Connect with us
Advertisement

स्कटल्यान्डसँग पराजित, नेपाल समूह चरणबाट बाहिरियो

Published

on

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भएको हो ।

स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ५ बलमा ६८ रनमा अलआउट भयो । नेपालकी विन्दु रावल र रोमा थापाले अविजित १४ रन बनाए । स्कटल्यान्डकी अबतहा मकसूदले ३ विकेट लिइन् ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले १ सय ४० रन बनाउँदै अलआउट भयो । स्कटल्यान्डकी प्रियनाज चटर्जीले अविजित ४५ रन बनाइन् । नेपालकी मनिषा उमाध्यायले ४ र रुविना क्षेत्रीले ३ विकेट लिइन् ।

योसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना सकिएको छ । स्कटल्यान्डले भने सुपर सिक्समा स्थान बनाएको छ । यसैबीच आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स पुग्ने ६ वटै टोलीको टुङ्गो लागेको छ । आजको नतिजासँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् ।

समूह ‘ए’ मा पपुवा न्यु गिनीलाई ५ विकेटले हराएपछि अमेरिका पनि सुपर सिक्समा पुगेको छ । समूह ‘ए’ बाट बङ्गलादेशसँगै आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेको हो । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली यही जुनमा इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

निर्वाचन आचारसंहिता कडाइका साथ लागू गराउन सबै पालिका र जिल्ला समन्वय समितिलाई आयोगको पत्राचार

Published

on

निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा लागू गराउन निर्वाचन आयोगले देशभरका सबै स्थानीय तह (पालिका)जिल्ला समन्वय समितिलाई औपचारिक पत्राचार गरेको छ।

आयोगले पठाएको पत्रमा निर्वाचनको स्वच्छता, निष्पक्षता र मर्यादा कायम गर्न आचारसंहिता कडाइका साथ पालना गराउन आग्रह गरिएको छ। विशेषगरी सार्वजनिक स्रोत–साधनको दुरुपयोग नगर्न, सरकारी पदाधिकारीले निर्वाचन प्रचार–प्रसारमा संलग्न नहुन, विकास निर्माणका नाममा मत प्रभावित पार्ने गतिविधि रोक्न तथा आचारसंहिता विपरीतका काम देखिए तत्काल कारबाहीका लागि समन्वय गर्न भनिएको छ।

त्यसैगरी, आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी आएमा छिटो अनुगमन र आवश्यक प्रतिवेदन निर्वाचन आयोगमा पठाउन पनि पालिका र जिल्ला समन्वय समितिलाई निर्देशन दिइएको छ। आयोगले सबै निकायको सक्रियताले मात्र निर्वाचनलाई विश्वसनीय र शान्तिपूर्ण बनाउन सकिने जनाएको छ।

Continue Reading

Banner

विश्वकप छनोटमा नेपाल जित्नै पर्ने अवस्थामा

Published

on

आईसीसी महिला टी–२० विश्‍वकप ग्लोबल क्वालिफयारमा आज स्कटल्यान्डको सामना गर्दा घरेलु टोली नेपाल जित्नै पर्ने दबाबमा छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान बजे सुरु हुँदैछ । समूह चरणको अन्तिम खेल खेल्दै गरेको नेपाल यो खेल जित्दै सुपर सिक्सको सम्भावना जिवितै राख्न चाहन्छ ।

थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित नेपालले पछिल्लो खेलमा खेलमा जिम्बाबेमाथि जित निकालेको थियो । आज नेपालले जितेर मात्रै पुग्दैन थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने हुन्छ ।

हालको अवस्थालाई हेर्दा नेपालले स्कटल्यान्ड तथा नेदरल्यान्ड्सले थाइल्यान्डलाई हराएमा नेपाल अघि बढ्ने सम्भावना सबैभन्दा बलियो देखिन्छ ।

नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान ४ अंक हुन्छ । यस्तोमा नेटरनरेट हेरिन्छ, त्यसमा स्कटल्यान्ड निकै अगाडि छ ।

 

यदि नेपाल स्कटल्यान्डसँग पराजित भएमा स्वतः बाहिरिनेछ र थाइल्यान्ड र स्कटल्यान्ड सुपर सिक्सका लागि छनोट हुनेछन् । नेदरल्यान्ड्स यसअघि नै अघिल्लो चरणमा पुगिसकेको छ ।

स्कटल्यान्डले टी–२० विश्वकपको अभुभव लिइसकेको  छ । गत संस्करण यूएईमा भएको प्रतियोगितामा सहभागिता जनाएको टोली समूह चरणबाट अगाडि भने बढ्न सकेन । सोही विश्वकपकै आधारमा स्कटल्यान्ड सोझै ग्लोबल छनोट खेल्न लागेको हो ।

टी–२० अन्तर्राष्ट्रियमा नेपाल र स्कटल्यान्ड पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताअघि भएको अभ्यास खेलमा भने नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको थियो ।

Continue Reading

Banner

इरानमाथि आक्रमणको तयारीमा अमेरिका

Published

on

इरानमा पश्चिमा देशलाई चुनौती दिइरहेको इस्लामिक सत्ता हटाएर आफू अनुकूल सत्ता निर्माण गर्न अमेरिकाले आक्रमणको अन्तिम तयारी गरिरहेको छ । केही दिनभित्र मध्यपूर्वमा देखिएका घटनाक्रमले इरानको अन्त्य निकै चाँडो हुनसक्ने विश्लेषण भइरहेको छ ।

त्यसैकारण इरानसँग अब दुई विकल्प छन्, पहिलो अमेरिकाले इरानभित्र जस्तो चाहन्छ, त्यस्तै गर्न दिने र दोस्रो अमेरिकी सैन्य आक्रमणको सामना गर्ने । यी दुईमध्ये जुन विकल्प रोजे पनि इरानको अस्तित्व मेटिने निश्चित छ ।

अमेरिकाको रक्षा मन्त्रालय अर्थात् डिपार्टमेन्ट अफ वारले हालै एउटा अनक्लासिफाइड डकुमेन्ट भन्दै नेशनल डिफेन्स स्ट्राटेजी सार्वजनिक गरेको छ । जुन दस्तावेजमा इरानसँग अझै पनि परमाणु हतियार प्राप्त गर्नसक्ने क्षमता रहेको र यो अमेरिकाका लागि खतरा हुनसक्ने उल्लेख गरिएको छ ।

यहाँ के बुझ्नुपर्छ भने अमेरिकाले आफ्नो लागि खतरा भनेर विश्लेषण गर्नु नै उसको आक्रमणको ब्याकराउण्ड तयार पार्नु हो । जस्तै, सन् २००३ मा इराकमा आक्रमण गर्नुअघि पनि अमेरिकाले यस्तै दस्तावेज जारी गरेको थियो । जसमा इराकसँग आम विनाशका हतियार हुनसक्ने भएकाले आक्रमण गर्नुपर्छ भनिएको थियो ।

उसले विश्वमा अमेरिकी आक्रमण जायज र वैधानिक भएको देखाउन तथा अमेरिकासहित पश्चिमा देशमाथि इरान खतरनाक चुनौती बन्नबाट रोक्न पनि आक्रमण गर्नुपरेको तर्क दिनका लागि यस्ता काम गर्दै आएको छ । जुन यसअघि पनि धेरैपटक गरेको छ ।

यसपटक अमेरिकी आक्रमणमा केही रोचक कुरा देखिन्छ । जस्तो कि सन् २००१ मा अफगानिस्तान होस् वा सन् २००३ मा इराकमाथि गरेको आक्रमण होस्, उसले नेटो देशसँगको सहकार्यमा आक्रमण गर्दै आएको थियो । तर यसपटक नेटो देशलाई कुनै सुइको समेत नदिई भेनेजुएलामाथि आक्रमण गर्‍यो भने इरानमाथि समेत अमेरिका एक्लैले हमला गर्ने तयारी गरिरहेको छ । अर्कोतिर ग्रीनल्याण्डको विषयलाई लिएर युरोपसँग अमेरिकाको टसल बढिरहेको छ । यी घटना क्रमबाट अब अमेरिकाका लागि युरोपको आवश्यकता करिब सकियो भन्ने देखाउँछ । यो भनेको नेटोको भविष्य समेत खतरामा परेको अर्थमा बुझिन्छ ।

अब फेरि इरानतर्फ फर्कौं । अमेरिकाले एउटा दस्तावेज सार्वजनिक गर्दैमा इरानमाथि हमला भइहाल्छ त भन्ने प्रश्न धेरैको मनमा उठेको हुनुपर्छ । किनकि एउटा दस्तावेज सार्वजनिक हुनु भनेको आक्रमणको सबै तयारी हुनु होइन । तर दस्तावेजसँगै यतिबेला अमेरिकी सैन्य मुभमेन्ट पनि मध्यपूर्वमा देखिन थालेको छ ।

वालस्ट्रिट जर्नलका अनुसार ट्रम्प इरानमाथि सैन्य विकल्पबारे अन्तिम निर्णय गर्ने योजनामा छन् र उनी निर्णायक सैन्य विकल्पको खोजीमा छन् । सोही अनुसार रक्षा मन्त्रालय पेन्टागनले काम गर्न सुरु गरेको छ । यो योजनामा इरानी सत्ता पल्टाउने योजना समेत छ ।

CG Group

अमेरिकाको इन्डोप्यासिफिक क्षेत्रमा रहने सेभेन्थ फ्लिटको युएसएस अब्राहम लिंकनसहितका धेरै एयरक्राफ्ट क्यारियर मध्यपूर्वतर्फ अघि बढिरहेका छन् । यी एयरक्राफ्ट क्यारियर जापानबाट साउदी, कतारतिर आइरहेका छन् । मध्यपूर्वमा टर्की, कुवेत, इराक, जोर्डन, साउदी, युएई र ओमानसहितका देशमा अमेरिकाका सैन्य एयरबेसहरू छन् । जसमध्ये केही स्थानमा नेभल फ्यासिलिटी पनि छन् ।

इरानमाथि हमला भएको खण्डमा इरानले मध्यपूर्वका यी सैन्य बेसलाई निशाना बनाउन सक्छ । त्यसैले यिनीहरूको क्षमता बढाउनका लागि अमेरिकाले सेभेन्थ फ्टिलाई अमेरिकाले जापानबाट मध्यपूर्व पठाएको हो ।

ट्रम्प आफैँले शुक्रबार जंगी जहाजहरू मध्यपूर्वतर्फ अघि बढेको पुष्टि गरेका थिए । यद्यपि इरानसँग छलफल पनि भइरहेकाले सम्भवतः आफूहरूले तिनीहरूको प्रयोग गर्न नपर्ने बताएका थिए । यो भनेको आफ्नो शक्ति देखाएर इरानलाई सम्झौतामा आउन बाध्य पार्नु हो । सैन्य हिसाबले तुलना गर्ने हो भने अमेरिकासँग इरानले लड्न कठिन छ ।

अमेरिकाले चाहेमा इरानमाथि ठूलो क्षति पुर्‍याउन सक्छ । तर यो अवस्थामा इरानलाई सहयोगको बचन दिइरहेका रुस र चीनको भूमिका के हुन्छ भन्ने कुराले पनि अर्थ राख्छ । इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी बेसलाई भने क्षति पुर्‍याउन सक्छ । त्यसैले त्यसले ट्रम्पको भनाइ एउटा ‘साइकोलोजिकल वार’ पनि हो ।

ट्रम्पले अब इरानको सत्ता परिवर्तन आफ्नो प्राथमिकतामा रहेको सन्देश दिइसकेका छन् । उनले इरानमा सरकारविरोधी प्रदर्शन चर्किदै गएका बेला खामेनेईको सत्ता केही दिनको पाहुना मात्रै भएको बताएका थिए ।

इरानमा सत्ता पल्टाउन अमेरिकाले गरिरहेको युद्धको तयारीबीच जंगी जहाज युएसएस अब्राहम लिंकन अरब सागरमा इरानतर्फ तीव्र गतिमा अघि बढिरहेको छ । यसअघि यो दक्षिण चीन सागरमा तैनाथ थियो । १८ जनवरीमा यसले स्ट्रेट अफ मलक्का पारेर हिन्द महासागरमा पुग्यो । जुन अरब सागरतर्फ अघि बढेसँगै इरानका केही शहर यसको स्ट्राइक रेन्जमा छन् । अमेरिकाको सी–३७–बी एयरक्राफ्ट पनि इरानको उत्तरमा तुर्कमेनिस्तानको अशगाबाद बेसमा पुगेको छ ।

यूएसएस अब्राहम लिंकनको निर्माण शीत युद्धको अन्त्यतिर सन् १९८८ मा एनएनएस कम्पनीले बनाएर सन् १९८९ मा अमेरिकी सेनामा सामेल भएको हो । जसको लम्बाई करिब ३३३ मिटर र चौडाई ७६.८ मिटर छ । १ लाख टनको युएसएस अब्राहम लिंकनको गति ५६ देखि ६० किलोमिटर प्रतिघन्टा छ ।

२५ देखि ३० वर्षसम्म रिफ्युलिङ गर्नु नपर्ने यो न्युक्लियर पावर्ड वारसिपले ७५ देखि ८० वटा एयरक्राफ्ट लैजान सक्छ । अब्राहम लिंकनसँगै केही डिस्ट्रोयर जहाज र परमाणु पनडुब्बी पनि चलिरहेका छन् । एयरक्राफ्ट क्यारियरमा ४८ देखि ६० एफ/ए–१८ फाइटर जेट रहेका छन् । जसले २३ सय किलोमिटरको दुरीसम्म हमला गर्न सक्छन् ।

रोयटर्सका अनुसार अमेरिकी एयरफोर्सले जोर्डनमा कम्तीमा १२ वटा एफ–१५ जेट तैनाथ गरेको छ । २० देखि २२ जनवरीमा अमेरिकी सी–१७ सैन्य ट्रान्सपोर्ट विमान केही पटक जोर्डनको मफराक अल–खवाजा एयरबेस पुगेका थिए । जुन विमानमा प्याट्रियट–३ मिसाइल डिफेन्स सिस्टम लगाइएको थियो ।

यसको उद्देश्य इजरायललाई इरानी जवाफी कारबाहीबाट बचाउनु हो । किनकि तेहरानले यसअघि नै इरानमाथि हमला गरे बदला लिने धम्की दिइसकेको छ । योबाहेक हिन्द महासागरस्थित डिएगो गार्सिया द्विपमा रहेको अमेरिकी सैन्य अड्डामा लगातार कार्गो विमान उत्रिरहेका छन् । यसबाट अमेरिकाले सम्भावित सैन्य अपरेशनका लागि बन्दोबस्तीका सामग्री र सैनिकको तैनाथी बढाएको अनुमान गर्न सकिन्छ ।

अमेरिकाले आक्रमणको तयारी तीव्र पारेसँगै इरान पनि त्यसको प्रतिकारका लागि तयारी अवस्थामा छ । इरानका वरिष्ठ सैनिक अधिकारी जनरल अली अब्दोल्लाही अलीअबादीले अमेरिकाले हमला गरे मध्यपूर्वमा रहेका सबै अमेरिकी सैन्य अड्डा इरानको निशानामा पर्ने बताएका छन् । अर्कोतर्फ इरानको इस्लामिक रिभोल्युसनरी गार्डस् कप्र्स (आईआरजी) का कमाण्डर मोहम्मद पाकपुरले इरानी सेनाको औला ट्रिगरर्म रहेको बताएका छन् ।

आज इरानमा जुन अवस्था देखिदैछ, यो अवस्था ल्याउन अमेरिकाले केही समयदेखि नै भूमिका खेलिरहेको थियो । इरानमाथि अमेरिकी प्रतिबन्ध, इरानको तेल किन्ने देशमाथि समेत भन्सार लगाएर उसँगको व्यापारलाई निरुत्साहित पार्नेदेखि इरानमा रहेको विपक्षीलाई एकजुट गराएर पटकपटक आन्दोलन चलाउने गर्छ । जस्तो कि २८ डिसेम्बरमा सुरु भएको हिंसात्मक आन्दोलनले इरानमा ठूलो जनधनको क्षति भयो । यही आन्दोलनबीच रेजा पहलवी सत्तामा फर्किएर अमेरिकी चाहाना अनुसार इरानको परमाणु कार्यक्रम रद्द गर्ने र इरानी तेल कुवामा अमेरिकी अधिकार स्थापित गराउन चाहेका छन् ।

अमेरिकाले इरानमा मानवअधिकार नभएकोदेखि आम जनताको जीवन कष्टकर बनिरहेको कुरालाई मूल मुद्दा बनाइरहेको छ । तर एउटा सत्य के हो भने अमेरिकाले इरानमाथि हमला गरेर सत्ता नै पल्टाएर अमेरिका अनुकूल सत्ता ल्याए पनि वा अहिलेको खामेनेईको सत्ताले नै अमेरिकासँग सौदाबाजी गरे पनि इरानी जनतालाई भने कुनै फाइदा हुने छैन ।

यो कुरा अमेरिकाले आक्रमण गरेका इराक, अफगानिस्तान, सिरिया, लिबियाजस्ता दर्जनौं देशको उदारहणबाट पुष्टि हुन्छ । जतिबेला इरानमाथि सत्ताविरोधी प्रदर्शन चर्किरहेको थियो, त्यसबेला इरानी सरकारको पक्षमा उर्लिएको भीडले भन्छ,– इरानमा अहिलेको सत्ता पल्टिनु स्थायित्वको सुरुवात होइन, बरु अस्थिरता र गृहयुद्धको खतरा बढ्छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक