Banner
किवानिस क्लब अफ सुन्दरहरैंचाको पदस्थापना सम्पन्न, २०२५–२६ का अध्यक्षमा हर्कराज राई चयन
मोरङको सुन्दरहरैंचामा किवानिस क्लब अफ सुन्दरहरैंचाको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत वर्ष २०२५–२६ का लागि नयाँ कार्यसमिति चयन गरिएको हो।
नयाँ कार्यसमितिको अध्यक्षमा हर्कराज राई चयन भएका छन्। पदस्थापनासँगै नव-निर्वाचित कार्यसमितिले सामाजिक सेवा, शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, पदाधिकारी, सदस्यहरू तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
Facebook Comment
Banner
पहिरोले मेची राजमार्ग अवरुद्ध
इलाम – पहिरोले मेची राजमार्ग आज बिहानदेखि अवरुद्ध छ ।
इलामको रोङ गाउँपालिका–४ बागखोर सडक मर्मत भइरहेको ठाउँमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको हो ।
हिजोको पहिरो पन्छाएर गएरातिदेखि एकतर्फी सडक खुलाएकोमा फेरि पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सडक पूर्ण रूपमा अवरुद्ध छ ।
अवरुद्ध सडक खुलाउन अहिले काम भइरहेको छ ।
Banner
पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई पक्राउ गरेको छ ।
पूर्व ऊर्जामन्त्री रहेका खड्काको घरमा भदौ २४ गते जेनजी आन्दोलनकाक्रमा आगजनी हुँदा अवैध पैसा भेटिएको थियो । खड्कामाथि लैनचौरस्थित नेपाल स्काउटको जग्गा र भवन कब्जा गरेको अभियोग छ ।
खड्का नेतृत्वको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ ले स्काउटको करिब १२ रोपनी जग्गा वर्षौँदेखि गैरकानुनी रूपमा प्रयोग गर्दै आएको दाबी सीआईबीको छ । सम्झौता सकिए पनि जग्गा खाली गर्न अटेर गरेको र भाडाबापतको करोडौँ रकम नतिरेको भन्दै स्काउटले उनीविरुद्ध उजुरी दिएको थियो ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा ऊर्जामन्त्री रहेका खड्कामाथि सार्वजनिक सम्पत्ति हडपेको र पदको दुरुपयोग गरेको विषयमा लामो समयदेखि छानबिन भइरहेको थियो । यसअघि नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उक्त जग्गामा रहेका संरचना सिल गरेको थियो ।
Banner
केपी शर्मा ओलीको प्रतिक्रिया: ‘पक्राउ प्रतिशोधपूर्ण’, गृहमन्त्री भन्छन्– ‘न्यायको सुरुवात
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आज बिहानै जरुरी पक्राउ पूर्जीसहित निवासमै पुगेर ओली र लेखकलाई पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखिएको छ । पूर्वप्रधानमन्त्री ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको टिप्पणी गर्नुभएको छ । पक्राउ पर्नुअघि कानुन व्यवसायीहरूसँग छलफल गर्दै उहाँले सरकारले प्रतिशोध लिएर पक्राउ गरेको र यसको कानुनी लडाईं लड्ने बताउनुभएको हो ।
तर गृहमन्त्री सुधन गुरुङले भने कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको बताउनुभएको छ । ओली र लेखकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत उहाँले न्यायको शुरुवात भएको टिप्पणी गर्नुभएको छ ।
मन्त्रिपरिषदको निर्णयअनुसार जाँचबुझ आयोगका प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो । यसबारे गृहमन्त्री गुरुङसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुले रातभर कानुनी परामर्श गरेका थिए ।
हिजो बसेको पहिलो मन्त्रिपरिषद बैठकले राजनीतिक व्यक्तिको हकमा जाँचबुझ आयोगको सिफारिस तत्कालै कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही सिफारिस गरेको छ ।
मन्त्रिपरिषदले सुरक्षा निकायका हकमा अध्ययन समिति गठन गर्ने र अरुको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login