Banner
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र ८८ वर्षीय खड्काको अध्यक्षतामा हुने
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र ८८ वर्षीय श्यामकुमार खड्काको अध्यक्षतामा हुने भएको छ ।
केहीबेरमा सुरु हुने महाधिवेशनको अध्यक्षता खड्काले गर्ने प्रचारप्रसार समिति संयोजक सुवास पोखरेल भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यस्तै कार्यक्रम सञ्चालन नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बरालले गर्ने भएका छन् ।
Facebook Comment
Banner
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ ।
कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यले बिहान ८ बजेदेखि बन्दसत्र हुन लागेको जानकारी दिए । सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ ।
बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवं जनसम्पर्क समितिको छुट्टाछुट्टै ९ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल गर्ने संयोजक आचार्यले बताए ।
बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको छ ।
Banner
देश जोड्न र कांग्रेस बदल्न विशेष महाधिवेशन : विश्वप्रकाश
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस मात्रै नभएर देशैलाई बदल्ने संकल्पमा आफूहरू विशेष महाधिवेशनको मैदानमा खडा भएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रलाई आइतबार भृकुटीमण्डपममा सम्बोधन गर्दै उनले पार्टी मात्रै बदल्ने विशेष महाधिवशेन नमागेको बताए ।
‘कांग्रेस मात्रै बदल्न हामी यहाँ आएका होइनौँ । हामी बदलिन पनि सक्छौँ । बदल्न पनि सक्छौँ । अनि देशलाई समुन्नतिमा अगाडि बढाउन सक्छौँ भन्नेमा प्रण गर्छौं । त्यसैले कांग्रेस र देशलाई सँगै बदल्न हामी मैदानमा आएका हौँ,’ शर्माले भने, ‘घर निवास, भन्दा नेपाली नेपालीको मन जलेको छ । यसैले हामी मन जोड्न आएका हौँ । भवन जोड्ने मात्रै होइन, मन जोड्नसमेत हामी विशष महाविधेशनमा जोडिएका हौँ ।’
मौसम खराबी भएपछि यसलाई अनुकूलतामा बदल्न र विकसित गर्न आफूहरू मैदानमा ओर्लिएको उनको भनाइ छ । लामो समय पोखरी जसरी जमेको नेतृत्वको अप्राकृतिक स्थितिलाई आफूहरूले खोल्न चाहेको उनको भनाइ छ ।
Banner
विशेष महाधिवेशनमा कांग्रेसका २ हजार ३५ प्रतिनिधि दर्ता
काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाम दर्ता गर्ने प्रतिनिधिको संख्या १८ सय ३० पुगेको छ । अपराह्नसम्म १८ सय ३० जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरेका हुन् ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । यसमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया चलिरहेको छ । बिहान ९ बजेदेखि प्रतिनिधिको नाम दर्ता सुरु भएको थियो ।
काँग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । काँग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस निकालेका थिए । विशेष महाधिवेशन महामन्त्रीद्वय थापा र शर्माले भृकुटीमण्डपमा उद्घाटन गरेका छन् । बन्द सत्र भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुनेछ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login