Connect with us
Advertisement

कुलमानले भने: परिवारका कोही पनि समानुपातिक सूचीमा छैनन्

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले पार्टीले पेस गरेको समानुपातिक उम्मेदवारको सूचीमा आफ्नो भान्जा र ससुराको नाम नरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै घिसिङले केही उम्मेदवारलाई आफूसँग जोडेर भ्रम फैलाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु’, घिसिङले फेसबुकमा लेखेका छन् ।

प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई मसँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइँदै आएका असत्य, भ्रामक र नियोजित टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्।

त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु । समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा होइन, पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो ।

म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु । त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन् । राजनीतिमा असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ।

साथै, बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु। म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु । त्यसैले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आजदेखि निर्वाचन प्रचार–प्रसार खुला

Published

on

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।

मतदान हुनुभन्दा १५ दिन अघिदेखि मात्रै जुलुस, आमसभा, कोणसभा आयोजना गर्न तथा सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाउने कानुनी व्यवस्था छ । सोही प्रावधानअनुसार आज फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार आचारसंहिताको पूर्ण पालना गर्दै दल, उम्मेदवार तथा सरोकारवाला सबैले मतदातासमक्ष औपचारिक रूपमा मत माग्न पाउनेछन् ।

दल र उम्मेदवारले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गर्न सक्नेछन् । आमसभा वा कोणसभा गर्दा मञ्च व्यवस्थापन लगायत भएको खर्चको विवरण भने सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ ।

आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिसकेको जनाएको छ । उल्लङ्घनका घटनामा स्पष्टीकरण सोध्ने र आवश्यक परे कानुनी कारबाही अघि बढाइने आयोगले स्पष्ट पारेको छ ।

आचारसंहिता राजनीतिक दल तथा सरोकारवालासँग व्यापक छलफलपछि तयार गरिएको भन्दै आयोगले यसको पूर्ण परिपालनामा जोड दिएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनमा शून्य सहनशीलता नीति अपनाइने बताएका छन् । उल्लङ्घनको प्रकृति र प्रमाणका आधारमा सचेत गराउनेदेखि जरिवाना वा उम्मेदवारी खारेजसम्मको कानुनी व्यवस्था रहेको उनले उल्लेख गरेका छन् ।

निर्वाचनको समयमा कुनै दल वा उम्मेदवारविरुद्ध निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले चेतावनी दिएको छ ।

Continue Reading

Banner

निर्वाचन प्रचार अवधि १५ दिन, नियम पालना गर्न आयोगको अपिल

Published

on

निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रचारसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

निर्वाचन आयोगले तोकिएको कार्यतालिकाबमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो । आज राति १२ बजेदेखि शुरू हुने यो प्रचार अवधि १८ गते राति १२ बजेसम्म कायम रहने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । उहाँकाअनुसार आयोगले प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

सञ्चारकर्मीसँगको भेटघाटमा आयोगले आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारको उल्लङ्घन नगर्न सबै सरोकारवालाहरूलाई सचेत गराएको छ ।

यस्तै आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्ने, दण्ड जरिवाना गर्नेदेखि उमेदवारी खारेजीसम्मको कारबाही हुनसक्ने आयोगको भनाइ छ ।

‘आचारसंहिता उल्लङ्घन गरेको ठहर भएमा उमेदवारी खारेज हुनसक्छ र ६ वर्षसम्म पुनः कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने गरी आयोगले निर्णय गर्न सक्छ’, भण्डारीले चेतावनी दिँदै भन्नुभयो ।

Continue Reading

Banner

इन्डिजसँग नेपाल ९ विकेटले पराजित

Published

on

आईसीसी विश्वकप अन्तर्गत आइतबार भएको खेलमा नेपालले वेस्ट इन्डिजसँग ९ विकेटले हार व्यहोरेको छ।

मुम्बईको वानखेडे रंगशालामा टस जितेर फिल्डिङ रोजेको वेस्ट इन्डिजले नेपाललाई १३४ रनको लक्ष्य दिएको थियो। तर वेस्ट इन्डिजले १५ ओभरमा मात्र २ बलमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

नेपालको बलिङ कमजोर देखिएको थियो। बलिङतर्फ नन्दन यादवले मात्र एक विकेट लिए; बाँकी बलर विकेटविहीन रहे।

ब्रान्डन किङले १७ बलमा २२ रन बनाए, ४ चौकाको सहयोगमा। शाई होपले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाएका थिए। शिमरोन हिटमायरले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजीत ४६ रन जोडे।

पहिलो इनिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ५८ रन बनाए। तर अन्य ब्याटरहरु सुरुवाती अवस्थामा टिक्न नसक्दा इनिङ कमजोर रह्यो। ओपनर कुशल भुर्तेल १, आशिफ शेख ११, कप्तान रोहित पौडेल ५, आरिफ शेख २, लोकेश बम १३, गुलशन झा ११ रनमा आउट भए।

सोमपाल कामीले अविजीत २६ रन बनाउँदै केही बल दिन सफल भए, तर दीपेन्द्रसिंह ऐरीसँगको साझेदारीले मात्र नेपाललाई थोरै मजबुत बनायो।

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक