Banner
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो ।
लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।
दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ । गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ ।
लिग चरणमा भएको यी दुवैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो ।
एपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही १ मंसिरदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको थिए ।
Facebook Comment
Banner
प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु
आउँदो फागुन २१ को चुनावका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु भएको छ । आवश्यक झन्डै २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
अबको १५ दिनभित्र मतपत्र छपाइको काम सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । आउँदो फागुन ५ गतेभित्र मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुगिसक्ने उहाँले जानकारी दिनुभयो ।
यसअघि समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सकिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिकतर्फ आवश्यक २ करोड ८ लाख ५० हजारभन्दा धेरै मतपत्र छपाइ कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
Banner
फुटबल मैदानमा गोलीकाण्ड : ११ जनाको मृत्यु
मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
गुआनाजुआटो राज्यको एक लाख ६० हजार जनसङ्ख्याको सानो सहर सालामान्कामा खेल सकिएलगत्तै सशस्त्र व्यक्तिहरू सामुदायिक फुटबल मैदानमा प्रवेश गरेका थिए। घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एकजनाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घाइतेमध्ये एक महिला र एक बालक छन्।
मेयर सेजर प्रिटोले सङ्गठित अपराध समूहलाई हिंसाको दोष दिँदै राष्ट्रिय सरकारसँग आफ्नो समुदायमा ‘शान्ति, सुरक्षा र स्थिरता पुनःस्थापना’ गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, “हामी एउटा गम्भीर सामाजिक विघटनको सामना गर्दैछौँ। अपराधी समूहहरूले स्थानीय अधिकारीहरूलाई वशमा पार्ने प्रयास गरिरहेका छन्।”
सालामान्कामा यसअघि शनिबार राति मानव अवशेष भएका चार झोला फेला परेका थिए भने नजिकैका दुई समुदायमा सोही दिन छ जनाको मृत्यु भएको थियो।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशकको सबैभन्दा तल्लो तहमा झरेको बताउनुभए पनि विज्ञहरूले तथ्याङ्कको पूर्ण विश्वसनीयता स्वीकार गरेका छैनन्।
सन् २००६ मा कार्टेलहरूमाथि कारबाही सुरु भएदेखि मेक्सिकोमा चार लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ। एक लाख २० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्, धेरैलाई जबरजस्ती भर्ती वा अपहरण गरिएको मानिन्छ। अपराधले ग्रस्त राष्ट्रमा सामूहिक चिहान र दफन नगरिएका शवहरू नियमित रूपमा फेला पर्छन्।
Banner
निर्वाचन आचारसंहिता कडाइका साथ लागू गराउन सबै पालिका र जिल्ला समन्वय समितिलाई आयोगको पत्राचार
निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा लागू गराउन निर्वाचन आयोगले देशभरका सबै स्थानीय तह (पालिका) र जिल्ला समन्वय समितिलाई औपचारिक पत्राचार गरेको छ।
आयोगले पठाएको पत्रमा निर्वाचनको स्वच्छता, निष्पक्षता र मर्यादा कायम गर्न आचारसंहिता कडाइका साथ पालना गराउन आग्रह गरिएको छ। विशेषगरी सार्वजनिक स्रोत–साधनको दुरुपयोग नगर्न, सरकारी पदाधिकारीले निर्वाचन प्रचार–प्रसारमा संलग्न नहुन, विकास निर्माणका नाममा मत प्रभावित पार्ने गतिविधि रोक्न तथा आचारसंहिता विपरीतका काम देखिए तत्काल कारबाहीका लागि समन्वय गर्न भनिएको छ।
त्यसैगरी, आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी आएमा छिटो अनुगमन र आवश्यक प्रतिवेदन निर्वाचन आयोगमा पठाउन पनि पालिका र जिल्ला समन्वय समितिलाई निर्देशन दिइएको छ। आयोगले सबै निकायको सक्रियताले मात्र निर्वाचनलाई विश्वसनीय र शान्तिपूर्ण बनाउन सकिने जनाएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login