहत्था प्रदर्शनकारीको हत्या। यो पनि हसिनाको प्रत्यक्ष आदेश, उक्सावा, सहयोग र साजिशका कारण भएको दाबी छ।

आरोप नम्बर ५ : पाँच प्रदर्शनकारीलाई गोली हानी हत्या गरिएको, एकलाई घाइते बनाइएको र मारिएका पाँच जनाको शव जलाइदिएको आरोप छ। एक प्रदर्शनकारीलाई जिउँदै जलाइएको दाबी पनि यस आरोपमा समावेश छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading

Banner

आज विश्वकर्मा मनाइँदै

Published

on

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक