Connect with us
Advertisement

एनआरटीविरुद्ध जितसँगै मच्छिन्द्रको राष्ट्रिय लिग यात्रा सुरु

Published

on

मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिग फुटबलमा विजयी शुरूआत गरेको छ । त्रिपुरेश्वरको दशरथ रंगशालामा हिजो भएको खेलमा मच्छिन्द्रले न्यूरोड टिम (एनआरटी) लाई १–० ले पराजित गरेको हो ।

एलिक श्रेष्ठको निर्णायक गोलमा मच्छिन्द्रले पहिलो खेलमै जीत निकालेको हो । एलिकले खेलको ६२औँ मिनेटमा गोल गरे । यसैबीच राष्ट्रिय लिग फुटबलअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । पहिलो खेल चित्लाङ फुटबल क्लब र नव जनजागृति क्लबबीच दिउँसो १२ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।

यस्तै, दोस्रो खेल दिउँसो २ बजे त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच दशरथ रंगशालामा हुनेछ । आजको तेस्रो खेल प्लानिङ ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच बेलुकी साढे ६ बजे दशरथ रंगशालामै हुनेछ । गएको पुस ३० गतेदेखि राष्ट्रिय लिग शुरू भएपनि औपचारिक उद्घाटन हिजो गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले प्रतियोगिताको उद्घाटन गर्नुभयो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

माध्यमिक तह शिक्षक पदका लागि दरखास्त खुल्यो

Published

on

शिक्षक सेवा आयोगले मावि शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज निकालेर माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि दरखास्त आह्वान गरेको हो ।

मावि तहका चारसय ४९ जना शिक्षक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिनेछ । सबैभन्दा धेरै विज्ञानका लागि एक सय १३ जनासहित गणित, नेपाली, सामाजिकलगायत विषयका लागि दरखास्त आह्वान गरिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि फागुन ३ गतेसम्म तथा दोब्बर दस्तुरमा फागुन १० गतेसम्म आयोगको अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

Continue Reading

Banner

कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज

Published

on

 नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंकेटमा बस्नेछ । बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा सर्वसम्मत चयन भएको कार्यसमितिलाई निर्वाचन आयोगले हिजो (शुक्रबार) आधिकारिकता दिएपछि आज पहिलो बैठक बस्न लागेको हो ।

Continue Reading

Banner

साजिलाल माविमा जिल्ला स्तरीय जुनियर रेडक्रस गोष्ठी हुने

Published

on

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको आयोजनामा तथा जुनियर रेडक्रस सर्कल साजिलाल माध्यमिक विद्यालयको आतिथ्यतामा आगामी २०८२ फागुन ८ र ९ गते जिल्ला स्तरीय दुईदिने जुनियर रेडक्रस गोष्ठी आयोजना हुने भएको छ।

कार्यक्रमको पूर्वतयारीस्वरूप नेपाल रेडक्रस सोसाइटी उपशाखा सुन्दरहरैचाले २०८२ माघ २ गते मोरङको सलकपुरमा विभिन्न संघ–संस्थासँग राय–सल्लाह तथा सुझाव संकलनका लागि बैठक सम्पन्न गरेको छ।

गोष्ठीमा मोरङ जिल्लाभर गठन भएका १७६ वटा जुनियर रेडक्रस सर्कल रहेका विद्यालयबाट करिब ५ सय जना विद्यार्थी, शिक्षक तथा रेडक्रस कर्मी सहभागी हुने आयोजकले जनाएको छ। यति ठूलो सहभागितासहित यस क्षेत्रमै पहिलोपटक आयोजना हुन लागेको यस कार्यक्रमलाई रेडक्रसको ऐतिहासिक कार्यक्रमका रूपमा लिइएको छ। सहभागिता, उद्देश्य र प्रभावका आधारमा यस गोष्ठीलाई “रेडक्रसको कुम्भ” को संज्ञा दिइएको छ।

पूर्वतयारी बैठकले ज्ञानेन्द्र ओझाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। समितिले कार्यक्रम व्यवस्थापन, समन्वय तथा सम्पूर्ण तयारीका कार्यलाई तीव्र रूपमा अघि बढाउने जनाएको छ।

बैठकमा उद्योग वाणिज्य संघ, लायन्स क्लब, जेसीज, सुकुना बहुमुखी क्याम्पस लगायत विभिन्न सामाजिक तथा शैक्षिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागी संस्थाहरूले कार्यक्रम सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गोष्ठीको तयारीमा साजिलाल माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी तथा रेडक्रस कर्मीहरू सक्रिय रूपमा जुटिरहेका छन्। कार्यक्रमले युवा पुस्तामा सामाजिक तथा मानवीय सेवाप्रतिको भावना विकास गराउने कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा सुन्दरहरैचाका सचिव बाबुराम निरौलाले यस्ता कार्यक्रमले युवालाई सेवा, नेतृत्व र जिम्मेवारीप्रति प्रेरित गर्ने बताउँदै गोष्ठी सफल हुनेमा आशावादी रहेको जानकारी दिनुभयो।

उक्त पूर्वतयारी बैठक घनिन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो। साजिलाल माध्यमिक विद्यालयले रेडक्रसको जिल्ला स्तरीय कार्यक्रमको आतिथ्यता लिँदै ऐतिहासिक जिम्मेवारी वहन गर्न लागेको जनाइएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक