Banner
देउवा समूहद्वारा निर्वाचन कार्यतालिका स्थगनको माग
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी मंगलबारलाई तोकिएको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मनोनयन स्थगित हुनुपर्ने माग गरेको छ ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्दै गगन–विश्व समूहलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् ।
देउवा र खड्काले निर्वाचन आयोगको निर्णय बदर गरी भृकुटीमण्डप महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति भंग हुनुपर्ने भनेका छन् ।
उनीहरूले पेस गरेको रिट निवेदनमाथि आगामी मंगलबार अर्थात प्रतिनिधिसभा प्रत्यक्षतर्फको मनोनयनको दिन प्रारम्भिक सुनुवाइको मिति तोकिएको छ ।
Facebook Comment
Banner
बालेनले मेयर पदबाट दिए राजीनामा
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका छन् ।
प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारीमा रहेका बालेनले आइतबार पदबाट राजीनामा दिएका हुन् ।
बालेनले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा डंगोलले नेपालको संविधानको धारा २१६ (८) (क) बमोजिम स्विकृत गरेकी छिन् ।
राजीनामा पत्रमा बालेनले आइतबारकै मितिदेखि लागू हुनेगरी स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । पदमा रहँदा आफूले महानगर र नगरबासीको हितमा सकेसम्म इमान्दारीतापूर्वक काम गरेको उल्लेख गर्दै उनले महानगरको आगामी नेतृत्वलाई शुभकामना समेत दिएका छन् ।
Banner
निर्वाचन माहोलले सेयर बजारमा उत्साह, सबै सूचक हरियो
मुलुकमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आइतबार सेयर बजारमा सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३१.१२ अंक बढेको छ । सो वृद्धिसँगै २६७२ अंकमा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब २० करोडको कारोबार भएकोमा आज ८ अर्ब ४० करोडको भयो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेद्वार घोषणा गरिरहेका छन् । जसले चुनावप्रतिको विश्वास बढेसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो ।
आज २२४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहगत सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ५.७३ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ३.०३, बैंकिङ ०.८५, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर ०.७०, लगानी ०.९३, जीवन बीमा १.२५, उत्पादन तथा प्रशोधन २.४२, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.६८, अन्य ०.४५ र व्यापार ०.५४ प्रतिशत बढे ।
४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्स छन् । त्यस्तै सेन्ट्रल फाइनान्सको ८.८८, गुराँस लघुवित्तको ८.८६, बन्दीपुर केबुलकारको ७.४७ प्रतिशत मूल्य बढ्यो ।
थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरे ८.७८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार र राधि विद्युत् छन् ।
Banner
सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै
जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको तस्बिर सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने घोषणा गरेका छन् । गुरुङले फेसबुकमार्फत आज दिउँसो ३:३० बजे आफू र मेयर साह औपचारिक रूपमा रास्वपामा प्रवेश गर्न लागेको जानकारी दिएका हुन् । उनले यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको उल्लेख गरेका छन्। नागरिकले माग गर्दै आएको जबाफदेहिता, स्पष्ट दिशा र नतिजामुखी कामलाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको उनले बताएका छन् । जनहितलाई पहिलो प्राथमिकता दिने, युवाको विश्वास सुरक्षित राख्ने र परिवर्तनलाई दीर्घकालीन बनाउने प्रतिबद्धता उनले बताएका छन्। गुरुङले यो राजनीतिक यात्रा जनतासँगै अघि बढ्ने पनि स्पष्ट पारेका छन्। उनले गोरखाबाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login