Banner
बजारमा नक्कली नाेटकाे बिगबिगी,
काठमाडौंकाे बजारमा हजार दरका नक्कली नाेटकाे बिगबिगी नै रहेकाे छ । गोकर्णेश्वरबाट नक्कली एक हजार दरका नोटसहित आधा दर्जन व्यक्ति प्रहरी नियन्त्रणमा पुगेका छन् । स्थानीय अत्तरखेल चोकबाट गएराति झण्डै एक लाख बराबरको नक्कली नोटसहित उनीहरु समातिएका हुन् । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भएका र हाल साँखु बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पा, ४४ वर्षीय पासाङ शेर्पा, ३२ वर्षीय प्रकाश गुरुङ, ४२ वर्षीया रेणुका भारती, ६५ वर्षीय गोकर्ण थापा र शंखरापुरका ४३ वर्षीय सुकबहादुर स्याङ्बो छन् ।विशेष सूचनाका आधारमा प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त टोलीले गएराति उनीहरुलाई एक हजार दरको ९३ थान नक्कली नोटसहित नियन्त्रणमा लिइएको हो ।
Facebook Comment
Banner
कतारले १३ जना नेपालीलाई आममाफी दियाे
कतार सरकारले जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका आधारमा १३ जना नेपालीलाई आममाफी दिएकाे हाे ।
यसैबीच परराष्ट्र मन्त्रालयले कतार सरकारले नेपाली कैदीलाई आममाफी दिएकाेप्रति आभार प्रकट गरेको छ । मानवीय आधारमा प्रदान गरिएको यो आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।
यस किसिमको उदार कदमले दुवै देशबीचको आपसी समझदारी र सहयोगलाई अझ सुदृढ बनाउने मन्त्रालयको अपेक्षा छ ।
Banner
एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
न्यु डायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लब नवौं एनभीए भलिबल च्याम्पियनशिपको महिलातर्फ फाइनलमा पुगेका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्डले नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो । न्यु डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–७ ले जित्यो । यस्तै दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१२, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१८ ले जित्यो । आर्मीले दोस्रो सेट ३१–२९ ले जित्यो । प्रतियोगितामा आजै पुरुषतर्फको पहिलो सेमिफाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र पुलिस तथा दोस्रो सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र आर्मी खेल्दैछन् । महिला र पुरुष दुवैतर्फको फाइनल भोलि हुनेछ ।
Banner
अंशु गौतम हत्या प्रकरण : पदमबहादुर अधिकारी पुर्पक्षका लागि कारागार चलान
मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणका मुख्य आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जबरजस्ती करणी उद्योग गरी निर्ममतापूर्वक ज्यान मारेको कसूरमा बिहीबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश टंकबहादुर महतको इजलासले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्मका लागि थुनामा राख्ने आदेशपछि अधिकारी जिल्ला कारागार मोरङ चलान भएको जिल्ला अदालत मोरङले जनाएको छ ।
असोज २१ गते हराएकी अंशुको शव कात्तिक ७ गते टाउको र शरीर अलग भएको अवस्थामा जंगलमा फेला परेको थियो । प्रहरीले मंसिर १८ गते अंशुको हत्या आरोपमा पदमबहादुरलाई पक्राउ गरेको थियो । मंसिर २१ गते जग (जस्टिस फर अंशु गौतम) अपरेसन मार्फत बलात्कारपछि हत्या भएको निष्कर्षसहित अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको थियो । बयानका क्रममा उनले बलात्कार प्रयास असफल भएपछि हत्या गरेको स्वीकार गरेका थिए ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login