Banner
अर्थमन्त्री खनाल सुन्दरहरैंचामा, नेपालीरिका होटलको अनुगमन
अर्थमन्त्री रामेश्वर खनालले आज सुन्दरहरैंचास्थित नेपालीरिका होटलको निरीक्षण गर्नुभएको छ। जेनजी आन्दोलनको प्रभावपछि होटल पुनः नियमित रूपमा सञ्चालनमा आएको देखेर आफू खुशी भएको मन्त्री खनालले बताउनुभयो।निरीक्षणका क्रममा अर्थ मन्त्रालयका महानिर्देशक र सचिवको समेत उपस्थिति रहेको थियो। निजी क्षेत्रप्रति सरकारको सकारात्मक दृष्टिकोण अर्थ मन्त्रालयका विशिष्ट व्यक्तिहरूको समर्थन, समझदारी र सहकार्यबाट स्पष्ट भएको होटलका प्रबन्ध निर्देशक आकाश दुलालले बताउनुभयो।आगामी दिनमा पनि नेपालीरिका होटलले गुणस्तरीय सेवा, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

विराटनगरमा आजदेखि शुरु भएको विराट ट्रेड एक्स्पोको उद्घाटनका लागि आएका अर्थमन्त्री खनाल उद्घाटनअघि विराटचोक हुँदै होटल निरीक्षणमा पुग्नुभएको हो।
Facebook Comment
Banner
पवित्र सुब्बा सम्मान साँझ हुने
नझरेका फूलहरूले चैत्र १५ गते साँझ नेपाली साङ्गीतिक क्षेत्रकी लोकप्रिय गायिका एवम् अभिनेत्री पवित्र सुब्बालाई विशेष साङ्गीतिक समारोहका बीच सम्मान गर्न लागिएको जनाएको छ।कार्यक्रम सुनसरीको इटहरी चोक स्थित सेन्ट्रल प्लाजामा रहेको होटल बरन्डामा हुनेछ।
चालीसको दशकदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय सुब्बाका तिमी तारेभीर,याङ्जी नाना,कहिले प्रीतिको फूल,तिम्रो जोबन, सिरानीले बिझायो कि, पाएँ मैले तिम्रो चिठी, चोखो छ है लगायतका सयौँ गीत लोकप्रिय छन् । उनको मुख्य अभिनय रहेको ‘मितेरी गाउँ’ दर्शकले अत्यन्तै मन पराएको चलचित्र हो।
नझरेका फूलहरूले स्रष्टा सम्मानको नियमित शृङ्खला अन्तर्गत गायिका पवित्र सुब्बा सम्मान साँझ आयोजना गर्न लागेको नझरेका फूलहरूका प्रस्तुतकर्ता केपी घिमिरेले बताए।
कार्यक्रममा अन्य गायक गायिकाको समेत प्रस्तुति रहने घिमिरेले जानकारी दिएका छन्।
Banner
सलकपुरमा अन्तरराष्ट्रिय धार्मिक महोत्सवको तयारी, बैशाखमा आयोजना
आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म मोरङको सुन्दरहरैंचामा रहेको कृष्ण प्रणामी मन्दिर सलकपुरमा अन्तराष्ट्रिय धार्मिक महोत्सव हुने भएको छ ।
कृष्ण प्रणामी मन्दिर सेवा आश्रमको स्वर्ण जयन्तीका अवसरमा अन्तराष्ट्रिय धार्मिक महोत्सव हुने प्रचारप्रसार उपसमितिका संयोजक शिवलाल भट्टराई (शरण)ले जानकारी दिनुभयो ।
अन्तरराष्ट्रिय धार्मिक महोत्सवमा १०८ श्रीमत तारतम सागर पाठपारायण, वाणी चर्चा, श्रीमद्भागवत कृष्णकथा ज्ञानमहायज्ञ, सन्त सम्मेलन तथा विविध धार्मिक, सांस्कृतिक कार्यक्रम आयोजना हुने बताइएको छ ।
Banner
आज पनि काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।
आज पनि बिहान ११ बजेदेखि बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी गराएका छन् ।
मंगलबारदेखि जारी बैठकमा पुरानै एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । हिजो सभापति गगनकुमार थापाले भदौ २४–२६ मा १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेपछि केन्द्रीय सदस्यहरुको धारणा राख्ने क्रम जारी छ ।
यस्तै, समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, केन्द्रीय निर्वाचन समिति गठनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login