Banner
बंगलादेशमा मतदान शुरु
पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताबाट हटेपछि बंगलादेशमा पहिलोपटक आमनिर्वाचन सुरु भएको छ। नयाँ सरकार गठनका लागि भइरहेको मतदान अपराह्न साढे ४ बजेसम्म सञ्चालन हुने बताइएको छ।
बीबीसीका अनुसार १२ करोडभन्दा बढी मतदाता मतदानमा सहभागी हुँदैछन्। सन् २०२४ को विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्युत भएकी थिइन्। त्यसपछि उनी देश छाडेकी थिइन् र नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो।
आन्दोलनका क्रममा करिब १४ सय प्रदर्शनकारीको मृत्यु भएको थियो। गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरुद्धको अपराध मुद्दामा हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो।
उनको पार्टी अवामी लिगमाथि भने अझै निर्वाचनमा भाग लिन प्रतिबन्ध कायम छ। यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी र इस्लामी दल जमात–ए–इस्लामीबीच देखिएको छ। जमात–ए–इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको नयाँ दलसँग गठबन्धन गरेर चुनाव लडिरहेको छ।
Facebook Comment
Banner
काम छोडेर निर्माण व्यवसायीहरू आन्दोलनमा
नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीले सडक विभाग, जलस्रोत विभागमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिएका छन् । इन्धनलगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासङ्घ र एशोसिएट सदस्य समन्वय समितिले धर्ना दिएका हुन् ।
व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिँचाइ विभागका उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । महासङ्घका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताउनुभयो ।
उहाँका अनुसार निर्माण व्यवसायीहरू मूल्यवृद्धिका कारण चरम सङ्कटमा परेकाले बढेको बजार भाउ अनुसार ठेक्काको मूल्य पनि समायोजन गरिनुपर्छ ।
‘काम रोकिएका आयोजनाहरूको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण मिलाउनुपर्छ । आउँदाे बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गरिनुपर्छ । आन्दोलनकै बीचमा व्यवसायीहरूमाथि भइरहेको धरपकडप्रति आपत्ति छ’, उहाँले भन्नुभयाे ।
महासचिव घिमिरेका अनुसार महासङ्घले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रम तय गरिसकेको छ ।
इन्धनको मूल्यवृद्धिका कारण सिमेन्ट, डन्डी, बालुवाजस्ता निर्माण सामग्रीको मूल्य बढेको र बिटुमिन लगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरेको निर्माण व्यवसायीहरूको निष्कर्ष छ ।
Banner
प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नजाने
प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा पनि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नजाने भएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै छ ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित भएकाे प्रतिनिधिसभाको बैठक आज बस्ने भएकाे हाे । बुधबार प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग गर्दै बैठकमा विरोध गरेका थिए ।
नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए । सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।
Banner
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच आज शिखर वार्ता हुँदै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्चस्तरीय वार्ता वार्ताको तयारी शुरु भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने दुईदिने शिखर वार्तामा व्यापार युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई), मध्यपूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेन्डाका रूपमा अघि सारिएका छन् । बेइजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गर्नुभएको छ ।
यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानका रूपमा हेरिएको छ । ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्पसहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेका बीबीसीले जनाएको छ । भ्रमण टोलीमा एलन मस्क, जेनसेन हाङ, टीम कुक लगायतका शीर्ष व्यवसायी सहभागी छन् ।
अमेरिका–चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । दुई देशबीचको व्यापार सन् २०२२ मा ६९० अर्ब डलर पुगेकोमा गएको वर्ष घटेर झण्डै ४१५ अर्ब डलरमा सीमित भएको छ । ट्रम्प प्रशासनले चीनसँगको व्यापार घाटा घटाउने लक्ष्य राखेको छ । ट्रम्पले चीनलाई अमेरिकी प्रविधि र लगानीका लागि अझ खुला बनाउन आग्रह गर्ने बताउनुभएको छ । चीनले अमेरिकी चिप्स र उच्च प्रविधिमा पहुँच विस्तार गर्न चाहेको छ ।
शिखर वार्तामा इरान–इजरायल युद्ध पनि महत्वपूर्ण विषय बनेको छ । चीन इरानी तेलको प्रमुख खरिदकर्ता भएकाले युद्धका कारण तेल आपूर्ति प्रभावित हुँदा चिनियाँ अर्थतन्त्रमा दबाब परेको छ । अमेरिकाले चीनलाई इरानमाथि आफ्नो आर्थिक तथा राजनीतिक प्रभाव प्रयोग गर्न आग्रह गरिरहेको छ । चीनले पनि युद्ध अन्त्यको पक्षमा रहेको संकेत दिएको छ ।
वार्ताको अर्को संवेदनशील विषय ताइवानको सुरक्षा हो । अमेरिकी संसद्ले गएको वर्ष ताइवानलाई १४ अर्ब डलर बराबरको हतियार बिक्री स्वीकृत गरेपछि बेइजिङ असन्तुष्ट छ । भोलि शुक्रबार ट्रम्प चीनबाट फर्किने कार्यक्रम रहेको खबरमा उल्लेख छ । विश्लेषकहरूले ट्रम्पको चीन भ्रमणलाई अमेरिका–चीन सम्बन्धको आगामी दिशा तय गर्ने महत्वपूर्ण क्षणका रूपमा हेरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login