Connect with us
Advertisement

अर्थमन्त्री खनाल सुन्दरहरैंचामा, नेपालीरिका होटलको अनुगमन

Published

on

अर्थमन्त्री रामेश्वर खनालले आज सुन्दरहरैंचास्थित नेपालीरिका होटलको निरीक्षण गर्नुभएको छ। जेनजी आन्दोलनको प्रभावपछि होटल पुनः नियमित रूपमा सञ्चालनमा आएको देखेर आफू खुशी भएको मन्त्री खनालले बताउनुभयो।निरीक्षणका क्रममा अर्थ मन्त्रालयका महानिर्देशक र सचिवको समेत उपस्थिति रहेको थियो। निजी क्षेत्रप्रति सरकारको सकारात्मक दृष्टिकोण अर्थ मन्त्रालयका विशिष्ट व्यक्तिहरूको समर्थन, समझदारी र सहकार्यबाट स्पष्ट भएको होटलका प्रबन्ध निर्देशक आकाश दुलालले बताउनुभयो।आगामी दिनमा पनि नेपालीरिका होटलले गुणस्तरीय सेवा, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

विराटनगरमा आजदेखि शुरु भएको विराट ट्रेड एक्स्पोको उद्घाटनका लागि आएका अर्थमन्त्री खनाल उद्घाटनअघि विराटचोक हुँदै होटल निरीक्षणमा पुग्नुभएको हो।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

दुई दिनमै राहदानी वितरण गर्ने सरकारको तयारी

Published

on

राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ ।गत मङ्सिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइने विभागले जनाएको छ । अन्तरिम अवधिका लागि उपलब्ध भएको राहदानी पुस्तिकाका कारण अब भने सहज रुपमा वितरण हुने विभागले प्रष्ट पारेको छ ।

Continue Reading

Banner

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

Published

on

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई पनि बोलाइएको छ ।

बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका, आसन्न प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।१५ औं महाधिवेशनका लागि पूर्वनिर्धारित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएपछि कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तयारी गरेको छ ।कांग्रेसको गत केन्द्रीय कार्यसमिति बैठकले पुस २६ गतेदेखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, क्रियाशील सदस्यता नटुंगेको लगायतका कारण कार्यतालिका प्रभावित भएपछि हेरेफेरको तयारी गरिएको छ ।संस्थापन पक्ष आगामी २ माघमा वडा अधिवेशन गर्नुपर्ने पक्षमा देखिएको छ । तर, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा २६ पुसमा वडा अधिवेशन गर्नुपर्ने बताइरहेका स्रोतको भनाइ छ ।१५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १६ पुसमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।

Continue Reading

Banner

बलात्कार अभियोगमा एक व्यक्ति पक्राउ

Published

on

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने ५० वर्षीय गणित भन्ने गणेश राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गणेश र सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूमध्ये गणेशलाई पक्राउ गरेको हो । हाल फरार रोमनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक