Connect with us
Advertisement

हुलाकी राजमार्ग अन्तर्गत १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का रद्द

Published

on

हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि रद्द गरिएको छ। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले पप्पु–महादेव–खिम्ती संयुक्त उपक्रम (जेभी)सँगको ठेक्का बिहीबार औपचारिक रूपमा समाप्त गरेको हो।

७२३ मिटर लम्बाइको पक्की पुल ‘डिजाइन एण्ड बिल्ड’ मोडालिटीमा निर्माणका लागि ३१ जेठ २०६८ मा जेभीसँग ठेक्का सम्झौता भएको थियो। ३० जेठ २०७२ भित्र काम सक्ने सहमति भए पनि पाँचपटक म्याद बढाउँदा पनि १४ वर्षमा करिब ५६ प्रतिशत मात्र प्रगति भएको योजना कार्यालयले जनाएको छ। करसहित ठेक्का रकम ३४ करोड ९ लाख रुपैयाँ थियो।

ठेक्का रद्दसँगै निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत गरिने कार्यालयले जनाएको छ। गत ३१ असोजमा ‘किन ठेक्का नतोड्ने ?’ भन्दै जेभीलाई १५ दिने स्पष्टीकरण मागिएको थियो। तर, प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए।

कार्यालयका अनुसार निर्धारित समयभित्र काम सम्पन्न नगरेको, कार्यतालिका र स्रोत परिचालनको भरपर्दो योजना पेश नगरेको, काम सुचारु गर्नेतर्फ तदारुकता नदेखिएको र आवश्यक प्राविधिक तथा अधिकृत प्रतिनिधि नै उपस्थित नभएको कारण ठेक्का तोडिएको हो। अब बाँकी कामका लागि आवश्यक रकम सरकारी बाँकीसरह असूली प्रक्रिया अघि बढाइने तथा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिने उल्लेख गरिएको छ।

योजना कार्यालयले हालसम्म भएका कामको नापजाँच तथा वित्तीय समायोजनका लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन व्यवसायीलाई अनुरोध गरेको छ। उपस्थित नभएमा कार्यालयले नै नापजाँच गरी प्रक्रिया अघि बढाउनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले गत २६ असोजमा स्थलगत निरीक्षण गर्दै लामो समयदेखि अलपत्र योजनाहरूमा कडाइपूर्वक निर्णय गर्ने बताएका थिए। स्थानीय बासिन्दाले पुल नबन्दा दैनिक आवतजावत, व्यापार–व्यवसाय र पर्यटन प्रवर्द्धनमा ठूलो असर परेको बताउँदै छिटो पूरा गर्न आग्रह गरेका थिए।

पुल निर्माण २०७६ सम्म प्रगतिमा रहे पनि त्रुटि देखिएपछि प्राविधिक परीक्षण गरिएको थियो। परीक्षणले पुष्टि गरेका त्रुटि सच्याउन केही काम भए पनि कुल प्रगति निकै सुस्त रहेको विभागले जनाएको छ। पुलका १९ स्पानमध्ये ८ वटा सम्पन्न भएका छन्। बाँकी ११ स्पानमध्ये २ वटा बिम (गर्डर)सम्म पुगेका छन्, ६ वटाको जग हालिएको छ र ३ वटाको जग हाल्न बाँकी छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक