Connect with us
Advertisement

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

Published

on

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।

पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ । राप्रपाले सो समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्षनेता, पूर्वप्रधानमन्त्री र विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरेको छ । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।

नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्र निर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग तथा सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरेका शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको थियो । उनले २० वर्षको उमेरमा गद्दीआरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए ।

यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्ने गरिन्छ ।

यो दिवसमा व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको तथ्यलाई स्मरण गराउँदछ । युवापुस्तालाई मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गर्नमा यस दिवसको विशेष महत्व छ ।

शाहको एकीकरण अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । शाहले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा त्यत्तिकै समयसान्दर्भिक छन् ।

भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उहाँले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिनुभएको थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न दलका नेता र राष्ट्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश दिएका छन्।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

देश जोड्न र कांग्रेस बदल्न विशेष महाधिवेशन : विश्वप्रकाश

Published

on

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस मात्रै नभएर देशैलाई बदल्ने संकल्पमा आफूहरू विशेष महाधिवेशनको मैदानमा खडा भएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रलाई आइतबार भृकुटीमण्डपममा सम्बोधन गर्दै उनले पार्टी मात्रै बदल्ने विशेष महाधिवशेन नमागेको बताए ।

‘कांग्रेस मात्रै बदल्न हामी यहाँ आएका होइनौँ । हामी बदलिन पनि सक्छौँ । बदल्न पनि सक्छौँ । अनि देशलाई समुन्नतिमा अगाडि बढाउन सक्छौँ भन्नेमा प्रण गर्छौं । त्यसैले कांग्रेस र देशलाई सँगै बदल्न हामी मैदानमा आएका हौँ,’ शर्माले भने, ‘घर निवास, भन्दा नेपाली नेपालीको मन जलेको छ । यसैले हामी मन जोड्न आएका हौँ । भवन जोड्ने मात्रै होइन, मन जोड्नसमेत हामी विशष महाविधेशनमा जोडिएका हौँ ।’

मौसम खराबी भएपछि यसलाई अनुकूलतामा बदल्न र विकसित गर्न आफूहरू मैदानमा ओर्लिएको उनको भनाइ छ । लामो समय पोखरी जसरी जमेको नेतृत्वको अप्राकृतिक स्थितिलाई आफूहरूले खोल्न चाहेको उनको भनाइ छ ।

Continue Reading

Banner

विशेष महाधिवेशनमा कांग्रेसका २ हजार ३५ प्रतिनिधि दर्ता

Published

on

काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाम दर्ता गर्ने प्रतिनिधिको संख्या १८ सय ३० पुगेको छ । अपराह्नसम्म १८ सय ३० जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरेका हुन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । यसमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया चलिरहेको छ । बिहान ९ बजेदेखि प्रतिनिधिको नाम दर्ता सुरु भएको थियो ।

काँग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । काँग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस निकालेका थिए । विशेष महाधिवेशन महामन्त्रीद्वय थापा र शर्माले भृकुटीमण्डपमा उद्घाटन गरेका छन् । बन्द सत्र भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुनेछ ।

Continue Reading

Banner

सुनिल शर्माले देउवालाई भने– रोइलो छाडेर बन्दसत्रमा आउनुस्

Published

on

 नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा उद्घाटन गर्नका लागि आउन अनुरोध गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्

उमेरका कारणले पनि अब अघि नबढ्न सभापति देउवालाई उनको आग्रह थियो । शेरबहादुर दाई तपाईं एउटा इतिहास बोकेको हाम्रो नेता हो । गाउँबाट आउनुभएको नेता हो । ८० कटिसक्नुभयो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ,’ उनले भनेका छन्, ‘अब तपाईंलाई अब उमेरका कारण माथिबाट बोलाइराखेको बेलामा आफ्ना कार्यकता हिजो जसले तपाईंलाई सभापति बनायो, पटकपटक तपाईंहरूलाई सत्तामा पुर्‍यायो, त्यो रोइलो छाडेर भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउनुस् । हामी विकल्प दिन्छौं ।’उनले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई पनि भृकुटीमण्डपमा उपस्थित भिडले गिज्याएको टिप्पणी गरे । ‘हेर्नुस यो मासुम अनुहारले के भन्छन् ? यो मासुम अनुहारले तपाईंहरूलाई गिज्याइरहेको छ कि छैन ? हामी झगडामा विश्वास गर्दैनौं । हाम्रो क्यारेक्टर, फ्याक्टर सिद्धान्त र विचार मध्यमार्गी बाटो हो,’ उनले भनेका छन् ।

पार्टीमा ५४ प्रतिशत हस्ताक्षरलाई समेत समान्य छलफल गराउन नसक्नु बिडम्बना भएको तर्क गरे ।

‘नेपाली जनताले राम्रोसँग दुई छाक भात खान पाओस्, उपचार र शिक्षा पाओस् भनेर हाम्रा अग्रज लड्नुभयो । वर्षौंसम्म पञ्चायत र राणाहरूका विरुद्धमा लड्नुभयो,’ उनले भने, ‘हाम्रो पार्टीले न्युनतम लोकतान्त्रिक मान्यतालाई समेत लत्याएर, ५४ प्रतिशत हस्ताक्षरलाई समेत सामान्य हलमा छलफल गराउने समेत आँट गर्न सकेन । भन्नुस् त यो बिडम्बडा हो कि होइन ?’

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक