Banner
माघ १ गते लेटाङ रनको तेस्रो संस्करण हुने
मोरङको लेटाङ नगरपालिकाले आयोजना गर्ने लेटाङ रनको तेस्रो संस्करणको प्रतियोगित माघ १ गते हुने भएको छ ।
आयोजक लेटाङ रनका अनुसार तेस्रो संस्करणमा ८ सय धावकको सहभागिता हुने अनुमान गरिएको छ । लेटाङ रनका अध्यक्ष किरण राईले यस वर्षको लेटाङ रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरुको समेत सहभागिता रहने बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष ४ वटा विधामा महिला र पुरुषतर्फ गरि ८ वटा प्रतिस्पर्धा सञ्चालन गरिने भएको छ । सबैभन्दा ठूलो पुरस्कार राशीको खुला पुरुष तथा महिलातर्फको १० किलोमिटरको म्याराथन प्रतियोगिता सञ्चालन हुने भएको छ । जसमा देश विदेशका खेलाडीहरुले खुला रुपमा सहभागिता जनाउने पाउनेछन् । यस विधामा महिला र पुरुष दुवैतर्फ प्रथम हुनेले मेडलसहित ३० हजार, दोस्रोले १५ हजार, तेस्रो हुनेले ८ हजार र सान्त्वना २ जनाले एकएक हजार नगद पुरस्कार पाउनेछन् ।
लेटाङ नगरपालिकाभित्रका धावक मात्र सहभागी हुन पाउने ‘हाम्रो लेटाङ’ विधामा पनि महिला र पुरुष दुवैतर्फका प्रतिस्पर्धा हुने भएका छन् । सो प्रतियोगितामा पहिलो हुनेले मेडलसहति ७ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार र सान्त्वना स्थान प्राप्त गर्ने २ जनाले एकएक हजार नगद पुरस्कार पाउने छन् ।
भेट्रान महिला र पुरुषतर्फको म्याराथनमा प्रथम हुनेले मेडलसहित १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले ४ हजार नगद पुरस्कार पाउने छन् ।
कक्षा ८ भन्दा तल अध्ययनरत विद्यार्थीहरुको महिला र पुरुष दुवै तर्फको प्रतिस्पर्धामा प्रथम हुनेले मेडलसहित ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
रन पूरा गर्ने सबै धावकलाई मायाको चिनो प्रदान गरिने भएको छ । खुला महिला र पुरुष, हाम्रो लेटाङ महिला र पुरुष, भेट्रान महिला र पुरुष विधामा प्रतिस्पर्धा गर्ने धावकका लागि ४ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ । कक्षा ८ भन्दा तलको प्रतिस्पर्धीका लागि ३ सय ५० रुपैयाँ दर्ता शुल्क लाग्ने जनाइएको छ ।
माघ १ गते बिहान ८ बजे लेटाङ बजारको बीपी चोकबाट शुरु भई निर्धारित स्थान हुँदै बीपी चोकमा आइपुगेर रन सम्पन्न हुने बताइएको छ ।
प्रतियोगिता सञ्चालन गर्न लेटाङ नगरपालिका, वडा कार्यालय, सामुदायिक वन, बेलायतमा बसोबास गर्ने लेटाङबासी सन्तोष राई लागयत विभिन्न संस्था र व्यक्तिहरुले सहयोग गर्ने भएका छन् । करिव ९ लाख रुपैयाँ लागतमा प्रतियोगिता सम्पन्न हुने बताइएको छ ।
युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्दै लागूऔषध दुव्र्यसनको कुलतमा लाग्नबाट टाढै राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको लेटाङ रनका सदस्य तथा कमलपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
लेटाङ रनकी सचिव मनकुमारी राईका अनुसार यस वर्ष महिला र पुरुष दुवैतर्फको पुरस्कार राशी समान राखिएकाले महिला धावकहरुले पनि उत्साहपूर्वक सहभागिता जनाउने अनुमान आयोजकले गरेको छ ।
Facebook Comment
Banner
जेनजी सम्झौता च्यात्ने युवकले निर्वाचन आयोगभित्रै मच्चाए हुलदंगा
सरकार र जेनजीबीचको सहमति सिंहदरबारभित्रै च्यात्ने समूहका युवाहरूले सोमबार निर्वाचन आयोग पनि हुलदंगा गरेका छन् । अजय सोडारी लगायतका युवाहरूले निर्वाचन आयोगको कार्यालयभित्रै पुगेर चुनावी प्रक्रिया बन्द गर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
सरकार र जेनजीबीच २४ मंसिरमा प्रधानमन्त्री कार्यालयमा भएको सम्झौताका क्रममा पनि सोडारी लगायतका युवाहरू सम्झौता समारोहमा पुगेका थिए ।
सम्झौता भए लगत्तै उनीहरूले प्रधामन्त्री कार्यालयको हलमा नै सम्झौता च्यातेका थिए । उनीहरू त्यबेला पनि कार्यालय परिसरमै हुलदंगा गरेका थिए ।
उक्त घटनामा उन्मुक्ति पाएका सोडारी लगायतका युवाहरू सोमबार निर्वाचन आयोग पुगेका थिए । दलहरूले समानुपातिक सूची बुझाउने प्रक्रिया चलिरहेका बेला युवाहरूको समूह त्यहाँ कार्यालय भित्रै पुगेको थियो ।
उनीहरूले निर्वाचन धोका हो भन्दै नाराबाजी गरेका थिए । उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध पनि नाराबाजी गरेका थिए ।
Banner
समानुपातिक उम्मेदवार टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ । यो बैठक हिजोको निरन्तरता हो ।बैठकले समानुपातिक उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची पेस गर्ने आज अन्तिम दिन हो ।
Banner
उच्च पहाडी र हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अरु बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । लगातारको हुस्सु, कुहिरो र चिसोका कारण बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको छ । पश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लामा केही दिनदेखि घाम लागेको छैन ।चिसो बढेपछि धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको सहयोगमा बजारका केही चोकमा निःशुल्क दाउरा वितरण गरिएको छ । हुस्सु र कुहिरोका कारण मजदुरहरूलाई काम गर्न समस्या भएको छ । अझै केही दिनसम्म हुस्सु र कुहिरो रहने अनुमान गरिएको छ । चिसोका कारण आलु, तोरीजस्ता हिउँदे बालीमा डढुवा रोग देखिन थालेको किसानहरूले बताएका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login