Connect with us
Advertisement

सिन्धुलीमा बैंक लुटपाट, कर्मचारीलाई बाँधेर गार्डको हात काटियो

Published

on

सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ। लुटेरा समूहले सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट मच्चाएका हुन्। कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको सिन्धुली प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ७:४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र योजना बद्ध रूपमा लुटपाट भएको हो। लुटेराले बैंकभित्रको नगद भरेका बोरा–बोरासहित जंगलतर्फ फरार भएका छन्।

लुटपाटपछि राति स्थानीयले बोरा पैसा फेला पारेका छन्। लुटपाट लागत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वमा थप प्रहरी परिचालन भएको छ । प्रहरी र स्थानीय मिलेर जंगल तथा आसपासका क्षेत्रमा लुटेराको खोजी जारी राखेको छ।

कति रकम लुटियो भन्ने आधिकारिक विवरण अझै सार्वजनिक भएको छैन ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता

Published

on

सरकारले रास्वपा सभापति रवि लामिछानेविरुद्धकाे संगठित अपराधकाे मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।  महान्यायाधिवक्ता कार्यालयमार्फत सरकारले यो मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

Continue Reading

Banner

माघमा पनि घट्यो ब्याजदर

Published

on

वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको समस्याले लागातार ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरूले माघ महिनाका लागि त्यसलाई निरन्तरता दिएका हुन् ।

२० मध्ये १२ वटा बैंकले पुस महिनाको तुलनामा माघ महिनाका लागि ब्याजदर घटाएका छन् । ७ वटाले स्थिर राखेका छन् भने प्राइम बैंकले सामान्य बढाएको छ । बैंकले दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा शून्य दशमलव १४९५ प्रतिशत विन्दुले झरेको छ ।

पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४  दशमलव ८५ प्रतिशत रहेकोमा माघमा यस्तो औसत ब्याजदर ४ दशमलव ७ प्रतिशतमा झरेको छ ।

माघ महिनामा सबैभन्दा धेरै ब्याज ग्लोबल आईएमई बैंकले ५ दशमव ५ प्रतिशत दिनेछ भने सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ दशमलव ३६ प्रतिशत दिनेछ । बैंकहरूसँग ११ खर्ब रुपैयाँभन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ ।

कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले ३ प्रतिशत र २ दशमलव ६७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन् । वित्तीय प्रणालीबाट राष्ट्र बैंकले ८ खर्ब ७३ अर्ब रूपैयाँ खिचिसकेको भए पनि बैंकमा लगानी योग्य रकम पर्याप्त छ ।

Continue Reading

Banner

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

Published

on

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।  बिहान ८ बजे बोलाइएको बैठक ६ घन्टापछि सुरु भएको हो । हिजो १ बजे बोलाइएको बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित भएको थियो । बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको छ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद चर्किँदो छ । विवादकै बीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए । विशेष महाधिवेशनमा अहिले नेतृत्व चयनका लागि मनोनयनलगायतको काम भइरहेको छ । विवाद समाधानका लागि नेताहरू छलफलमा पनि जुटिरहेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक