Banner
राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै
विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक र टोपी दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्। १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ। विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्। यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।
Facebook Comment
Banner
पेट्रोल र डिजेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ १९ पैसा, डिजेलमा पाँच रुपैयाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपैयाँ १५ पैसा घटाएको छ । एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ ३५ पैसाले बढेर आएको छ ।
सोहीअनुसार निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर चार रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ ।
नयाँ मूल्य बिहीबार बिहानदेखि लागू हुनेछ । एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ । यस्तै, डिजेल/मट्टितेलको मूल्य क्रमशः १३४ रुपैयाँ ५० पैसा, १३६ रुपैयाँ र १३७ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछ । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समेटिएका छन् ।
Banner
इस्वी संवत्को नयाँ वर्ष २०२६ सुरु
आजबाट इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिंदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानमा आन्तरिक र विदेशी पर्यटकहरुको चहलपहल छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंका ठमेल, बौद्ध, न्यूरोड लगायत स्थानमा बेलुकी नै ‘न्यू इयर इभ’ को रुपमा विशेष चहलपहल देखिएको थियो ।
Banner
एनभीए भलिबल : महिलातर्फ सेमिफाइनलमा न्यु डायमन्डले एपीएफ र पुलिसले आर्मीसँग खेल्ने
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ समूह चरणका खेलहरू सकिएका छन् ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै समूह विजेता बन्यो । पुलिसले पहिलो सेट २५–३, दोस्रो सेट २५–८ र तेस्रो सेट २५–९ ले जित्यो ।
यस्तै दोस्रो खेलमा एभरेस्ट भलिबल क्लबले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सान्त्वना जीत हासिल गर्यो । एभरेस्टले पहिलो सेट २५–१४, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–११ ले जित्यो ।
अब आउँदो शुक्रवार सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र समूह ‘बी’ को उपविजेता नेपाल एपीएफ क्लब खेल्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता पुलिस र समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मी क्लब खेल्नेछन् ।
प्रतियोगिताको पुरुषतर्फ समूह चरणको अन्तिम खेलमा आजै बूढानीलकण्ठ भलिबल क्लब र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर तथा कोशी प्रदेश र कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टर खेल्दैछन् ।
एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपको फाइनल खेल आउँदो शनिवार हुनेछ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login