Connect with us
Advertisement

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

Published

on

 विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक र टोपी दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्। १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ। विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्। यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रास्वपाको निर्णय : सभामुखमा उपसभापति अर्याललाई प्रस्ताव गर्ने

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको रास्वपाको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले राख्नुभएको याे प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।

सभामुख पदको चुनावका लागि चैत २२ गते आइतवार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।

Continue Reading

Banner

धेरै वर्षपछि आइन् पवित्र सुब्बा, नझरेका फूलहरूले गर्‍यो सम्मान

Published

on

नझरेका फूलहरूद्वारा सुप्रसिद्ध गायिका एवम् अभिनेत्री पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान-२०८२’ प्रदान गरिएको आयोजक केपी घिमिरेले जानकारी दिएका छन्।
सुनसरीको इटहरीमा चैत १५ गते आइतबार आयोजित सम्मान समारोहको प्रमुख अतिथि साहित्यकार मनु मन्जिल रहेका थिए।

नझरेका फूलहरूले प्रदान गर्ने स्रष्टा सम्मानको यो शृङ्खला पनि आफ्नो नियमित कार्यक्रम अन्तर्गत गरिएको घिमिरेको भनाइ छ। कार्यक्रमको सभापति गीतकार सङ्घ नेपालका आजीवन सदस्य किरण टी.लिम्बू , विशिष्ट अतिथि सञ्चारकर्मी लक्ष्मी मादेन, समाजसेवी राजेश श्रेष्ठ, व्यवसायी सूर्य भट्टराई, साहित्यकार पुरन याक्खा लगायत रहेको बताइएको छ।

पवित्र सुब्बा सम्मान साँझमा गायिका भूमा अधिकारी र गायक कृष्णराजा श्रेष्ठले सुब्बाका गीतहरू प्रस्तुत गरेका थिए। सम्मान ग्रहण पश्चात् गायिका सुब्बाले समेत आफ्ना लोकप्रिय गीतहरू सुनाएकी थिइन्।

इटहरी सेन्ट्रल प्लाजाको चौथो तलामा रहेको होटल बरण्डामा सम्पन्न सम्मान साँझ समारोहमा सर्जकहरू राजु केसी, जेबि थुलुङ, मणि गुरुङ, रामप्रसाद खरेल, गीताप्रसाद श्रेष्ठ, दुर्गा पराजुली, कविता पाँचकोटी, मोहन तिम्सिना, लक्ष्मीप्रसाद पराजुली, प्रदीप रेग्मी, श्रीप्रसाद पोखरेल, सुविद गुरागाईँ, अभिनेत्री एवम् भिडियो निर्देशक कला सुब्बासहित धरान,विराटनगर, सुन्दरहरैँचा, पथरी, उर्लाबारी, दमक, बराहक्षेत्र, मिक्लाजुङ, बेलबारी, इनरुवा, रामधुनी, धनकुटा, सङ्खुवासभा तथा इटहरीका स्रोता-दर्शकको सहभागिता रहेको थियो।

गीतकार एवम् कवि केपी घिमिरेको आयोजनामा नझरेका फूलहरूले विगत एघारवर्षदेखि स्रष्टा सम्मान, प्रस्तुति र पलेँटी शृङ्खला सञ्चालन गर्दै आइरहेको छ।

Continue Reading

Banner

साफ यु–२० च्याम्पियनसीपको सेमिफाइनलमा नेपाल पराजित

Published

on

साफ यु–२० च्याम्पियनसीप सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा रहेको नेशनल स्टेडियममा हिजो भएको खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भएको हो ।

जीतसँगै बङ्गलादेश लगातार तेस्रो पटक फाइनल पुगेको छ । नेपाल सन् २०२५ को सेमिफाइनलमा पनि बङ्गलादेशसँगै पराजित भएको थियो । हिजो भएको अर्को सेमिफाइनल खेलमा भारतले भुटानलाई ५–० गोलले हराएको छ ।

अब फाइनलमा भारत र बङ्गलादेश खेल्नेछन् । फाइनल खेल भोलि राति हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले समूह चरणमा श्रीलङ्का र भूटानलाई हराएको थियो भने घरेलु टोली माल्दिभ्ससँग बराबरी खेलेको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक