Banner
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले चयन गर्यो ९ उम्मेदवार
नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवार टुंगो लगाएको छ ।
कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला कांग्रेसले सातै प्रदेशमा चयन गरिएका उम्मेदवार भन्दै नामावली सार्वजनिक गरेको हो । एक शीर्ष नेताका अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपांगता), बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । यसैगरी अन्य उम्मेदवारहरुमा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे जंगली (अपांगता) र चन्द्रबहादुर (केसी), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) र सुदूरपश्चिमबाट खम्मबहादुर खाती (अन्य) छन् ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।
Facebook Comment
Banner
कांग्रेस विशेष महाधिवेशनका लागि काठमाडाैंमा १५ सय कोठा बुक
नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समूहले प्रतिनिधिहरूलाई ठमेल, नक्साल, सुन्धारा र एयरपोर्टका होटेलहरूमा राख्ने भएको छ । सो प्रयोजनका निम्ति काठमाडौंका होटेलमा १५ सय कोठा बुक गरेको छ । ठमेल, नक्साल, सुन्धारा र एयरपोर्टका होटेलहरू बुक गरिएको विशेष महाधिवेशन प्रतिनिधिका निम्ति आवास तथा खानपान व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए । हामी भोलि प्रेस मिट गरेर विस्तृत जानकारी दिनेछौँ’, धमलाले भने ।
Banner
सुकुनामा दुई प्रदेशका क्याम्पस प्रमुखबीच शैक्षिक गुणस्तरबारे अन्तरक्रिया सुरु
मोरङको सुकुना बहुमुखी क्याम्पसमा कोशी र मधेस प्रदेशका क्युएए प्राप्त तथा हालै प्रत्यायन हासिल गरेका क्याम्पस प्रमुखहरूको सहभागितामा शैक्षिक गुणस्तर सुधारका विषयमा अन्तरक्रिया सुरु भएको छ। हिजोदेखि सुरु भएको अभिमुखीकरण तथा पुनर्ताजगी कार्यक्रम आज समापन हुँदैछ।
विश्वविद्यालय अनुदान आयोगअन्तर्गतको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् (क्युएएसी) को आयोजनामा भएको कार्यक्रम ‘गुणस्तर सुनिश्चितताका बदलिँदा आयामहरू’ विषयमा केन्द्रित छ। कार्यक्रममा शैक्षिक प्रशासन, आन्तरिक गुणस्तर सुधार, प्रत्यायनपछि कायम गर्नुपर्ने मापदण्ड तथा समसामयिक चुनौतीबारे छलफल गरी सुझाव संकलन गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गर्नुभयो। उद्घाटन मन्तव्यमा उहाँले क्याम्पसको आन्तरिक गुणस्तर सुधारमा यस्ता अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। क्याम्पस स्वयंले आन्तरिक क्युएए प्रणाली सुदृढ गर्न पहल गर्नुपर्नेमा जोड दिँदै उहाँले केही क्याम्पस समस्याग्रस्त अवस्थामा रहेको उल्लेख गर्नुभयो।
सामुदायिक क्याम्पसमा विद्यार्थी संख्या घट्दै जानु र मर्जर हुन नचाहने प्रवृत्तिका कारण शैक्षिक व्यवस्थापनमा समस्या देखिएको भन्दै प्रा.डा. अधिकारीले यस्ता छलफलमार्फत क्याम्पसलाई सक्षम र सबल बनाउन सकिने बताउनुभयो।
क्युएए सचिवालयकी उपनिर्देशक भगवती पौडेलले क्युएए प्राप्त तथा नयाँ प्रत्यायन हासिल गरेका क्याम्पसलाई लक्षित गरी गुणस्तर सुनिश्चितताका विषयमा अभिमुखीकरण गरिने जानकारी दिनुभयो। प्रत्यायनपछि गुणस्तर कायम राख्नु अझ चुनौतीपूर्ण हुने भएकाले निरन्तर अभ्यास आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारीले क्युएएको अभियान यात्रा सजिलो नभए पनि अनिवार्य रहेको उल्लेख गर्नुभयो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले नयाँ विषय सञ्चालनको अनुमति नपाउँदा विद्यार्थी टिकाउन कठिनाइ भइरहेको उहाँको भनाइ थियो।
कार्यक्रमका सभापति तथा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष केशव अधिकारीले सुकुना बहुमुखी क्याम्पसलाई कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गरिएकोमा विश्वविद्यालय अनुदान आयोगप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका निर्देशक केदारप्रसाद आचार्य, उपनिर्देशक भगवती पौडेल, क्युएए सहायक नवीना चौलागाईलगायतले सहजीकरण गरिरहनुभएको छ। साथै क्युएए सहायक सीता डुम्रेललगायतको उपस्थिति रहेको छ।
शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राखेर गरिएको यो कार्यक्रम आज समापन हुने आयोजकले जनाएको छ।
Banner
विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले पुस २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (पुस २४ गते) अन्तिम दिन रहेको छ।
लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेको हो। साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो। सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गरेको हो।
लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गरेको हो।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ। यसले लघुवित्तको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login