Connect with us
Advertisement

गगन–विश्वसहित विशेष महाधिवेशन पक्षधरद्वारा संस्थापन पक्षको बैठक बहिष्कार

Published

on

नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष महाधिवेशन पक्षधर केन्द्रीय सहभागी नहुने भएको छ ।मंगलबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकलाई विशेष महाधिवेशन पक्षधरले बहिष्कार गर्ने निर्णय लिएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका साथै सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थित हुन भनेका छन्  महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । यही सन्दर्भमा आकस्मिकरुपमा केन्द्रीय बोलाइएको कार्यसमितिको बैठकमा विधान महाधिवेशन पक्षधर सहभागी नहुने भएको हो । यसैबीच दुवै पक्षबीच वार्ता पनि अघि बढेको छ । वार्ता समिति बने पनि समय र स्थानबारे अझै अन्योल छ

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

Published

on

नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरू भएको छ । बन्दसत्रले निर्वाचन समिति गठन गरेको छ ।

नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसियसन (डिएलए) अध्यक्ष सीताराम केसी संयोजकत्वमा निर्वाचन समिति बनेको हो ।

निर्वाचन समिति सदस्यमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।

सहमतिका लागि बालुवाटारमा पार्टी सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच वार्ता चलिरहेकाको छ । वार्ता जारी रहँदा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको उपस्थितिमा बन्दसत्र सुरु भएको हो ।

उता, कांग्रेस संस्थापन पक्षले बिहान ११ बजेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक पनि सरेको छ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई दिउँसो १ बजे उपस्थित हुन अनुरोध गरिएको छ।

Continue Reading

Banner

कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षबची वार्ता हुँदै

Published

on

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरसँग संस्थापन पक्षले आज संवाद गर्दै छ ।

दोस्रो विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अगाडि बढेपछि कांग्रेसको संस्थापन पक्ष छलफलका लागि तयार भएको हो । त्यसका लागि समिति नै गठन भएको छ ।

छलफलमा विशेष महाधिवेशनको पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी जनाइएको छ । त्यस्तै, संस्थापनपक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुनेछन् ।

संस्थापनपक्षले विशेष महाधिवेशनलाई संकल्प वा नीति महाधिवेशनमा परिणत गरेर विकल्पसहित नियमित महाधिवेशनमा जानेगरी प्रस्ताव अगाडि सारेको छ ।

Continue Reading

Banner

सभापतिलाई अल्टिमेटम : भोलि नयाँ नेतृत्व घोषणा गर्ने चेतावनी

Published

on

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई सुनेर सभापति शेरबहादुर देउवा नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुने चेतावनी दिएका छन्।

काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिन बन्द सत्र चलिरहँदा मिडिया सेन्टरमा आयोजित प्रेस ब्रिफिङमा नेता सुवास पोखरेलले यस्तो चेतावनी दिएका हुन् ।

विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधि उभिएका बताउँदै उनले उनीहरू आवाजलाई अपनत्व गर्दै सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको नेतृत्व नआए यही मञ्चले नयाँ कार्यसमिति घोषणा गर्ने पोखरेलले बताए ।सोमबार साँझ महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजित नियमित प्रेस ब्रिफिङमा मिडिया सेन्टरका संयोजक पोखरेलले हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या ६३ प्रतिशत पुगेको बताउँदै अब देउवासहित उपस्थित हुनुपर्ने उल्लेख गरे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक