Banner
९ अंकको वृद्धि संगै सेयर बजार बन्द, कारोबार रकम ११ अर्ब नाघ्यो
साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार परिसूचक नेप्से झण्डै ९ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ८.९७ अंकले बढ्दै २ हजार ६७१.०७ अंकमा उक्लिएको हो ।
अघिल्ला चार दिनहरुमा प्रायः सबै दिन ऋणात्मक भएको शेयरबजारमा आज अन्तिम कारोबार दिन भने केही सुधार देखिएको हो ।
उसो त आज कारोबार समेत बढेर ११ अर्ब १० करोड २५ लाख रुपैयाँमाथि उक्लिएको नेप्सेले जनाएको छ । अघिल्लो दिन झिनो अंकले नेप्से बढेकोमा ८ अर्ब ६९ करोड २२ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
अन्तिम कारोबार दिन होटल तथा पर्यटन, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स, अन्य समूह र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी अरु समूहको उपसूचक धनात्मक भएका छन् ।
आज १३९ कम्पनीको शेयर मूल्य बढ्दा ११५ कम्पनीको मूल्य घटेको छ । उच्च कारोबार हुनेमा आज न्यादी ग्रुप पावर कम्पनी र एसवाई प्यान नेपाल शीर्ष स्थानमा छन् । न्यादी पावरको ७० करोड ५३ लाख रुपैयाँमाथिको शेयर कारोबार हुँदा एसवाई प्यानलको ४३ करोड ४२ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
Facebook Comment
Banner
काम छोडेर निर्माण व्यवसायीहरू आन्दोलनमा
नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीले सडक विभाग, जलस्रोत विभागमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिएका छन् । इन्धनलगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासङ्घ र एशोसिएट सदस्य समन्वय समितिले धर्ना दिएका हुन् ।
व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिँचाइ विभागका उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । महासङ्घका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताउनुभयो ।
उहाँका अनुसार निर्माण व्यवसायीहरू मूल्यवृद्धिका कारण चरम सङ्कटमा परेकाले बढेको बजार भाउ अनुसार ठेक्काको मूल्य पनि समायोजन गरिनुपर्छ ।
‘काम रोकिएका आयोजनाहरूको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण मिलाउनुपर्छ । आउँदाे बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गरिनुपर्छ । आन्दोलनकै बीचमा व्यवसायीहरूमाथि भइरहेको धरपकडप्रति आपत्ति छ’, उहाँले भन्नुभयाे ।
महासचिव घिमिरेका अनुसार महासङ्घले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रम तय गरिसकेको छ ।
इन्धनको मूल्यवृद्धिका कारण सिमेन्ट, डन्डी, बालुवाजस्ता निर्माण सामग्रीको मूल्य बढेको र बिटुमिन लगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरेको निर्माण व्यवसायीहरूको निष्कर्ष छ ।
Banner
प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नजाने
प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा पनि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नजाने भएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै छ ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित भएकाे प्रतिनिधिसभाको बैठक आज बस्ने भएकाे हाे । बुधबार प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग गर्दै बैठकमा विरोध गरेका थिए ।
नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए । सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।
Banner
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच आज शिखर वार्ता हुँदै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्चस्तरीय वार्ता वार्ताको तयारी शुरु भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने दुईदिने शिखर वार्तामा व्यापार युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई), मध्यपूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेन्डाका रूपमा अघि सारिएका छन् । बेइजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गर्नुभएको छ ।
यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानका रूपमा हेरिएको छ । ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्पसहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेका बीबीसीले जनाएको छ । भ्रमण टोलीमा एलन मस्क, जेनसेन हाङ, टीम कुक लगायतका शीर्ष व्यवसायी सहभागी छन् ।
अमेरिका–चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । दुई देशबीचको व्यापार सन् २०२२ मा ६९० अर्ब डलर पुगेकोमा गएको वर्ष घटेर झण्डै ४१५ अर्ब डलरमा सीमित भएको छ । ट्रम्प प्रशासनले चीनसँगको व्यापार घाटा घटाउने लक्ष्य राखेको छ । ट्रम्पले चीनलाई अमेरिकी प्रविधि र लगानीका लागि अझ खुला बनाउन आग्रह गर्ने बताउनुभएको छ । चीनले अमेरिकी चिप्स र उच्च प्रविधिमा पहुँच विस्तार गर्न चाहेको छ ।
शिखर वार्तामा इरान–इजरायल युद्ध पनि महत्वपूर्ण विषय बनेको छ । चीन इरानी तेलको प्रमुख खरिदकर्ता भएकाले युद्धका कारण तेल आपूर्ति प्रभावित हुँदा चिनियाँ अर्थतन्त्रमा दबाब परेको छ । अमेरिकाले चीनलाई इरानमाथि आफ्नो आर्थिक तथा राजनीतिक प्रभाव प्रयोग गर्न आग्रह गरिरहेको छ । चीनले पनि युद्ध अन्त्यको पक्षमा रहेको संकेत दिएको छ ।
वार्ताको अर्को संवेदनशील विषय ताइवानको सुरक्षा हो । अमेरिकी संसद्ले गएको वर्ष ताइवानलाई १४ अर्ब डलर बराबरको हतियार बिक्री स्वीकृत गरेपछि बेइजिङ असन्तुष्ट छ । भोलि शुक्रबार ट्रम्प चीनबाट फर्किने कार्यक्रम रहेको खबरमा उल्लेख छ । विश्लेषकहरूले ट्रम्पको चीन भ्रमणलाई अमेरिका–चीन सम्बन्धको आगामी दिशा तय गर्ने महत्वपूर्ण क्षणका रूपमा हेरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login