Banner
एनआरटीविरुद्ध जितसँगै मच्छिन्द्रको राष्ट्रिय लिग यात्रा सुरु
मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिग फुटबलमा विजयी शुरूआत गरेको छ । त्रिपुरेश्वरको दशरथ रंगशालामा हिजो भएको खेलमा मच्छिन्द्रले न्यूरोड टिम (एनआरटी) लाई १–० ले पराजित गरेको हो ।
एलिक श्रेष्ठको निर्णायक गोलमा मच्छिन्द्रले पहिलो खेलमै जीत निकालेको हो । एलिकले खेलको ६२औँ मिनेटमा गोल गरे । यसैबीच राष्ट्रिय लिग फुटबलअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । पहिलो खेल चित्लाङ फुटबल क्लब र नव जनजागृति क्लबबीच दिउँसो १२ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।
यस्तै, दोस्रो खेल दिउँसो २ बजे त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच दशरथ रंगशालामा हुनेछ । आजको तेस्रो खेल प्लानिङ ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच बेलुकी साढे ६ बजे दशरथ रंगशालामै हुनेछ । गएको पुस ३० गतेदेखि राष्ट्रिय लिग शुरू भएपनि औपचारिक उद्घाटन हिजो गरिएको हो ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले प्रतियोगिताको उद्घाटन गर्नुभयो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।
राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।
Facebook Comment
Banner
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई आफ्नो विवरण भर्न आग्रह गरेका छन् । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टलमा खाडी क्षेत्रका विभिन्न दूतावासले नेपाली श्रमिकलाई आफ्नो विवरण भर्न आग्रह गरेका हुन् ।
नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना सङ्कलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो ।
परराष्ट्र मन्त्रालयको तयार पारेको पोर्टलमा साउदी अरब, यमनमा रहेका नेपालीकाबारेमा सूचना सङ्कलन गरिनेछ । यस्तै, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी सङ्घसंस्थाले पनि नेपालीको सहयोगका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको जनाएका छन् ।
Banner
निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।
उम्मेदवार र मतदातालाई सहज बनाउनका लागि आयोगले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।
यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ।
फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण सो अवधिमा वित्तीय पक्षका सारभूत कार्य तथा सेवामा असर पर्न नदिन आयोगको निर्णय तथा अनुरोधअनुरूप महालेखा नियन्त्रक कार्यालयमार्फत राजस्व दाखिलाको प्रबन्ध मिलाइएको उल्लेख गरिएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन गराइएको छ । सो कार्यका निम्ति उक्त कार्यालयले प्रणाली सञ्चालनका लागि प्राविधिक जनशक्ति खटाई निर्वाध सेवा प्रवाहको व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ ।
नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाद्वारा रकम दाखिला तथा भुक्तानीलगायत वित्तीय सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइएको छ ।
भुक्तानीसम्बन्धी तथा आवश्यक प्रणालीको निर्वाध सञ्चालनको प्रबन्ध मिलाइएको आयोगले जानकारी दिएको छ । मुलुकभरका मतदाताले एकैपटक मतदान गर्ने दिन भएकाले सो दिन वित्तीय एवं बैंकिङ सेवा सञ्चालन नहुने र सोको भोलिपल्ट फागुन २२ गतेदेखि यथावत् सञ्चालन हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
Banner
सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु
सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् । उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका थिए ।
रौतहटको माधन नारायण नगरपालिका–६ घर भएका उनी सिनियर अहेब हुन् । मंगलबार बिहान अचानक बेहोस भएपछि उनलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।दिउँसो साढे २ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login