Banner
मतपत्र छपाइको प्रक्रिया अघि बढ्यो, सुरुमा समानुपातिकको मतपत्र छापिने
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया अघि बढाएको छ। आयोगले सुरुमा समानुपातिकतर्फको र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छाप्ने तयारी गरेको हो।
भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छापिने छ। निर्वाचन आयोगले यसअघि नै पुस १६ गतेदेखि मतपत्र छपाइ सुरु गर्ने तालिका तय गरिसकेको थियो।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार समानुपातिकतर्फ सहभागी हुने राजनीतिक दल र तिनका निर्वाचन चिह्न एकिन भइसकेकाले पहिला सोहीतर्फको मतपत्र छापिने छ।
उनले भने, “५८ वटा राजनीतिक दल र ६४ वटा निर्वाचन चिह्न एकिन भइसकेकाले सुरुमा समानुपातिकतर्फको मतपत्र छाप्ने काम हुन्छ।”
फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३ सय २४ जना मतदाताको नामावली संकलन तथा अद्यावधिक गरिएको छ। आयोगको नीतिअनुसार समानुपातिकतर्फ कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छापिने छ।
समानुपातिकतर्फको मतपत्र छपाइमा २० देखि ३० दिन लाग्ने अनुमान गरिएको छ। सो काम सकिएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिनेछ।
Facebook Comment
Banner
सुनको मूल्यमा ठूलो गिरावट, आज तोलामा ७,९०० रुपैयाँ घट्यो
सुनको भाउ आज एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ । सुन आज एकैदिन ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँ थियो । अस्ति सुनको भाउले कीर्तिमान बनाएकोमा तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज एकैदिन तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ८ सय ९५ रुपैयाँ थियो ।
Banner
ताइवान आसपास चिनियाँ रकेट प्रक्षेपण, तनाव बढ्ने संकेत
चीनले ताइवानतर्फ रकेट प्रक्षेपण गरेको छ । सैन्य अभ्यासका क्रममा चीनले ताइवानतर्फ रकेट प्रहार गरेको हो ।
चिनियाँ जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले ताइवान टापु आसवासका ५ स्थानमा सैन्य अभ्यास जारी रहेको जानकारी दिएको छ । अभ्यास हवाई र जलक्षेत्रमा केन्द्रित रहेको जनाइएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ जनमुक्ति सेनाले अभ्यासका क्रममा सैनिकहरुले हवाई तथा जलक्षेत्रमा रहेका सैन्य निशानालाई लक्षित गरी आक्रमण गर्ने प्रशिक्षण लिएका थिए । त्यसबाहेक पनडुब्बी प्रतिरोधी कारवाहीको पनि प्रशिक्षण लिइरहेको जनाइएको छ ।
अमेरिकाले ताइवानलाई ११ अर्ब १० करोड डलर बराबरका हतियार तथा सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेपछि चीनले अभ्यास गरेको हो । यसलाई चिनियाँ जनमुक्ति सेनाले गरेको हालसम्मकै सबैभन्दा वृहद अभ्यास ठानिएको छ । लोकतान्त्रिक शासन व्यवस्था रहेको ताइवानमाथि साम्यवादी मुलुक चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । ताइवानलाई आफ्नो मातहत ल्याउन आवश्यक परे बल प्रयोग गर्ने चिनियाँ नीति रहिआएको छ ।
Banner
कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची
नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरुको बन्दसूची आज बिहानसम्म पनि बुझाउन सकेको छैन । मुख्य सचिव कृष्णप्रसाद पौडेलले नामावली बुझाउन नसकेको अनलाइनखबरसँग स्वीकार गरे ।
मंगलबार बिहान अनलाइनखबरसँग कुरा गर्दै पौडेलले भने, ‘हामी अहिले निर्वाचन आयोगभन्दा बाहिर छौं र काम गर्दैछौं ।’
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउन पुस १३ र १४ गते (आइतबार र सोमबार)को समय दिएको थियो । सोही अनुसार रातभरसम्म नामावली बुझ्ने–बुझाउने काम जारी थियो ।
सुरुमा नेपाली कांग्रेस नेता मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेल नामावली बोकेर पहिल्यै निर्वाचन आयोगको कार्यालय पुगेका थिए । मंगलबार बिहानपख करिब चार बजेतिर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि आयोग आइपुगे ।
तर मुख्य सचिव र परियारले बोकेको नामावलीको फाइलमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएको पाइएपछि आयोगका कर्मचारीहरुले नामावली बुझ्न मानेनन् । त्यसपछि महामन्त्री शर्माले सभापतिको हस्ताक्षर गराउन मुख्य सचिव पौडेल र विश्वकर्मालाई देउवा निवास महाराजगञ्ज पठाए । महाराजगञ्ज पुगेका उनीहरु यो समाचार तयार पार्दासम्म आयोगको कार्यालय फर्किएका छैनन् ।
मंगलबार बिहान अनलाइनखबरसँग कुरा गर्दै मुख्य सचिव पौडेलले भने, ‘अहिले हामी निर्वाचन आयोगभन्दा बाहिर छौं, टुंग्याउँदैछौं ।’
आयोगका एक कर्मचारीले भने कांग्रेसले पहिल्यै निवेदन दिइसकेको र सनाखत गराइसकेकाले आज पनि नामावली बुझाउन सक्ने बताए ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login