Banner
पत्रकार महासंघ मोरङले गर्यो ‘भिआईए’ स्क्रिनिङ
विश्व क्यान्सर दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले आज महिला पत्रकारहरूलाई लक्षित गर्दै स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम विराट मेडिकल कलेज टिचिङ अस्पताल, बुढीगंगा मोरङको सहकार्यमा सम्पन्न भएको हो।
स्वास्थ्य शिविरमा १८ जना महिला पत्रकारले ‘भिआईए’ स्क्रिनिङ र स्तन परीक्षण सेवा लिएका छन्। परीक्षणका क्रममा समस्या देखिएका पत्रकारहरूको विराट मेडिकल कलेजमा थप उपचारको व्यवस्था गरिने महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि पत्रकारहरूको नियमित स्वास्थ्य परीक्षण हुनेगरी महासंघले पहल गर्ने बताउनुभयो।
शिविरमा विराट मेडिकल कलेज टिचिङ अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी, डा. बबिता साहलगायतको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो। शिविरसँगै आयोजित क्यान्सर सचेतना कार्यक्रमको सहजीकरण डा. रायमाझीले गर्नुभएको थियो।
सचेतना कार्यक्रममा डा. रायमाझीले हाल महिलामा पाठेघरभन्दा स्तन क्यान्सरका बिरामीको संख्या बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँका अनुसार महिला र पुरुष दुवैमा मुख, नाक र घाँटीको क्यान्सर, बालबालिकामा ब्लड क्यान्सर तथा १८–२० वर्ष उमेर समूहमा हड्डीको क्यान्सर बढी देखिने गरेको छ। पछिल्ला दिनमा पुरुषमा समेत स्तन क्यान्सरका बिरामी देखिन थालेको जानकारी पनि उहाँले दिनुभयो।
डा. रायमाझीले नियमित स्वास्थ्य परीक्षण र रोगको प्रारम्भिक पहिचान भए क्यान्सरको उपचार सम्भव हुनेमा जोड दिनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ, विराट मेडिकल कलेजका अपिल राई, लिना थापालगायतले स्वास्थ्यप्रति सचेत रहन र नियमित परीक्षण गराउन आग्रह गर्नुभएको थियो।
महिला पत्रकारहरूको स्वास्थ्य र क्यान्सरजस्तो गम्भीर रोगप्रति सचेतना बढाउने उद्देश्यले आयोजित यो कार्यक्रमलाई सहभागीहरूले समय सान्दर्भिक र उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
Facebook Comment
Banner
सोमबारको प्रतिनिधिसभामा विपक्षी दलको विरोध
सभामुख डीपी अर्यालले विरोध गर्ने दलका सांसदहरूलाई बस्न र आफूले राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गरेको भनेर जानकारी दिए । उनले बारम्बार बस्न आग्रह गर्दा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई उठिरहे ।
सभामुखले आकस्मिक समय दिने भनेपछि बल्ल साम्पाङ बसे र संसद नियमित कार्यसूचीमा प्रवेश गर्यो ।
Banner
सन्दीप जाेराकाे शतकमा नेपाल ‘ए’ ले दियाे अमेरिकालाई २६५ रनकाे लक्ष्य
एकदिवसीय अभ्यास शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालको ‘ए’ टोलीले अमेरिकालाई २६५ रनको लक्ष्य दिएको छ ।
माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले ४९ ओभर ५ बलमा २६४ रन बनाउँदा सबै विकेट गुमायो । नेपाल ‘ए’ का सन्दीप जोराले शतक बनाए । जोरा ११५ बलमा १११ रन जोडेर आउट भए । अमेरिकाका सौरभ नेत्रभाल्करले ३ विकेट लिए ।
नेपाल ‘ए’ टोलीले यसअघिका ३ वटै खेल जितेको थियो । नेपाल ‘ए’ टोलीले पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रन, दोस्रो खेलमा अमेरिकालाई ३ विकेट र तेस्रो खेलमा स्कटल्यान्डलाई डीएलएस नियमका आधारमा ९ रनले हराएको थियो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेलेको हो । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा लिग–२ शृङ्खला शुरू हुँदैछ ।
Banner
स्पेनिस ला लिगाको उपाधि बार्सिलोनालाई, रियल मड्रिड फेरि निराश
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो तथा समग्रमा २९औँ उपाधि जितेको छ ।
क्याम्प नोउमा आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि २–० को सहज जित हात हात पार्दै उपाधि रक्षा गरेको हो ।
उपाधि सुनिश्चित गर्न बार्सिलोनालाई मात्र एक अंक आवश्यक रहे पनि टोलीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै रियलमाथि पूर्ण नियन्त्रण जमाएको थियो।
पहिलो २० मिनेटमै दुई गोल गर्दै बार्सिलोनाले खेल पूर्ण रूपमा आफ्नो पक्षमा पारेको थियो।
पहिलो गोल मार्कस राशफोर्डले शानदार फ्रिकिकमार्फत गरे। उनले प्रहार गरेको बल रियलका गोलरक्षक थिबाउ कोर्टुवालाई कुनै मौका नै नदिई जाली चुमाएको थियो ।त्यसको केही समयपछि फेरान टोरेसले डानी ओल्मोको आकर्षक फ्लिक पासलाई सदुपयोग गर्दै दोस्रो गोल थपे ।
पहिलो हाफमै राशफोर्डले अर्को गोल गर्ने राम्रो अवसर बनाएका थिए तर कोर्टुवाले उत्कृष्ट बचाउ गरे।
रियल मड्रिड भने पूरै खेलभर दबाबमा देखियो। टोलीले प्रभावकारी पुनरागमन गर्न सकेन। दोस्रो हाफमा ज्युड बेलिङ्घ्यामले गोल गरे पनि अफसाइडका कारण त्यसलाई मान्यता दिइएन। त्यसबाहेक रियलले खासै अवसर सिर्जना गर्न सकेन।
यो जितसँगै बार्सिलोनाले रियलमाथि १४ अंकको अग्रता बनाउँदै ला लिगा उपाधि फेरि आफ्नो नाममा सुरक्षित गरेको छ ।
रियलमाथिको यो जितले बार्सिलोनालाई यो सिजन ला लिगाको च्याम्पियन पनि बनाएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login