Connect with us
Advertisement

आजको रोमाञ्चक भिडन्त: काठमाण्डु कि सुदूरपश्चिम

Published

on

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । सोमबारको उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको काठमाडौं उच्च मनोबलका साथ दोस्रो खेलमा सहभागी हुनेछ । साविक उपविजेता सुदूरपश्चिमसँगको खेल काठमाण्डुका लागि महत्त्वपूर्ण बन्नेछ । सुदूरपश्चिमसमेत विजयी सुरुवात गर्दै अंक जोड्न चाहन्छ ।

काठमाण्डु र सुदूरपश्चिम खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । काठमाण्डुका कप्तान करण केसी हुन् भने सुदूरपश्चिमको नेतृत्व अलराउन्डर दीपेन्द्रसिंह ऐरीले गरेका छन् ।

काठमाण्डुको शक्ति

विजयी सुरुवात गरेको काठमाण्डुको आत्मबल दोस्रो खेलमा सबैभन्दा ठुलो हतियार हो । साविक विजेता जनकपुरलाई हराएर दुई अंक जोडेको काठमाण्डु आज उत्साहका साथ मैदानमा हुनेछ । यो टिमले नेपाली राष्ट्रिय टिमका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाइसँग प्रशिक्षणको अवसर पाएको छ।

नामिबियाका कप्तान जेरार्ड एरासमससँगै केही महत्त्वपूर्ण विदेशी खेलाडी काठमाण्डुले ल्याएको छ। इंग्ल्याण्डका जोन सिम्पसन, बेन चाल्र्सवर्थ, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, अमेरिका मिलिन्द कुमार र भारतका सन्नी पटेल काठमाण्डुका विदेशी खम्बा हुन्। पहिलो खेलमा मिलिन्द कुमारको प्रदर्शनले काठमाण्डुमा उत्साह भरेको छ ।

काठमाण्डुको कप्तानी करणले गर्दा उनलाई मोहम्मद आदिल आलम, रशिद खान, भीम सार्की, आकाश त्रिपाठी, उत्तम मगर, सन्तोष यादव, प्रतिक श्रेष्ठले साथ दिँदैछन् ।

काठमाण्डुको बलिङ लाइनमा कप्तान केसीसँगै शाहव आलम, दीपेश कँडेल, नटराजन शाह र तुलबहादुर थापाको जादु देखिने छ। कान्तिपुर मिडिया ग्रुपको लगानी रहेको टिम भएकाले यसमा धेरैको चासो देखिन्छ।

सुदूरपश्चिमको शान दीपेन्द्र

सुदूरपश्चिम अघिल्लो अर्थात् एनपीएल पहिलो सिजनको उपविजेता टोली हो। सुदूरपश्चिम पहिलो सिजन फाइनलमा जनकपुरसँग पराजित भएको थियो । अघिल्लो सिजनमा भित्र्याएका न्यूजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेइलिन र अमेरिकाका हर्मित सिंहलाई सुदूरपश्चिमले यो सिजनसमेत स्वागत गरेको छ । अस्ट्रेलियाका जोश ब्राउन र क्रिस लिनलाई विदेशी खेलाडीको रुपमा ल्याएको छ ।

सुदूरपश्चिममा कप्तान दीपेन्द्रसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत, नरेन साउद र दीपेन्द्र थापा समेटिएका छन् । अरु जतिसुकै ठुलो लाइनअप देखिए पनि सुदूरपश्चिम कप्तान ऐरीमा मात्र भर पर्ने देखिन्छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ।

एनपीएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

एनपिएलको ट्रफीका साथ आठ टिमका कप्तान । तस्बिरः एनपिएल

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ।

एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी

Published

on

नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।

ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।

सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

Continue Reading

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक