Connect with us
Advertisement

बालेनले मेयर पदबाट दिए राजीनामा

Published

on

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारीमा रहेका बालेनले आइतबार पदबाट राजीनामा दिएका हुन् ।

बालेनले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा डंगोलले नेपालको संविधानको धारा २१६ (८) (क) बमोजिम स्विकृत गरेकी छिन् ।

राजीनामा पत्रमा बालेनले आइतबारकै मितिदेखि लागू हुनेगरी स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । पदमा रहँदा आफूले महानगर र नगरबासीको हितमा सकेसम्म इमान्दारीतापूर्वक काम गरेको उल्लेख गर्दै उनले महानगरको आगामी नेतृत्वलाई शुभकामना समेत दिएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

टी–२० विश्वकप : आज तीन रोमाञ्चक भिडन्त

Published

on

आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो खेलमा सुपर आठ प्रवेश गरिसकेको समूह ‘सी’को वेस्ट इन्डिजसँग पहिलो पटक विश्वकप खेल्दै गरेको इटालीले प्रतिस्पर्धा गर्दैछ। यसअघि तीन खेल खेल्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरिसकेको छ भने इटालीले दुई अंक जोडेको छ। इटालीका लागि आजको खेल प्रतिष्ठाको लडाइँ हुनेछ। यो खेल बिहान ११ बजेर १५ मिनेट जाँदा भारतको इडेन गार्डेनमा हुनेछ। दोस्रो खेलमा समूह ‘बी’बाट सुपर आठ प्रवेश गरिसकेका श्रीलंका र जिम्बाबेले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा कोलम्बोमा सुरु हुँदैछ। बिहीबार नै हुने तेस्रो खेलमा समूह ‘डी’का अफगानिस्तान र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा भारतको चेन्नईमा सुरु हुँदैछ।

Continue Reading

Banner

कांग्रेसले ल्यायो १० ‘भिजन’सहित प्रतिज्ञापत्र

Published

on

नेपाली कांग्रेसले आउँदो चुनावका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । आज जनकपुरमा आयोजित प्रतिज्ञासभामा सभापति गगनकुमार थापाले पार्टीको घोषणापत्रका रूपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गर्नुभएको हो ।

कांग्रेसले चुनावको घोषणापत्रलाई प्रतिज्ञापत्र नाम दिएको हो । प्रतिज्ञापत्रको विस्तृत अंश भने भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा सार्वजनिक गर्ने नेपाली कांग्रेसले जनाएको छ । भोलि हुने कार्यक्रममा सभापति थापाले घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम पनि रहेको छ ।

प्रतिज्ञापत्रमा कांग्रेसले युवाहरूका लागि स्वदेशमै मर्यादित र आकर्षक अवसर सिर्जना गर्ने, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई मातृभूमिको पुनर्जागरणमा जोड्ने तथा लगानी र रोजगारी सिर्जनामा राज्यले साथ दिने वाचा गरेको छ ।

यस्तै किसान र कृषि क्षेत्रमा सिँचाइ र मलको अभाव अन्त्य गर्ने, बीमा र भन्सार नीतिमा सुधार गर्ने तथा नेपाली कृषि उत्पादनलाई विश्व बजारमा ब्रान्ड बनाउने प्रतिबद्धता व्यक्त गरेकोे छ ।

स्वास्थ्य क्षेत्रमा उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा मान्यता दिँदै विकसित देशको स्तरको स्वास्थ्य बीमा प्रणाली लागू गर्ने कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ ।

यस्तै प्राथमिकदेखि विश्वविद्यालयसम्मको शिक्षालाई प्रविधिसँग जोड्ने वाचा पनि कांग्रेसको छ । सुशासनका सन्दर्भमा दलीयकरणको अन्त्य गर्ने, ’डिजिटल नेपाल’ को अवधारणा साकार पार्दै भ्रष्टाचार र ढिलासुस्तीको जरैबाट अन्त्य गर्ने र नागरिकले घरमै बसेर सरकारी सेवा पाउने वातावरण बनाउने कांग्रेसको प्रतिबद्धता छ ।

परराष्ट्र नीतिका सम्बन्धमा नेपाललाई विश्व समुदायमा एक सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रका रूपमा स्थापित गर्ने तथा छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित राख्ने प्रतिज्ञा गरिएको छ ।

Continue Reading

Banner

दक्षिण अफ्रिका लगातार जितसहित सुपर–एटमा

Published

on

संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराउँदै दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा लगातार चौथो जित हासिल गरेको छ।

दिल्लीस्थित अरुण जेटली रंगशालामा आज भएको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोलीलाई ६ विकेटले पराजित गरेको हो।

यूएईले दिएको १२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो। दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिसले ३६ रन बनाए। यूएईका हेदर अली, मुहम्मद जावदुल्लाह, मोहम्मद अरफान र मोहम्मद फारुकले समान १/१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। यूएईका आलिशान शरफुले ४५ रन बनाए भने दक्षिण अफ्रिकाका कोर्बिन बोशले ३ विकेट लिए।

यस समूहबाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोली ‘सुपर–एट’ मा पुगिसकेका छन्।

प्रतियोगिताअन्तर्गत आज दिउँसो समूह ‘ए’ का पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीनामिबिया राष्ट्रिय क्रिकेट टोलीबीच हुने खेलले ‘सुपर–एट’ मा पुग्ने अन्तिम टोलीको टुंगो लगाउनेछ। यस समूहबाट भारत राष्ट्रिय क्रिकेट टोली यसअघि नै अघिल्लो चरणमा पुगेको छ।

यस्तै समूह ‘बी’ बाट श्रीलङ्का राष्ट्रिय क्रिकेट टोलीजिम्बाब्वे राष्ट्रिय क्रिकेट टोली तथा समूह ‘सी’ बाट वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोलीइङ्ग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली ‘सुपर–एट’ मा पुगिसकेका छन्।

आजै बेलुका भारत राष्ट्रिय क्रिकेट टोलीनेदरल्यान्ड्स राष्ट्रिय क्रिकेट टोलीबीच प्रतिस्पर्धा हुनेछ।

‘सुपर–एट’ का खेलहरू आउँदो शनिबारदेखि सुरु हुनेछन्। यस चरणमा दुई समूहमा चार–चार टोली रहनेछन् र प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक