Connect with us
Advertisement

हुलाकी राजमार्ग अन्तर्गत १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का रद्द

Published

on

हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि रद्द गरिएको छ। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले पप्पु–महादेव–खिम्ती संयुक्त उपक्रम (जेभी)सँगको ठेक्का बिहीबार औपचारिक रूपमा समाप्त गरेको हो।

७२३ मिटर लम्बाइको पक्की पुल ‘डिजाइन एण्ड बिल्ड’ मोडालिटीमा निर्माणका लागि ३१ जेठ २०६८ मा जेभीसँग ठेक्का सम्झौता भएको थियो। ३० जेठ २०७२ भित्र काम सक्ने सहमति भए पनि पाँचपटक म्याद बढाउँदा पनि १४ वर्षमा करिब ५६ प्रतिशत मात्र प्रगति भएको योजना कार्यालयले जनाएको छ। करसहित ठेक्का रकम ३४ करोड ९ लाख रुपैयाँ थियो।

ठेक्का रद्दसँगै निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत गरिने कार्यालयले जनाएको छ। गत ३१ असोजमा ‘किन ठेक्का नतोड्ने ?’ भन्दै जेभीलाई १५ दिने स्पष्टीकरण मागिएको थियो। तर, प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए।

कार्यालयका अनुसार निर्धारित समयभित्र काम सम्पन्न नगरेको, कार्यतालिका र स्रोत परिचालनको भरपर्दो योजना पेश नगरेको, काम सुचारु गर्नेतर्फ तदारुकता नदेखिएको र आवश्यक प्राविधिक तथा अधिकृत प्रतिनिधि नै उपस्थित नभएको कारण ठेक्का तोडिएको हो। अब बाँकी कामका लागि आवश्यक रकम सरकारी बाँकीसरह असूली प्रक्रिया अघि बढाइने तथा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिने उल्लेख गरिएको छ।

योजना कार्यालयले हालसम्म भएका कामको नापजाँच तथा वित्तीय समायोजनका लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन व्यवसायीलाई अनुरोध गरेको छ। उपस्थित नभएमा कार्यालयले नै नापजाँच गरी प्रक्रिया अघि बढाउनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले गत २६ असोजमा स्थलगत निरीक्षण गर्दै लामो समयदेखि अलपत्र योजनाहरूमा कडाइपूर्वक निर्णय गर्ने बताएका थिए। स्थानीय बासिन्दाले पुल नबन्दा दैनिक आवतजावत, व्यापार–व्यवसाय र पर्यटन प्रवर्द्धनमा ठूलो असर परेको बताउँदै छिटो पूरा गर्न आग्रह गरेका थिए।

पुल निर्माण २०७६ सम्म प्रगतिमा रहे पनि त्रुटि देखिएपछि प्राविधिक परीक्षण गरिएको थियो। परीक्षणले पुष्टि गरेका त्रुटि सच्याउन केही काम भए पनि कुल प्रगति निकै सुस्त रहेको विभागले जनाएको छ। पुलका १९ स्पानमध्ये ८ वटा सम्पन्न भएका छन्। बाँकी ११ स्पानमध्ये २ वटा बिम (गर्डर)सम्म पुगेका छन्, ६ वटाको जग हालिएको छ र ३ वटाको जग हाल्न बाँकी छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक