Connect with us
Advertisement

रेटमाईनेता रिपोर्ट : गोपाल हमाल शीर्षमा, ओली–प्रचण्ड–देउवाको रेटिङ न्यून

Published

on

नेपाली राजनीतिज्ञको लोकप्रियता मापन गर्ने अनलाइन प्लेटफर्म ‘रेटमाईनेता’ मा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल सबैभन्दा लोकप्रिय नेता देखिएका छन्। सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कअनुसार सात हजार ५०० भन्दा बढी कुल भोटमध्ये ९७ प्रतिशत ‘अपभोट’ प्राप्त गर्दै हमाल लोकप्रियताको शीर्ष स्थानमा पुगेका हुन्।

हमालले सात हजार ३०० भन्दा बढी सकारात्मक र २५६ नकारात्मक भोट पाएका छन्।

लोकप्रियताको दोस्रो स्थानमा सागर ढकाल रहेका छन्। हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका ढकालले ९५ प्रतिशत एप्रुभल रेटिङसहित कुल ६ हजार ९०० भोटमध्ये ६ हजार ५०० सकारात्मक र ३४१ नकारात्मक भोट प्राप्त गरेका छन्।

तेस्रो स्थानमा ९४ प्रतिशत एप्रुभल रेटिङसहित रास्वपाकी पूर्व नेतृ सुमना श्रेष्ठ रहेकी छिन्। उनले आठ हजार ७०० भोटमध्ये आठ हजार २०० भन्दा बढी सकारात्मक र ५०९ नकारात्मक भोट पाएकी छन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ९४ प्रतिशत एप्रुभल रेटिङका साथ चौथो स्थानमा छन्। उनको कुल नाै हजार १०० भोटमध्ये आठ हजार ६०० सकारात्मक र ५३५ नकारात्मक भोट रहेका छन्।

यसैगरी ९२ प्रतिशत एप्रुभल रेटिङसहित रास्वपाकी नेतृ सोविता गौतम पाँचौँ स्थानमा छिन्। उनले ६ हजार ९०० भोटमध्ये ६ हजार ३०० भन्दा बढी अपभोट र ५६४ डाउनभोट पाएकी छिन्।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ९० प्रतिशत रेटिङसहित छैटौँ स्थानमा छन्। उनले ६ हजार ७०० भोटमध्ये ६ हजार १०० सकारात्मक र ६४३ नकारात्मक भोट पाएका छन्।

सातौँ स्थानमा रास्वपाकी निशा डाँगी (८९ प्रतिशत) र आठौँ स्थानमा हरि ढकाल (८८ प्रतिशत) छन्। रास्वपाकै डा. तोषिमा कार्की सात हजार २०० भोटमध्ये ६ हजार ३०० सकारात्मक र ८८३ नकारात्मक भोटसहित नवौँ स्थानमा छिन्। पार्टीकै उपसभापति डा. स्वर्णिम वाग्ले ८७ प्रतिशत एप्रुभल रेटिङसहित दशौँ स्थानमा परेका छन्।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ ले ८६ प्रतिशत एप्रुभल रेटिङ प्राप्त गरेका छन्। उनले आठ हजार ५०० भोटमध्ये सात हजार ३०० भन्दा बढी सकारात्मक र एक हजार २०० भन्दा बढी नकारात्मक भोट पाएका छन्।

रास्वपा सभापति रवि लामिछाने को एप्रुभल रेटिङ ७८ प्रतिशत रहेको छ। उनका आठ हजार ३०० भोटमध्ये सात हजार ५०० भन्दा बढी सकारात्मक र एक हजार ९०० भन्दा बढी नकारात्मक भोट छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूमा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही को ७४ प्रतिशत, पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन को ७० प्रतिशत र रवीन्द्र मिश्र को ६९ प्रतिशत एप्रुभल रेटिङ रहेको छ। नेकपा (एमाले) की नेतृ विद्या भट्टराई ले ६७ प्रतिशत एप्रुभल रेटिङ प्राप्त गरेकी छन्।

तथ्याङ्कअनुसार ठूला दलका शीर्ष नेताहरूको लोकप्रियता कमजोर देखिएको छ। नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एप्रुभल रेटिङ मात्र १० प्रतिशत रहेको छ, जहाँ आठ हजार ९०० भोटमध्ये आठ हजारभन्दा बढी नकारात्मक भोट परेका छन्।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली को एप्रुभल रेटिङ २ प्रतिशत मात्रै छ। उनले नाै हजार २०० भोटमध्ये नौ हजारभन्दा बढी नकारात्मक भोट पाएका छन्। त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा दुवैको एप्रुभल रेटिङ केवल १ प्रतिशत रहेको देखिन्छ।

