Banner
लुम्बिनीले जित्याे एनपीएल उपाधि,
सुदूरपश्चिम राेयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे उपाधि जितेकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज भएकाे फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायाे । सुदूरपश्चिमले दिएकाे ८६ रनकाे लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायाे । लुम्बिनीका दिनेश अधिकारीले ४२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३/३ विकेट लिए ।
पहिलाे संस्करणमा तालिकाकाे पुछारमा रहेर लिग चरणबाटै बाहिरिएकाे लुम्बिनीले यस पटक उपाधि जित्याे । सुदूरपश्चिम भने लगातार दाेस्राे पटक उपविजेता बन्याे । सुदूरपश्चिम पहिलाे संस्करणकाे फाइनलमा जनकपुर बाेल्ट्ससँग पराजित भएकाे थियाे ।
लुम्बिनीले एनपीएलकाे उपाधिसँगै १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ । यस्तै उपविजेता बनेकाे सुदूरपश्चिमले ५१ लाख रुपैयाँ, तेस्राे भएकाे विराटनगर किङ्ग्सले २५ लाख र चौथो भएकाे काठमान्डु गाेर्खाजले १५ लाख रुपैयाँ प्राप्त गरेकाे छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।
Facebook Comment
Banner
कोशीमा आज राति पानी पर्न सक्ने
महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा तराईका एक–दुई स्थानमा बुधबार राति हल्का वर्षा हुन सक्ने सम्भावना छ। पश्चिमी प्रणालीको प्रभाव क्रमशः पूर्वतर्फ सर्दै जाने देखिएकाले केही क्षेत्रमा बदली र हल्का वर्षा हुन सक्ने अनुमान गरिएको हो। मौसमविद्हरूका अनुसार बुधबार दिनभरि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण बदली रहनेछ भने बाँकी पहाडी र तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर हुँदै गएपछि बिहीबारदेखि केही स्थानमा बादल लागे पनि मौसम क्रमशः खुल्दै जाने अनुमान गरिएको छ। यसले दैनिक जनजीवन, यातायात र उच्च भू–भागको हवाई आवागमनमा परेको असर पनि क्रमशः कम हुने अपेक्षा गरिएको छ। मौसमविद्हरूले वर्षा र हिमपातको सम्भावना रहेकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
Banner
रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । चुनावी अभियानका क्रममा जनकपुरमा रहेका बेला लामिछानेको खुट्टामा चोट लागेको थियो ।
उक्त चोटको उपचारका लागि लामिछाने चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना भएको उनको सचिवालयले जानकारी दिएको छ
हेर्नुहोस् सूचना :
माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा सभापति रवि लामिछानेज्युको देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण (Cellulitis) भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ। त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ।
चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ।
सभापतिज्यू सार्वजनिक रूपमा नदेखिनु भएको विषयमा चासो, चिन्ता तथा शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआईदिनुहुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछौं।
धन्यवाद।
Banner
प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु
आउँदो फागुन २१ को चुनावका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु भएको छ । आवश्यक झन्डै २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
अबको १५ दिनभित्र मतपत्र छपाइको काम सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । आउँदो फागुन ५ गतेभित्र मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुगिसक्ने उहाँले जानकारी दिनुभयो ।
यसअघि समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सकिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिकतर्फ आवश्यक २ करोड ८ लाख ५० हजारभन्दा धेरै मतपत्र छपाइ कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login