Connect with us
Advertisement

बालेनले मेयर पदबाट दिए राजीनामा

Published

on

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारीमा रहेका बालेनले आइतबार पदबाट राजीनामा दिएका हुन् ।

बालेनले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा डंगोलले नेपालको संविधानको धारा २१६ (८) (क) बमोजिम स्विकृत गरेकी छिन् ।

राजीनामा पत्रमा बालेनले आइतबारकै मितिदेखि लागू हुनेगरी स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । पदमा रहँदा आफूले महानगर र नगरबासीको हितमा सकेसम्म इमान्दारीतापूर्वक काम गरेको उल्लेख गर्दै उनले महानगरको आगामी नेतृत्वलाई शुभकामना समेत दिएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

निर्वाचन माहोलले सेयर बजारमा उत्साह, सबै सूचक हरियो

Published

on

मुलुकमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आइतबार सेयर बजारमा सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३१.१२ अंक बढेको छ । सो वृद्धिसँगै २६७२ अंकमा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब २० करोडको कारोबार भएकोमा आज ८ अर्ब ४० करोडको भयो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेद्वार घोषणा गरिरहेका छन् । जसले चुनावप्रतिको विश्वास बढेसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

आज २२४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहगत सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ५.७३ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ३.०३, बैंकिङ ०.८५, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर ०.७०, लगानी ०.९३, जीवन बीमा १.२५, उत्पादन तथा प्रशोधन २.४२, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.६८, अन्य ०.४५ र व्यापार ०.५४ प्रतिशत बढे ।

४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्स छन् । त्यस्तै सेन्ट्रल फाइनान्सको ८.८८, गुराँस लघुवित्तको ८.८६, बन्दीपुर केबुलकारको ७.४७ प्रतिशत मूल्य बढ्यो ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरे ८.७८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार र राधि विद्युत् छन् ।

Continue Reading

Banner

सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

Published

on

जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको तस्बिर सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने घोषणा गरेका छन् । गुरुङले फेसबुकमार्फत आज दिउँसो ३:३० बजे आफू र मेयर साह औपचारिक रूपमा रास्वपामा प्रवेश गर्न लागेको जानकारी दिएका हुन् ।  उनले यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको उल्लेख गरेका छन्। नागरिकले माग गर्दै आएको जबाफदेहिता, स्पष्ट दिशा र नतिजामुखी कामलाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको उनले बताएका छन् । जनहितलाई पहिलो प्राथमिकता दिने, युवाको विश्वास सुरक्षित राख्ने र परिवर्तनलाई दीर्घकालीन बनाउने प्रतिबद्धता उनले बताएका छन्। गुरुङले यो राजनीतिक यात्रा जनतासँगै अघि बढ्ने पनि स्पष्ट पारेका छन्। उनले गोरखाबाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

Continue Reading

Banner

देउवा समूहद्वारा निर्वाचन कार्यतालिका स्थगनको माग

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी मंगलबारलाई तोकिएको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मनोनयन स्थगित हुनुपर्ने माग गरेको छ ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्दै गगन–विश्व समूहलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् ।

उनीहरूले मंगलबार (६ माघ ) को मनोनयन रोक्नुपर्ने अनि मनोनयन भइसकेको भए त्यसलाई स्थगित गरेर अर्को मनोनयनको मिति घोषणा गर्न आदेश हुनुपर्ने माग गरेका छन् ।

देउवा र खड्काले निर्वाचन आयोगको निर्णय बदर गरी भृकुटीमण्डप महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति भंग हुनुपर्ने भनेका छन् ।

उनीहरुले निर्वाचन आयोग, भृकुटीमण्डपबाट चयन भएको नयाँ कार्यसमिति अनि सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई पनि मुद्दामा विपक्षी बनाएका छन् ।

उनीहरूले पेस गरेको रिट निवेदनमाथि आगामी मंगलबार अर्थात प्रतिनिधिसभा प्रत्यक्षतर्फको मनोनयनको दिन प्रारम्भिक सुनुवाइको मिति तोकिएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक