Connect with us
Advertisement

आज विश्व ध्यान दिवस मनाइँदै

Published

on

संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो । नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ । एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसङ्घले ध्यान दिवसलाई मान्यता दिएको हो ।  सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।

यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ । त्यसैगरी, दक्षिणकाली नगरपालिका–१ स्थित बोसनमा रहेको ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानका बारेमा अन्तरक्रियासहित सामूहिक ध्यान गर्ने कार्यक्रम रहेको छ ।

यस अवसरमा अन्य सरोकार भएका निकायले पनि आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी सरकारले जलेका सवारी साधन लिलामी गर्ने

Published

on

कोशी प्रदेश सरकारले २०८२ भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा भएको आगजनी र तोडफोडबाट क्षति पुगेका भौतिक संरचना, सवारी साधन, मेसिनरी औजार तथा कार्यालयका सामानहरूको लिलामी बिक्री गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी नयाँ कार्यविधि स्वीकृत गरेको उनले बताए ।

सरकारको कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि २०८३ लाई स्वीकृत गरेको मन्त्री पराजुलीले बताए ।

मन्त्रिपरिषद्ले प्रदेश बिउ बिजन नियमावली २०८३ र प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८३ लाई पनि स्वीकृत गरेको जनाइएको छ ।

सरकारले आर्थिक वर्ष २०८२८३ को लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहतका विभिन्न निकायहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले बताए ।

बैठकले प्रदेश खेलकुद ऐन (पहिलो संशोधन) अध्यादेश २०८३ लाई स्वीकृत गरेको छ ।

त्यस्तै, बृहत् विराट क्षेत्र विकास समितिको प्रमुख कार्यकारी निर्देशक छनोट गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

साथै, स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ लाई पनि स्वीकृत गरिएको जनाइएको छ ।

Continue Reading

Banner

एसईई नतिजामा सुधार : ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

Published

on

एसईईको नतिजा सार्वजनिक भएको छ । परीक्षा सकिएको २९ दिनमा हिजो नतिजा सार्वजनिक भएको हो । यसपालि एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पोहोर ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

परीक्षामा दुई लाख ८४ हजार १ सय ६० विद्यार्थी ग्रेडेड र एक लाख ४६ हजार ५ सय ७ परीक्षार्थी ननग्रेडेड भएका छन् । सार्वजनिक नतिजाअनुसार ४८ हजार ३ सय ९२ परीक्षार्थीले सबैभन्दा उच्च जिपिए अर्थात् तीन दशमलव ६० देखि चार ल्याएका छन् भने ८० हजार ३ सय ७२ जनाले तीन दशमलव २० देखि तीन दशमलव ६० जिपिए ल्याएका छन् ।

त्यस्तै, ९४ हजार २ सय २२ जनाले दुई दशमलव ८० देखि तीन दशमलव २० जिपिए, ५५ हजार ९ सय ७७ जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जिपीए,  पाँच हजार १ सय ९० जनाले दुईदेखि दुई दशमलव ४० जिपिए र सात जनाले एक दशमलव ६० देखि दुई जिपिए ल्याएका छन् ।

ननग्रेडेड (एनजी) प्राप्त गर्ने विद्यार्थीहरूले पुनःग्रेड वृद्धि परीक्षा दिन पाउँछन् । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसवर्ष एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराएको थियो ।

वैशाख ५ गतेसम्ममा देशैभरबाट उत्तरपुस्तिका बोर्डको कार्यालयमा सङ्कलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा प्रविष्ट गराउने काम थालिएको थियो ।

Continue Reading

Banner

एसइईको नतिजा सार्वजनिक

Published

on

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिए। चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो ।

नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक