Connect with us
Advertisement

चुनाव तयारीः सरकारले १९ अर्ब २१ करोड रुपैयाँको स्रोत सुनिश्चित गर्‍यो

Published

on

सरकारले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार यो सबै रकम आन्तरिक स्रोतबाटै जुटाइएको हो । गृह मन्त्रालयलाई १० अर्ब ४९ करोड, रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

निर्वाचन आयोगका लेखा अधिकृत विष्णुप्रसाद भुसालका अनुसार साढे ४ अर्ब रुपैयाँभन्दा धेरै रकम मतदान र त्यससँग जोडिएका गतिविधिमा खर्च हुनेछ ।

सबैभन्दा धेरै खर्च चुनावको सुरक्षामा हुनेछ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार झन्डै १ लाख ५० हजार निर्वाचन प्रहरी र ७७ हजार नेपाली सेना परिचालन हुनेछन् । अघिल्लो पटक सुरक्षामा झन्डै साढे ११ अर्ब रुपैयाँ खर्च भएको थियो ।

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले चुनावी खर्च अत्यधिक बढेको भन्दै नीतिगत सुधार गर्नुपर्ने बताउनुभएको छ । उहाँले सुरक्षा खर्च घटाउन राजनीतिक दलले प्रमुख भूमिका खेल्नुपर्ने र विकेन्द्रीकृत तरिकाबाट चुनाव गराउन सकिने बताउनुभयो ।

यसपालि उम्मेदवारहरूले खर्च गर्न पाउने सीमा जिल्लाअनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म तोकिएको छ । विज्ञहरूले कतिपय उम्मेदवारहरूले तोकिएको सीमाभन्दा धेरै गुणा रकम खर्च गर्ने र यस्तो अपारदर्शी खर्च ठूलो चुनौती बनेको बताएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

वर्षा र हिमपातको सम्भावनाबीच यात्रा नगर्न प्रशासनको अनुरोध

Published

on

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ । गएरातिदेखि जिल्लाका हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले जिल्लावासीलाई अत्यावश्यक काम नपरी यात्रा नगर्न र यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेको जनाउँदै विपद्को जोखिम हुनसक्ने भएकाले उच्च सर्तकता अपनाउयन अनुरोध गरेको हो ।

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सोही कारणले सयौँ यात्रु अलपत्र परेका छन् भने कतिपय हिउँमा फसेका छन् । यातायात व्यवासायीलाई पनि मौसम पूर्वानुमान गरेर मात्र यातायातका साधन सञ्चालन गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले बताए ।

यस वर्षको यो दोस्रो हिमपात हो । हिमपातले रुकुम पूर्व र बागलुङ सिमाना पातिहाल्ना क्षेत्रमा सडक तीन फिट ढाकेको छ । काठमाडौँबाट रुकुम पूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस हिउँमा फसेका छन् ।

Continue Reading

Banner

माघ २२ बाट होटल फरेष्ट इनले आईपीओ निष्काशन गर्ने

Published

on

होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, २ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ८० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको आयोजना सम्पन्न गर्दा लागेको कुल लागत ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

Continue Reading

Banner

कोशीमा आज राति पानी पर्न सक्ने

Published

on

महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा तराईका एक–दुई स्थानमा बुधबार राति हल्का वर्षा हुन सक्ने सम्भावना छ। पश्चिमी प्रणालीको प्रभाव क्रमशः पूर्वतर्फ सर्दै जाने देखिएकाले केही क्षेत्रमा बदली र हल्का वर्षा हुन सक्ने अनुमान गरिएको हो। मौसमविद्हरूका अनुसार बुधबार दिनभरि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण बदली रहनेछ भने बाँकी पहाडी र तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर हुँदै गएपछि बिहीबारदेखि केही स्थानमा बादल लागे पनि मौसम क्रमशः खुल्दै जाने अनुमान गरिएको छ। यसले दैनिक जनजीवन, यातायात र उच्च भू–भागको हवाई आवागमनमा परेको असर पनि क्रमशः कम हुने अपेक्षा गरिएको छ। मौसमविद्हरूले वर्षा र हिमपातको सम्भावना रहेकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक