Banner
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो
नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरू भएको छ । बन्दसत्रले निर्वाचन समिति गठन गरेको छ ।
नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसियसन (डिएलए) अध्यक्ष सीताराम केसी संयोजकत्वमा निर्वाचन समिति बनेको हो ।
निर्वाचन समिति सदस्यमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।
सहमतिका लागि बालुवाटारमा पार्टी सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच वार्ता चलिरहेकाको छ । वार्ता जारी रहँदा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको उपस्थितिमा बन्दसत्र सुरु भएको हो ।
उता, कांग्रेस संस्थापन पक्षले बिहान ११ बजेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक पनि सरेको छ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई दिउँसो १ बजे उपस्थित हुन अनुरोध गरिएको छ।
Facebook Comment
Banner
जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने
नेपाल रेल्वे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गर्दै जनकपुर–जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द रहने जनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयले निकालेको सूचनाअनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले १९ गते मङ्गलबारदेखि २१ गते बिहीबारसम्म तीन दिन भङ्गाहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहनेछ । फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख छ । रेल सेवा बन्द रहने अवधिमा यात्रुलाई वैकल्पिक यातायातको व्यवस्था गर्न कम्पनीले अनुरोध गरेको छ ।
Banner
चुनाव शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध : गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीवार हुने प्रतिनिधिसभा सदस्य चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ ।
दोलखाको बैतेश्वर गाउँपालिका–२ मा मतदान केन्द्रको आज स्थलगत निरीक्षण तथा अनुगमन गर्दै गृहमन्त्री अर्यालले विगतमा भएका कमी कमजोरीलाई सच्याइ यसपटकको चुनाव निष्पक्ष र धाँधलीरहित सम्पन्न गर्ने गरी वातावरण बनाउनसमेत निर्देशन दिनुभयो ।
संवेदनशील मानिएको मतदानस्थलको निरीक्षण गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी दोलखा पुग्नुभएको हो ।
गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षसँग अनुरोध गर्नुभयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले चुनावलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाको भूमिका र सक्रियता महत्त्वपूर्ण रहेकोमा जोड दिनुभयो ।
Banner
काबुलसहित अफगान शहरमा पाकिस्तानको हवाई आक्रमण
अफगानिस्तान–पाकिस्तानबीच सीमा क्षेत्रमा बढ्दो झडपका बीच पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलसहित अन्य शहरमा हवाई आक्रमण गरेको छ ।यो कारबाही अफगान फौजले सीमावर्ती क्षेत्रमा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा आक्रमण गरेपछि भएको अल जजिराले जनाएको छ ।अल जजिराका अनुसार स्थानीय समयअनुसार शुक्रबार राति १:५० बजे काबुलमा पहिलो बम आक्रमण भएको थियो । त्यसपछि दोस्रो हवाई हमला गरिएको थियो । पहिलो आक्रमणपछि अफगानिस्तानका एन्टी–एयरक्राफ्ट तोपहरूले जवाफी फायरिङ गरेका थिए र दोस्रो आक्रमणपछि पनि फायरिङ जारी रहेको रिपोर्टमा उल्लेख छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login