Connect with us
Advertisement

उम्मेदवार छनोट र समानुपातिक सूचीबारे कांग्रेस संसदीय बोर्डको बैठक

Published

on

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आज शनिबारदेखि नै उम्मेदवार छनोटको गृहकार्य गर्ने भएको छ । यसका लागि शनिबार साँझ संसदीय बोर्डको बैठक राखिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई निर्वाचन आयोगले मान्यता दिएपछि सभापति गगन थापाले उम्मेदवार छनोटको गृहकार्य थालेका हुन् । आयोगको निर्णयमा असन्तुष्टि जनाइरहेको समूहलाई समेत समेट्नेगरी टिकट वितरणको गृहकार्य भइरहेको कांग्रेस स्रोतले बतायो । प्रवक्ता चालिसेले सबैलाई समेटेर उम्मेदवार छान्ने बताए । यसअघि शेरबहादुर देउवाको नेतृत्वमा आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको सूचीको स्वामित्व लिने पनि कांग्रेस बैठकले निर्णय गरेको छ । केन्द्रीय समिति पार्टीको अविछिन्न उत्तराधिकारी संस्था भएकोले निर्वाचनसँग जोडिएका विषय स्वीकार गर्छौं’ चालिसेले भने, ‘प्रत्यक्षतर्फको टिकटका लागि आज बेलुकादेखि संसदीय बोर्डमा छलफल हुन्छ ।’ फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवार मनोनयनको कार्यक्रम छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

राष्ट्रिय प्रजातन्त्र दिवस आज, देशभर कार्यक्रम आयोजना

Published

on

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।

यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ । दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।

प्रजातन्त्रकै जगमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि अझै नागरिकले भने र खोजेजस्तो नभएको भन्दै गुनासा र असन्तुष्टि बढिरहेका छन् । यही असन्तुष्टिकैबीच गएको भदौ २३ र २४ गते नवयुवाहरुले विद्रोह गरेका थिए । भदौको नवयुवाको विद्रोहपछिको विशेष परिस्थितिमा आउँदो २१ गते प्रतिनिधिसभाको चुनाव हुँदैछ ।

Continue Reading

Banner

टी–२० विश्वकप : आज तीन रोमाञ्चक भिडन्त

Published

on

आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो खेलमा सुपर आठ प्रवेश गरिसकेको समूह ‘सी’को वेस्ट इन्डिजसँग पहिलो पटक विश्वकप खेल्दै गरेको इटालीले प्रतिस्पर्धा गर्दैछ। यसअघि तीन खेल खेल्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरिसकेको छ भने इटालीले दुई अंक जोडेको छ। इटालीका लागि आजको खेल प्रतिष्ठाको लडाइँ हुनेछ। यो खेल बिहान ११ बजेर १५ मिनेट जाँदा भारतको इडेन गार्डेनमा हुनेछ। दोस्रो खेलमा समूह ‘बी’बाट सुपर आठ प्रवेश गरिसकेका श्रीलंका र जिम्बाबेले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा कोलम्बोमा सुरु हुँदैछ। बिहीबार नै हुने तेस्रो खेलमा समूह ‘डी’का अफगानिस्तान र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा भारतको चेन्नईमा सुरु हुँदैछ।

Continue Reading

Banner

कांग्रेसले ल्यायो १० ‘भिजन’सहित प्रतिज्ञापत्र

Published

on

नेपाली कांग्रेसले आउँदो चुनावका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । आज जनकपुरमा आयोजित प्रतिज्ञासभामा सभापति गगनकुमार थापाले पार्टीको घोषणापत्रका रूपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गर्नुभएको हो ।

कांग्रेसले चुनावको घोषणापत्रलाई प्रतिज्ञापत्र नाम दिएको हो । प्रतिज्ञापत्रको विस्तृत अंश भने भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा सार्वजनिक गर्ने नेपाली कांग्रेसले जनाएको छ । भोलि हुने कार्यक्रममा सभापति थापाले घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम पनि रहेको छ ।

प्रतिज्ञापत्रमा कांग्रेसले युवाहरूका लागि स्वदेशमै मर्यादित र आकर्षक अवसर सिर्जना गर्ने, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई मातृभूमिको पुनर्जागरणमा जोड्ने तथा लगानी र रोजगारी सिर्जनामा राज्यले साथ दिने वाचा गरेको छ ।

यस्तै किसान र कृषि क्षेत्रमा सिँचाइ र मलको अभाव अन्त्य गर्ने, बीमा र भन्सार नीतिमा सुधार गर्ने तथा नेपाली कृषि उत्पादनलाई विश्व बजारमा ब्रान्ड बनाउने प्रतिबद्धता व्यक्त गरेकोे छ ।

स्वास्थ्य क्षेत्रमा उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा मान्यता दिँदै विकसित देशको स्तरको स्वास्थ्य बीमा प्रणाली लागू गर्ने कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ ।

यस्तै प्राथमिकदेखि विश्वविद्यालयसम्मको शिक्षालाई प्रविधिसँग जोड्ने वाचा पनि कांग्रेसको छ । सुशासनका सन्दर्भमा दलीयकरणको अन्त्य गर्ने, ’डिजिटल नेपाल’ को अवधारणा साकार पार्दै भ्रष्टाचार र ढिलासुस्तीको जरैबाट अन्त्य गर्ने र नागरिकले घरमै बसेर सरकारी सेवा पाउने वातावरण बनाउने कांग्रेसको प्रतिबद्धता छ ।

परराष्ट्र नीतिका सम्बन्धमा नेपाललाई विश्व समुदायमा एक सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रका रूपमा स्थापित गर्ने तथा छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित राख्ने प्रतिज्ञा गरिएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक