Connect with us
Advertisement

कोशी प्रदेशका ८० प्रतिशत स्टार्टअप नाफामा

Published

on

कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरकारबाट पाउनुपर्ने सुविधा नपाएको जस्ता समस्या भोगिरहेको भएपनि उनीहरुले राम्रो प्रतिफल हासिल गरिरहेको एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१/८२’ अनुसार कोशी प्रदेशका ८० प्रतिशत स्टार्टअप उद्यमले नाफा कमाइरहेको देखिएको हो । स्टार्टअप उद्यमहरूको व्यावसायिक प्रकृति, क्षेत्रगत प्रवृत्ति, स्टार्टअप उद्यमका लागि आवश्यक स्रोतसाधनको पहुँच अवस्था तथा यस्ता व्यवसायले भोग्नुपरेका समस्याको पहिचान गरी समस्या समाधानका उपायसहित राष्ट्र बैङ्कले प्रतिवेदन तयार पारेको हो । जसका लागि औद्योगिक व्यावसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता गरेका र ‘सर्टलिष्ट’मा परेका कोशी प्रदेशका उद्यमहरूको सङ्ख्यालाई आधार मानी यस अध्ययनका लागि १६० वटा स्टार्टअप उद्यमबाट तथ्याङ्क सङ्कलन गरिएको राष्ट्र बैङ्कले जनाएको छ  अध्ययनमा सहभागी १६० उद्यममा कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरी पाँच वटा व्यावसायिक क्षेत्र समावेश छन् । जसमा कृषि तथा वनजन्य ४१ दशमलव तीन, उत्पादनमूलक १८ दशमलव एक, सेवामूलक १७ दशमलव पाँच, पर्यटन १३ दशमलव आठ र सूचना प्रविधि क्षेत्रमा नौ दशमलव चार प्रतिशत उद्यम रहेका छन् ।

कोशी प्रदेशको उच्च व्यावसायिक सम्भावना रहेको क्षेत्रको रूपमा ४३ दशमलव एक प्रतिशतले कृषि तथा वनजन्य, २१ दशमलव तीन प्रतिशतले पर्यटन, १३ दशमलव आठ प्रतिशतले उत्पादनमूलक, १० प्रतिशतले सेवामूलक, आठ दशमलव एक प्रतिशतले सूचना प्रविधि र समान एक दशमलव नौ प्रतिशतले उर्जामूलक तथा निर्माण क्षेत्रलाई राखेका छन् । त्यस्ता स्टार्टअप उद्यममध्ये वस्तु तथा सेवामा ५४, उत्पादन प्रक्रियामा ४१ र वितरण प्रक्रियामा पाँच प्रतिशत व्यवसायले नवीन सोच तथा नवप्रवर्तनको प्रयोग गरेका छन् ।

स्टार्टअप उद्यममा २१ देखि ३५ वर्ष उमेर समूहका ३९ दशमलव तीन, ३६ देखि ५० वर्ष उमेर समूहका ४४ दशमलव चार र ५० देखि ७० वर्ष उमेर समूहका १६ दशमलव दुई प्रतिशत उद्यमी रहेका छन् । जसमध्ये ७४ दशमलव चार प्रतिशत पुरुष र २५ दशमलव छ प्रतिशत महिला उद्यमी रहेका छन् ।

स्टार्टअप उद्यमलाई व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने कारणमा ३७ दशमलव एक प्रतिशतले आत्मनिर्भर बन्ने इच्छा, २५ दशमलव आठ प्रतिशतले समाजमा योगदान गर्ने चाहना, २५ दशमलव एक प्रतिशतले नयाँ अवसर, सात दशमलव नौ प्रतिशतले रोजगारीको अभाव र चार दशमलव एक प्रतिशतले अन्य कारण उल्लेख गरेका छन् ।

अध्ययनमा समावेश भएका १६० स्टार्टअप उद्यममा कुल लगानी रू दुई अर्ब ५६ करोड रहेको छ । जसमा ३८ दशमलव सात प्रतिशत हिस्सा ऋण रहेको छ भने ६१ दशमलव तीन प्रतिशत हिस्सा स्वपुँजी रहेको छ ।

त्यस्तै, ४० दशमलव छ प्रतिशत उद्यमले सरकारी अनुदान तथा सुविधा प्राप्त गरेको र ५९ दशमलव चार प्रतिशत उद्यमले कुनै पनि सरकारी अनुदान तथा सुविधा प्राप्त गरेका नगरेको प्रतिवेदनमा उल्लेख छ ।

स्टार्टअप उद्यमबाट उत्पादित वस्तुको बजार पहुँचमा समस्या रहेको विषयलाई पनि यो अध्ययनले उजागर गरेको छ । ‘अध्ययनमा समावेश भएका उद्यमको विश्लेषण गर्दा ४५ प्रतिशत उद्यमको प्रमुख बजार स्थानीय बजार रहेको छ । ४६ दशमलव ९ प्रतिशत उद्यमले राष्ट्रिय बजार र आठ दशमलव एक प्रतिशतले अन्तर्राष्ट्रिय बजारमा आफ्नो वस्तु तथा सेवा पु-याइरहेका छन्’, अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रविधिको प्रयोगको आधारमा वर्गीकरण गर्दा २७ दशमलव पाँच प्रतिशत उद्यममा उच्च प्रविधि, ६५ प्रतिशत उद्यममा सामान्य प्रविधिको प्रयोग भएको छ भने सात दशमलव पाँच प्रतिशत उद्यममा प्रविधिको प्रयोग नभएको देखिन्छ ।

त्यस्ता उद्यमले आफ्नो उत्पादनको बजारीकरणका लागि सबैभन्दा बढी ३३ दशमलव नौ प्रतिशतले साथीभाई तथा नातेदारको प्रयोग गर्ने गरेका छन् ।

त्यस्तै, २८ दशमलव  तीन प्रतिशतले सामाजिक सञ्जाल, आठ दशमलव पाँच प्रतिशतले वेबसाइट, सात दशमलव दुई प्रतिशतले अनलाइन विज्ञापन र मेला/महोत्सव, छ दशमलव एक प्रतिशतले परम्परागत माध्यम, चार दशमलव पाँच प्रतिशतले ‘डोर टु डोर’ सम्पर्क र चार दशमलव तीन प्रतिशतले अन्य विधि प्रयोग गरेका छन् ।

यस्ता उद्यमबाट ४८ दशमलव चार प्रतिशत महिला र ५१ दशमलव छ प्रतिशत पुरुषले रोजगारी पाएको पनि प्रतिवेदनमा जनाइएको छ ।

स्टार्टअप उद्यम प्रवर्द्धनका लागि चाल्नुपर्ने कदमबारे प्रतिवेदनमार्फत् राष्ट्र बैङ्कले सुझावसमेत दिएको छ । ‘स्टार्टअपको लागि बिउ पुँजी, सह–लगानी मोडेल, भेन्चर क्यापिटल, कर छुट, कानुनी सरलता र कर्जा पहुँच सहज बनाउन आवश्यक देखिन्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक