Banner
एनपीएल अपडेट: २८ मध्ये ८ खेल सकिँदा शीर्ष स्थानमा को–को ?
गएको मंसिर १ गते सोमवारदेखि शुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणका २८ वटा खेलमध्ये अहिलेसम्म आठ वटा खेल सकिएका छन् । पहिलो पटक ‘फ्लडलाइट’ र स्थायी प्यारापिटमा एनपीएलका खेल भइरहेका छन् । काठमाण्डौको कीर्तिपुरमा रहको त्रिवि क्रिकेट रङ्गशालामा एनपीएलका आठ वटै टोलीले कम्तिमा एउटा खेल खेलेका छन् ।
कुन टोली कुन स्थानमा ?
उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई काठमाण्डु गोखार्जले हराउँदै विजयी शुरुआत गरेको थियो । काठमाण्डुले अहिलेसम्म ३ वटा खेल खेलेको छ भने जनकपुरले एउटा मात्रै खेल खेलेको छ । अहिलेसम्मको अङ्कतालिकाअनुसार समान २ खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स समान ४ अङ्कसहित पहिलो र दोश्रो स्थानमा छन् । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमाण्डु र दोश्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको हो ।
यस्तै विराटनगर किङ्ग्सले पनि आफ्नो पहिलो खेलमा पोखरा र दोश्रो खेलमा काठमाण्डुलाई हराएको हो । ३ खेलमा २ खेल हारेको काठमाण्डु तेश्रो स्थानमा छ । २ खेलमा १ जीत र १ हारसहित लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्स समान २ अङ्कसहित चौथो, पाँचौं र छैटौं स्थानमा छन् । एउटा मात्रै खेल खेलेको जनकपुर पुछारबाट दोश्रो स्थानमा छ भने २ वटा खेल खेलेको पोखरा दुवै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ ।
मार्क वाटकाे शतक
दोश्रो संस्करणको एनपीएलमा कर्णाली याक्सका मार्क वाटले शतकीय पारी खेलेका छन् । उनले हिजो लुम्बिनीसँगको खेलमा ४४ बलमा अविजित १ सय १४ रन बनाएका छन् । वाट एनपीएलमा शतक बनाउने दोश्रो खेलाडीसमेत बनेका छन् ।
वाट एकै खेलमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । उनले १२ छक्का प्रहार गरे । पहिलो संस्करणमा लुम्बिनीका विवेक यादवले सुदूरपश्चिमसँग, चितवनका कुशल मल्लले जनकपुरसँग तथा विराटनगरका लोकेश बमले पोखरासँग खेल्दा समान ७ छक्का प्रहार गरेका थिए ।
पहिलो शतक पहिलो संस्करणमा पोखराका एन्द्रिस गाउसले बनाएका थिए । उनले लुम्बिनीसँगको खेलमा अविजित १ सय ४ रन बनाएका हुन् । दुवै खेलाडीले लुम्बिनीसँगको खेलमा शतक बनाएका हुन् ।
भोलि दुई वटा खेल हुँदै
एनपीएलमा आज आइतवार खेल हुनेछैन । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यसअघि नै सार्वजनिक गरेको खेलतालिका अनुसार आज विश्रामको दिन राखेको हो । एनपीएलमा भोलि दुई वटा खेल हुँदैछन् । भोलि हुने पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच तथा दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ । दोस्रो संस्करणको एनपीएल क्रिकेटमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी आठ वटा टोली सहभागी छन् । प्रतियोगिता यही २७ गतेसम्म चल्नेछ ।
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login