‘रेटमाईनेता’ एक खुला अनलाइन प्लेटफर्म हो, जहाँ सर्वसाधारणले अकाउन्ट बनाएर नेताको काम र व्यवहारका आधारमा सकारात्मक (अपभोट) वा नकारात्मक (डाउनभोट) मत दिन सक्छन्। यिनै मतको प्रतिशतका आधारमा नेताहरूको एप्रुभल रेटिङ तय गरिन्छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट २ महिनामा ९ हजार लाइसेन्स छपाइ

Published

on

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब ९ हजार क्युआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत २१ कात्तिकखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता ८ हजार ९८३ लाइसेन्स छपाइ भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागको ‘मास प्रिन्टर’ जेन–जी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत २१ कात्तिकमा केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर लाइसेन्स छपाइको सुरुवात गरेका थिए । लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गत १२ कात्तिकमा सम्झौता भएको थियो । जसअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

दुई महिना अवधिमा ८ हजार ९८३ लाइसेन्स छपाइ भएको विभागका आइटी निर्देशक केशव खतिवडाले जानकारी दिए । उनका अनुसार विभागले केन्द्रलाई १२ लाखप्रति लाइसेन्स छाप्न जिम्मा दिइसकेको छ । हाल नयाँ ट्रायल पास भएका र नवीकरणका लागि आवेदन दिएका गरी ३० लाखको हाराहारीमा लाइसेन्स प्रिन्ट हुन बाँकी रहेको उनको भनाइ छ । ‘अत्यावश्यक लाइसेन्समात्र छपाइ भएको हो, छापिएका करिब ९ हजारमध्ये ७ हजार लाइसेन्स वितरण भइसकेको छ’, खतिवडाले भने ।

विभागले साधारण लाइसेन्स छाप्ने तयारी गरिरहेको जनाएको छ । एकैपटक १ लाख ‘डाटा’ पठाउन लागिएको खतिवडाले जानकारी दिए । केन्द्रले विभागसँगको सम्झौताबमोजिम बाँकी रहेका ११ लाख ९१ हजार स्मार्ट कार्ड आगामी दुई महिनाभित्र छापिसक्ने लक्ष्य राखेको जनाएको छ । हालसम्मको काम सुस्त देखिए पनि अबको माघ महिनादेखि गति बढाइने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङगानाले बताए । उनले भने, ‘सुरुआती चरण परीक्षणकाल भएकाले थोरै मात्र छपाइ भएको हो, अब एक हप्तादेखि नयाँ जनशक्तिसँगै कामको गति बढाइनेछ ।’ उनका अनुसार माघदेखि दैनिक १० हजारका दरले स्मार्ट लाइसेन्स छाप्ने आन्तरिक तयारी भइरहेको छ ।

सुरुआती दुई हप्तामा केन्द्रमा पहिलोपटक छापिएका ५२० थान लाइसेन्स विभागलाई हस्तान्तरण गरिएको थियो । ढुङ्गानाका अनुसार नेपालकै ल्याबमा गरिएको परीक्षण सफल भएपछि विभागलाई लाइसेन्स बुझाइएको हो । विभागसँगको सम्झौताअनुसार सुरुको तीन महिना १ लाखका दरले १ लाख र बाँकी तीन महिनामा ९ लाख गरी १२ लाख लाइसेन्स छपाइ गरिने जनाइएको छ ।

केन्द्रबाट छपाइ भएका कार्डमा चिप्सको सट्टा क्युआर कोड प्रयोग गरिएको छ । केन्द्रका अनुसार यसमा उच्चस्तरको सुरक्षा प्रणाली रहेका छन् । नयाँ कार्डमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुनेछ । कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन् भने त्यसभित्र केही दृश्य र केही अदृश्य रहने बताइएको छ । केन्द्रले लाइसेन्सबाहेक हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्ने तयारी गरिरहेको छ ।

केन्द्रमा यसअघि इराकबाट ल्याइएका दुई उच्च सुरक्षित डिजिटल मेसिनबाट अन्तःशुल्क स्टिकरको नमुना छपाइ गरिएको थियो । हाल जडित दुई मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिनेछ । प्रेस पूर्ण रूपमा सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने १० अर्ब रुपैयाँ जोगिन अपेक्षा गरिएको छ । केन्द्रका लागि २०० प्राविधिकसहित करिब १ हजार जनशक्तिको आवश्यकता पर्नेछ ।

सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न २०८० मा कार्यमूलक एवं नतिजामूलक गुरुयोजना तयार पारेको थियो । सोहीअनुरूप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी १० वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिणपूर्वी एसियाका राष्ट्रहरूलाई उपलब्ध गराउनेछ । साथै, तेस्रो चरणमा भने आगामी १५ वर्षभित्र सुरक्षण मुद्रण्नसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरेको हो ।

Continue Reading

Banner

कांग्रेस विशेष महाधिवेशनका लागि काठमाडाैंमा १५ सय कोठा बुक

Published

on

नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समूहले प्रतिनिधिहरूलाई ठमेल, नक्साल, सुन्धारा र एयरपोर्टका होटेलहरूमा राख्ने भएको छ । सो प्रयोजनका निम्ति काठमाडौंका होटेलमा १५ सय कोठा बुक गरेको छ ।  ठमेल, नक्साल, सुन्धारा र एयरपोर्टका होटेलहरू बुक गरिएको विशेष महाधिवेशन प्रतिनिधिका निम्ति आवास तथा खानपान व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए ।  हामी भोलि प्रेस मिट गरेर विस्तृत जानकारी दिनेछौँ’, धमलाले भने ।

Continue Reading

Banner

सुकुनामा दुई प्रदेशका क्याम्पस प्रमुखबीच शैक्षिक गुणस्तरबारे अन्तरक्रिया सुरु

Published

on

मोरङको सुकुना बहुमुखी क्याम्पसमा कोशी र मधेस प्रदेशका क्युएए प्राप्त तथा हालै प्रत्यायन हासिल गरेका क्याम्पस प्रमुखहरूको सहभागितामा शैक्षिक गुणस्तर सुधारका विषयमा अन्तरक्रिया सुरु भएको छ। हिजोदेखि सुरु भएको अभिमुखीकरण तथा पुनर्ताजगी कार्यक्रम आज समापन हुँदैछ।

विश्वविद्यालय अनुदान आयोगअन्तर्गतको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् (क्युएएसी) को आयोजनामा भएको कार्यक्रम ‘गुणस्तर सुनिश्चितताका बदलिँदा आयामहरू’ विषयमा केन्द्रित छ। कार्यक्रममा शैक्षिक प्रशासन, आन्तरिक गुणस्तर सुधार, प्रत्यायनपछि कायम गर्नुपर्ने मापदण्ड तथा समसामयिक चुनौतीबारे छलफल गरी सुझाव संकलन गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गर्नुभयो। उद्घाटन मन्तव्यमा उहाँले क्याम्पसको आन्तरिक गुणस्तर सुधारमा यस्ता अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। क्याम्पस स्वयंले आन्तरिक क्युएए प्रणाली सुदृढ गर्न पहल गर्नुपर्नेमा जोड दिँदै उहाँले केही क्याम्पस समस्याग्रस्त अवस्थामा रहेको उल्लेख गर्नुभयो।

सामुदायिक क्याम्पसमा विद्यार्थी संख्या घट्दै जानु र मर्जर हुन नचाहने प्रवृत्तिका कारण शैक्षिक व्यवस्थापनमा समस्या देखिएको भन्दै प्रा.डा. अधिकारीले यस्ता छलफलमार्फत क्याम्पसलाई सक्षम र सबल बनाउन सकिने बताउनुभयो।

क्युएए सचिवालयकी उपनिर्देशक भगवती पौडेलले क्युएए प्राप्त तथा नयाँ प्रत्यायन हासिल गरेका क्याम्पसलाई लक्षित गरी गुणस्तर सुनिश्चितताका विषयमा अभिमुखीकरण गरिने जानकारी दिनुभयो। प्रत्यायनपछि गुणस्तर कायम राख्नु अझ चुनौतीपूर्ण हुने भएकाले निरन्तर अभ्यास आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारीले क्युएएको अभियान यात्रा सजिलो नभए पनि अनिवार्य रहेको उल्लेख गर्नुभयो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले नयाँ विषय सञ्चालनको अनुमति नपाउँदा विद्यार्थी टिकाउन कठिनाइ भइरहेको उहाँको भनाइ थियो।

कार्यक्रमका सभापति तथा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष केशव अधिकारीले सुकुना बहुमुखी क्याम्पसलाई कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गरिएकोमा विश्वविद्यालय अनुदान आयोगप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका निर्देशक केदारप्रसाद आचार्य, उपनिर्देशक भगवती पौडेल, क्युएए सहायक नवीना चौलागाईलगायतले सहजीकरण गरिरहनुभएको छ। साथै क्युएए सहायक सीता डुम्रेललगायतको उपस्थिति रहेको छ।

शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राखेर गरिएको यो कार्यक्रम आज समापन हुने आयोजकले जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक