Connect with us
Advertisement

आजको राशिफल : मंसिर २६, २०८२

Published

on

आज २०८२ साल मंसिर २६ गते शुक्रबार तदनुसार सन् २०२५ डिसेम्बर १२ तारिख । पुस कृष्ण पक्षको अष्टमी तिथि । अन्तर्राष्ट्रिय तटस्थ दिवस ।

मेष : दिन राम्रो छ । साथीको सहयोग मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । शिक्षामा गरेको प्रयास सफल बन्ने योग छ । आजको दिन एकल लगानी नगर्नु राम्रो हुनेछ । संयुक्त लगानीमा गरेको कामबाट फाइदा हुनेछ ।

वृष : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पढाइमा जोस जाँगर बढ्नेछ । आज तपाईंलाई साथी भाइले असहयोग गर्नेछन् । राम्रो बोल्छु भन्दा भन्दै नराम्रो शब्द निस्कनेछ । परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ ।

मिथुन : दिन सहज छ । आम्दानीका स्रोत राम्रा छन् । बौद्धिक व्यक्ति सँगको भेटले मन खुशी हुनेछ । साथी भाइको साथमा अगाडि बढाएको कामबाट फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । सम्पत्ति जम्मा गर्ने समय छ । घुमफिरमा जाने सम्भावना छ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । विवाद नगर्नू राम्रो हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

सिंह : आज आफूले सोचेका काम बन्ने योग परेको छ । पुरानो गुम्न लागेको धन हात पर्नेछ । मन प्रसन्न हुनेछ । गोपनीयता भने कायम गर्नुपर्ने दिन छ ।

कन्या : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । साथीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ । तर रोग भने बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : आम्दानी हुने दिन छ । परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारमा भने विवाद हुनसक्छ । रोगले पनि सताउन सक्ने भएकाले सचेत हुनु पर्नेछ ।

वृश्चिक : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । बन्धु सँगको सहकार्यले फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : धन आर्जन गर्ने दिन छ । बौद्धिक व्यक्ति सँगको भेटले मनमा शान्ति मिल्नेछ । तर सानो कुराले मन अशान्त बन्नेछ । दैनिक काममा स्वास्थ्यले अवरोध हुनसक्छ । साथी सँगको भेटले मन खुशी हुनेछ ।

मकर : दिन सामान्य छ । तपाईंको बोलीको प्रभावले ठूलो काम बन्नेछ । मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ । साथी भाइले असहयोग गर्नेछन् । आफन्तले नै अपमान गर्न सक्ने भएकोले सचेत बन्नु राम्रो हुनेछ ।

कुम्भ : दिन सहज छ । सहयोग हात धेरै छन् । मन प्रसन्न हुनेछ । शिवको भजन सुन्नु फाइदा जनक होला । स्वास्थ्यको भने ख्याल गर्नुपर्ने दिन छ । दक्षिणको लामो यात्रामा नजानू राम्रो हुनेछ । परिवार र बन्धुको साथमा काम बन्नेछ ।

मीन : शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । यात्रा गर्दा सचेत बन्नु पर्नेछ । शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भदौ २३–२४ को आन्दोलनले ८४ अर्बभन्दा बढी क्षति

Published

on

गएको भदौ २३ र २४ गते नवयुवाको आन्दोलनका कारण करिब ८४ अर्ब ४५ करोड रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको सरकारी प्रतिवेदनले देखाएको छ। पुनर्निर्माणमा मात्र ३६ अर्ब ३० करोड लागत लाग्ने अनुमान छ।

आन्दोलनबाट ५४ जिल्ला र २६२ पालिका प्रभावित बनेका छन्। १२ हजार ६५९ सवारीसाधन क्षतिग्रस्त हुँदा झन्डै १२ अर्ब ९३ करोड बराबरको नोक्सान भएको छ।

जम्मा २,६७१ भवन प्रभावित भएका छन्, जसको क्षति मूल्य ३९ अर्ब ३१ करोड आकलन गरिएको छ। सरकारी/सार्वजनिक क्षेत्रमा मात्र ४४ अर्ब ९३ करोड बराबरको नोक्सान भएको छ।

निजी क्षेत्रको क्षति ३३ अर्ब ५४ करोड बराबर छ। आन्दोलनका कारण २,९९९ जनाको रोजगारी प्रभावित भएको छ भने १३ अर्ब ८४ करोड बराबरको वस्तु तथा सेवा उत्पादनमा बाधा परेको प्रतिवेदनले उल्लेख गरेको छ।

Continue Reading

Banner

तेस्रोमा रोकियो विराटनगर, लुम्बिनी फाइनलमा सुदूरपश्चिमसँग भिड्ने

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित बन्दै विराटनगर किङ्सले यात्रा टुङ्ग्याएको छ । प्रतियोगिताको तेस्रो बन्दै विराटनगरले यस सिजनको यात्रा सकेको हो ।

दोस्रो क्वालिफायरको विजेता लुम्बिनी भने फाइनमा प्रवेश गरेको छ । अब लुम्बिनीले उपाधिका लागि पहिलो क्वालिफायर जित्दै फाइनमा सिधै प्रवेश गरेको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो क्वालिफायरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १३५ रनको पछ्याउँदै लुम्बिनीविरुद्ध विराटनगर जवाफी ब्याटिङ उत्रिएको थियो । १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै विराटनर ९४ रनमा समेटियो । लुम्बिनीले ४० रनको जित निकाल्यो र फाइनलमा स्थान बनायो ।

दोस्रो क्वालिफायरमा विराटनगरका सुरुवाती क्रममा ब्याटरहरु नचल्दा नजिता लुम्बिनीको पक्षमा गएको हो । विराटनगरले पहिलो ओभरमै ओपनर मार्टिन गुप्टिल र लोकश बमलाई गुमाएको हो । मार्टिनले २ रन जोडे भने लोकेश डक आउट भए ।

रुवेन ट्रम्पेलम्यनाको पहिलो ओभरको पाँचौ बलमा मार्टिन र अन्तिम बलमा लोकेश आउट भएका हुन् ।

अर्का ओपनर फाफ डुप्लेसी ३ बल सामना गरेर २ रनको अवस्थामा शेर मल्लको बलमा बोल्ट भए ।

तेस्रो विकेट गएपछि क्रिजमा आएका साम हिजलेटले इनिङ उकास्ने प्रयास गरे । उनले विराटनगरबाट २८ बलमा सर्वाधिक ३४ रन जोडे ।

चौथो विकेट खसेपछि मर्चेन्ट डी ल्याङ्गेले टिकेर खेल्ने प्रयास गरे सफल भएनन् । उनी २० बलमा १७ रन जोडेर आउट भए । ७ विकेट गुमेपछि ब्याटिङमा आएका नरेन भट्टले दोस्रो सर्वाधिक २१ रन जोडे भने अन्यले दोहोरो रन बनाउन सकेनन् ।

Continue Reading

Banner

फाइनल पुग्न विराटनगरलाई सहज लक्ष्य

Published

on

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससामु १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा  आठ विकेट गुमाउँदै १ सय ३४ रनको योगफल तयार पारेको हो ।

 

लुम्बिनीका लागि डार्शी शर्टले ४५, कप्तान रोहितकुमार पौडेलले ३४, निरोशन डिकवेलाले २९ र रुबेन ट्रम्पलम्यानले अविजित ११ रन बनाए । विराटनगरका लागि सुवाश भण्डारी र प्रतिस जिसीले तीन–तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक