Connect with us
Advertisement

झापा गोल्डकप आजदेखि

Published

on

झापा गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करण आज (शनिबार)देखि सुरु हुँदैछ। ४ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली झापा–११ र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा हुने गोल्डकपमा यस वर्ष पुरस्कार राशि बढाइएको छ। आयोजकका अनुसार विजेता टोलीले नगद १५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पाउनेछ। प्रतियोगिता यस वर्ष गोल्डकप आयोजक समितिका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गरिएको हो।

प्रतियोगितामा झापा–११ सहित विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सहभागी छन्। त्यस्तै चर्च ब्वाइज युनाइटेड, मछिन्द्र क्लब, लालीगुराँस एसोसिएसन पोखरा, आरटीसी भुटान, सिङग्लिन स्पोर्टिङ क्लब (सिक्किम, भारत) र एन पेनाङ क्लब (मलेसिया)ले पनि प्रतिस्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष केदार गिरीले जानकारी दिए।

यस वर्ष पनि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ। सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताका लागि रंगशालामा करिब १० हजार दर्शक अट्ने बाँसको प्याराफिट निर्माण गरिएको छ।

उद्घाटन समारोहका अवसरमा जिल्लाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिनेछ। साथै, रंगशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई पनि नगद २५ हजारसहित सम्मान गर्ने कार्यक्रम छ।

गोल्डकप सञ्चालनका लागि करिब १ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताभर ५० हजारभन्दा बढी दर्शकले खेल अवलोकन गर्ने अपेक्षा आयोजक समितिका वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेलले व्यक्त गरे।

झापा गोल्डकप २०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता हो।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

लिग–२ क्रिकेट : नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

Published

on

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ ।

वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो । नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २१८ रनमात्र बनाउन सक्यो । नेपालका गुल्शन झाले नटआउट ६१, दीपेन्द्रसिंह ऐरीले ५५ रन बनाए । स्कटल्यान्डका ब्राड करीले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । स्कटल्यान्डका जर्ज मुन्सेले ७५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा करण केसी र नन्दन यादवले २/२ विकेट लिए ।

यो जीतसँगै स्कटल्यान्डले २९ खेलमा ३६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल २५ खेलमा १८ अङ्कसहित सातौँ स्थानमा छ ।

आजदेखि शुरू भएको लिग–२ शृङ्खलामा नेपाल, स्कटल्यान्ड र अमेरिका सहभागी छन् । नेपालले दोस्रो खेलमा जेठ २ गते अमेरिकासँग, तेस्रो खेलमा जेठ ४ गते फेरि स्कटल्यान्डसँग र चौथो खेलमा जेठ ८ मा अमेरिकासँग फेरि खेल्नेछ ।

यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सँग लिग–२ शृङ्खला खेलेको थियो । यो शृङ्खलामा नेपालले ४ मध्ये ३ खेल जितेको थियो ।

यसबीचमा नेपालको ‘ए’ टोलीले अमेरिका र स्कटल्यान्डसँग २÷२ वटा अभ्यास खेल खेलेकोमा सबै जितेको थियो ।

Continue Reading

Banner

सुनको भाउ आज तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो

Published

on

सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको थियो ।

चाँदीको भाउ पनि आज एकैदिन तोलामा ३ सय ५५ रुपैयाँले बढेको छ । हिजो तोलाको ५ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर तोलाको ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Continue Reading

Banner

कोशी सरकारले जलेका सवारी साधन लिलामी गर्ने

Published

on

कोशी प्रदेश सरकारले २०८२ भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा भएको आगजनी र तोडफोडबाट क्षति पुगेका भौतिक संरचना, सवारी साधन, मेसिनरी औजार तथा कार्यालयका सामानहरूको लिलामी बिक्री गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी नयाँ कार्यविधि स्वीकृत गरेको उनले बताए ।

सरकारको कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि २०८३ लाई स्वीकृत गरेको मन्त्री पराजुलीले बताए ।

मन्त्रिपरिषद्ले प्रदेश बिउ बिजन नियमावली २०८३ र प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८३ लाई पनि स्वीकृत गरेको जनाइएको छ ।

सरकारले आर्थिक वर्ष २०८२८३ को लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहतका विभिन्न निकायहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले बताए ।

बैठकले प्रदेश खेलकुद ऐन (पहिलो संशोधन) अध्यादेश २०८३ लाई स्वीकृत गरेको छ ।

त्यस्तै, बृहत् विराट क्षेत्र विकास समितिको प्रमुख कार्यकारी निर्देशक छनोट गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

साथै, स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ लाई पनि स्वीकृत गरिएको जनाइएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक