Connect with us
Advertisement

भारतद्वारा १६२ रनको लक्ष्य, अमेरिका जवाफी ब्याटिङमा

Published

on

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले अमेरिकालाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनायो । भारतीय टोलीका सुर्यकुमार यादवले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक प्रहार गरे । उनले टोलीको इनिङ्स सम्हाल्दै तीव्र गतिमा रन जोडे । ४९ बलको सामना गरेका यादवले १० चौका र ४ छक्कासहित ८४ रन बनाए । इशान पाण्डेले २० रन बनाए भने तिलक बर्माले २५ रनको योगदान दिए । अभिषेक शर्मा शून्य रनमा आउट भए । अक्षर पटेलले १४ रन बनाए । अन्य खेलाडीको ब्याटिङ भने उल्लेखनीय हुन सकेन । अमेरिकाका बलर शाडली भ्यान शाल्कविक उत्कृष्ट देखिए । उनले चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर चार विकेट लिए । त्यस्तै हर्मित सिंहले दुई विकेट लिए भने अलि खान र मोहम्मद मसिनले एक–एक विकेट लिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारतले साफ महिला यू–१९ च्याम्पियनसिपमा बंगलादेशलाई ४–० ले हराउँदै उपाधि जित्यो

Published

on

साविक विजेता बंगलादेशविरुद्ध भारतले ४–० को एकतर्फी जित निकाल्दै साफ महिला यू–१९ च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा भारतका जुलन नोङमाइथेम, एलिजाबेथ लाक्रा, पर्ल फर्नान्डेस र अन्विता रघुरामनले १–१ गोल गरे।

खेलको ४२ औँ मिनेटमा नोङमाइथेमको गोलमार्फत भारतले अग्रता लियो। ६३ औँ मिनेटमा लाक्राले टोलीको अग्रता दोब्बर बनाइन् भने पाँच मिनेटपछि फर्नान्डेसले तेस्रो गोल थपिन्। निर्धारित समय सकिन ७ मिनेट बाँकी रहँदा रघुरामनले गोल गर्दै भारतले ४–० को एकतर्फी जित सुनिश्चित गर्यो।

यू–१९ स्तरमा भारतको यो तेस्रो उपाधि हो। यसअघि सन् २०२२ मा घरेलु भूमिमा सम्पन्न तेस्रो संस्करणमा भारत पहिलो पटक च्याम्पियन बनेको थियो। त्यसपछि २०२४ मा ढाकामा सम्पन्न पाँचौं संस्करणमा भारत र बंगलादेशलाई संयुक्त च्याम्पियन घोषणा गरिएको थियो।

Continue Reading

Banner

एकैदिन तीन सामाजिक काममा लायन्स क्लब अफ विराटचोक सिटी

Published

on

लायन्स क्लब अफ विराटचोक सिटीले एकैदिन तीन महत्वपूर्ण सामाजिक कार्य गर्दै समाजप्रति आफ्नो उत्तरदायित्वलाई अझ मजबुत बनाएको छ। क्लबले सुन्दरहरैचा–६ का हात्तीपीडित उमेश परियारको घर निर्माणको शिलान्यास गरेको छ। साथै, भोजपुर साल्पासिलिचो–५ का मृगौला पीडित समरबहादुर बिकलाई २५ हजार रुपैयाँ र क्यान्सर पीडित तारा केशीलाई २० हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ।

उक्त कार्यक्रममा सुन्दरहरैचाका संस्थापक तथा नगरप्रमुख शिवप्रसाद ढकाल, डिस्ट्रिक्ट ३२५ सीका गभर्नर बबरजंग थापा, एरिया चिफ रोहितकुमार शाह, जोन चेयरपर्सन सुमन गजमेर लगायत लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले यस्ता सहयोगात्मक गतिविधिहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र आवश्यकता पर्ने व्यक्तिहरूलाई सघाउने विश्वास व्यक्त गरे।

हात्तीपीडित उमेश परियारको घर निर्माण कार्यक्रम मार्फत उनलाई सुरक्षित र सुविधा सम्पन्न आवास उपलब्ध गराउने उद्देश्य राखिएको क्लबले जनाएको छ। मृगौला रोगबाट पीडित समरबहादुर बिक र क्यान्सर पीडित तारा केशीलाई प्रदान गरिएको आर्थिक सहयोगले उपचार प्रक्रियामा केही राहत मिल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ विराटचोक सिटीका अध्यक्ष राजन भट्टराईले भने, “हाम्रो क्लबले आगामी दिनमा पनि समाजमा यस्ता सहयोगात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व पूरा गर्नेछ। हामी स्वास्थ्य, शिक्षा र विपद्‌पीडितको क्षेत्रमा सक्रिय रहन प्रतिबद्ध छौं।” लायन्स क्लब अफ विराटचोक सिटीको यो पहलले समाजमा सहयोग र मानवता प्रवर्द्धन गर्ने उदाहरण प्रस्तुत गरेको आयोजकहरूले बताएका छन्।

Continue Reading

Banner

पाकिस्तानले जितसँगै गर्‍यो टी–२० विश्वकपमा सुरुआत

Published

on

१० औँ संस्करणको आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले विजयी सुरुआत गरेको छ। आज भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा सकारात्मक शुरुआत गरेको हो।

नेदरल्यान्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानका साहिबजादा फरहानले सर्वाधिक ४७ रन बनाए। नेदरल्यान्ड्सका आर्यन दत्त र पॉल भ्यान मिकरेनले समान २/२ विकेट लिए।

यसअघि श्रीलङ्काको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९ ओभर ५ बलमा १ सय ४७ रनमै अलआउट भएको थियो। उसका लागि स्कट एडवड्र्सले सर्वाधिक ३७ रन बनाए। पाकिस्तानका सलमान मिर्जाले ३ विकेट लिए।

आजै हुने दोस्रो खेलमा वेस्ट इन्डिज र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। कोलकाताको इडेन गार्डेनमा स्कटल्यान्डले टस जितेर बलिङ रोजेको छ। त्यस्तै आजको तेस्रो तथा अन्तिम खेलमा आयोजक भारत र अमेरिका भिड्नेछन्। यो खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ।

विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदैछ। नेपालले भोलि मुम्बईमा इङ्ग्ल्यान्डसँग खेल्दै आफ्नो अभियान सुरु गर्नेछ। सुरक्षा कारण देखाउँदै बङ्गलादेश भारत आउन नमानेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले उसको स्थानमा स्कटल्यान्डलाई प्रतियोगितामा समावेश गरेको हो।

प्रतियोगितामा २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ र प्रतियोगिता मार्च ८ सम्म चल्नेछ। अहिलेसम्म टी–२० विश्वकपमा ६ टोलीले उपाधि जितेका छन्। भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजले २/२ पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलियाले १/१ पटक उपाधि जितेका छन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक