Banner
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ। राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ। आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ। आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन्।
Facebook Comment
Banner
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश
सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेकाे छ ।
आज न्यायाधीशद्वय महेश शर्मा पाैडेल र नित्यानन्द पाण्डेयकाे संयुक्त इजलासले काठमाण्डाै जिल्ला अदालतबाट चैत २४ जारी भएकाे पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न भनेकाे हाे । याे पक्राउ पूर्जी स्वतः निष्क्रिय भएकाे सर्वाेच्चकाे आदेशमा उल्लेख छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसूरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्रै रहेकाे सर्वाेच्चकाे निष्कर्ष छ ।
विभागले देउवा दम्पतीमाथि अनुसन्धान गरिरहेकै बेला काठमाण्डाै जिल्ला अदालतले चैत २४ गते उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो । याे पक्राउ अनुमतिविरुद्ध देउवाकाे तर्फबाट सर्वोच्चमा रिट दायर भएकाे थियाे ।
Banner
काभा महिला भलिबल : माल्दिभ्सलाई साेझाे सेटमा हराउँदै नेपाल सेमिफाइनलमा
माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा आज नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–२० ले जित्यो ।
यसअघि नेपाल पहिलो खेलमा भारतसँग ३–२ को सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो ।
भाेलि हुने भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्काे टोलीको टुङ्गो लाग्नेछ ।
यस्तै समूह ‘बी’ बाट काजकिस्तान र इरान लगातार दाेस्राे जीतसहित सेमिफाइनलमा प्रवेश गरेका छन् ।
Banner
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर गोली चल्यो
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर भएको गोलीकाण्डमा सुरक्षा निकायका एजेन्टहरूमाथि आक्रमण गर्ने एक संदिग्ध व्यक्तिको घटनास्थलमै ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको छ ।
यो घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएको भनिएको छ । ह्वाइट हाउसको उत्तरी भाग नजिक गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो । घटनाको क्रममा लगातार गोली चल्दा वरपरको क्षेत्रमा त्रास फैलिएको थियो ।
घटनापछि ह्वाइट हाउसलाई अस्थायी रूपमा ‘लकडाउन’ गरिएको थियो, यद्यपि पछि उक्त लकडाउन हटाइएको अधिकारीहरूले पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यस समयमा ह्वाइट हाउसमै रहनुभएएको खबरमा उल्लेख छ ।
घटनाको विस्तृत अनुसन्धान जारी रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login