Connect with us
Advertisement

थप ५ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

Published

on

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै ट्रम्पले थप पाँच देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको अलजजिराले जनाएको छ ।

ती पाँच वटा देशहरुमा बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरिया रहेका छन् । अमेरिका प्रवेशमा थप कडा बनाउने निरन्तर प्रयासअन्तर्गत गरिएको यो पछिल्लो कदम थ्यांक्स गिभिङ सप्ताहन्तमा नेशनल गार्डका दुई सैनिकमाथि भएको गोलीकाण्डमा एक अफगान नागरिक पक्राउ परेपछि आएको हो ।

प्रशासनले सुरक्षा जोखिमको कारण देखाउँदै आप्रवासन तथा यात्रासम्बन्धी नियमहरू थप कडाइ गरेको जनाएको छ । साथै प्यालेस्टिनी प्राधिकरणद्वारा जारी यात्रा कागजात भएका व्यक्तिहरूमाथि पनि पूर्ण रूपमा यात्रा रोक लगाइएको छ ।

यसअघि जुन महिनामा ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउने र थप सात देशका नागरिकमाथि आंशिक प्रतिबन्ध लागू गर्ने घोषणा गर्नुभएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पवित्र सुब्बा सम्मान साँझ हुने

Published

on

नझरेका फूलहरूले चैत्र १५ गते साँझ नेपाली साङ्गीतिक क्षेत्रकी लोकप्रिय गायिका एवम् अभिनेत्री पवित्र सुब्बालाई विशेष साङ्गीतिक समारोहका बीच सम्मान गर्न लागिएको जनाएको छ।कार्यक्रम सुनसरीको इटहरी चोक स्थित सेन्ट्रल प्लाजामा रहेको होटल बरन्डामा हुनेछ।

चालीसको दशकदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय सुब्बाका तिमी तारेभीर,याङ्जी नाना,कहिले प्रीतिको फूल,तिम्रो जोबन, सिरानीले बिझायो कि, पाएँ मैले तिम्रो चिठी, चोखो छ है लगायतका सयौँ गीत लोकप्रिय छन् । उनको मुख्य अभिनय रहेको ‘मितेरी गाउँ’ दर्शकले अत्यन्तै मन पराएको चलचित्र हो।
नझरेका फूलहरूले स्रष्टा सम्मानको नियमित शृङ्खला अन्तर्गत गायिका पवित्र सुब्बा सम्मान साँझ आयोजना गर्न लागेको नझरेका फूलहरूका प्रस्तुतकर्ता केपी घिमिरेले बताए।
कार्यक्रममा अन्य गायक गायिकाको समेत प्रस्तुति रहने घिमिरेले जानकारी दिएका छन्।

Continue Reading

Banner

सलकपुरमा अन्तरराष्ट्रिय धार्मिक महोत्सवको तयारी, बैशाखमा आयोजना

Published

on

आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म मोरङको सुन्दरहरैंचामा रहेको कृष्ण प्रणामी मन्दिर सलकपुरमा अन्तराष्ट्रिय धार्मिक महोत्सव हुने भएको छ ।

कृष्ण प्रणामी मन्दिर सेवा आश्रमको स्वर्ण जयन्तीका अवसरमा अन्तराष्ट्रिय धार्मिक महोत्सव हुने प्रचारप्रसार उपसमितिका संयोजक शिवलाल भट्टराई (शरण)ले जानकारी दिनुभयो ।

अन्तरराष्ट्रिय धार्मिक महोत्सवमा १०८ श्रीमत तारतम सागर पाठपारायण, वाणी चर्चा, श्रीमद्भागवत कृष्णकथा ज्ञानमहायज्ञ, सन्त सम्मेलन तथा विविध धार्मिक, सांस्कृतिक कार्यक्रम आयोजना हुने बताइएको छ ।

Continue Reading

Banner

आज पनि काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

Published

on

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।

आज पनि बिहान ११ बजेदेखि बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी गराएका छन् ।

मंगलबारदेखि जारी बैठकमा पुरानै एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । हिजो सभापति गगनकुमार थापाले भदौ २४–२६ मा १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेपछि केन्द्रीय सदस्यहरुको धारणा राख्ने क्रम जारी छ ।

यस्तै, समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, केन्द्रीय निर्वाचन समिति गठनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक