Banner
लभ्ली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलको २९औँ वार्षिकोत्सव सम्पन्न
सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित लभ्ली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलको २९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै नगरको शैक्षिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै शिक्षा क्षेत्रलाई अझ प्रभावकारी बनाउन स्थानीय तह सधैं सहकार्यका लागि तयार रहेको बताए।
सोही अवसरमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सञ्चारकर्मी मणिराम दाहाललाई नगद पुरस्कार, दोसल्ला तथा सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो। गुरागाईंको बाहुलीबाट उनलाई सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। अभिभावक चिठ्ठा कार्यक्रम पनि आकर्षणको केन्द्र बनेको थियो। विद्यार्थीहरूले नृत्य, गायन, तेक्वान्दो, नाटक तथा खेलकौशल प्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए।
विद्यालयका प्रिन्सिपल मजोज रेग्मीका अनुसार कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका विज्ञान, सामाजिक तथा वातावरणसम्बन्धी चित्रहरूको प्रदर्शनी समेत गरिएको थियो, जसले सहभागीहरूको ध्यान खिचेको थियो।
यस अवसरमा शिक्षक तथा कर्मचारी दीक्षा ढुङ्गाना र शम्भुप्रसाद घिमिरेलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा अर्जुन वस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए भने विद्यालय सञ्चालक समिति अध्यक्ष उर्मिला थापा बस्नेतको सभापतित्व रहेको थियो।
विद्यालयले वार्षिकोत्सवमार्फत शैक्षिक उपलब्धि, विद्यार्थी प्रतिभा तथा सामाजिक उत्तरदायित्वलाई उजागर गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Facebook Comment
Banner
अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा
फिफा विश्वकपमा अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको छ ।
आज विहान भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक–एक गोल गरेको हो । स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे ।
स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीच भोलि हुने खेलको विजेतासँग खेल्नेछ ।
Banner
साउदीले ३३ जना नेपाली कैदीबन्दीलाई माफी दियाे
साउदी अरेबिया सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएकाे छ । रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएकाे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
रियादमा रहेकाे नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयकाे भनाइ छ । नेपाली नागरिकलाई माफी दिएकाेमा मन्त्रालयले नेपाल सरकारकाे तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ ।
मन्त्रालयले शाही माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ ।
Banner
फिफाले गर्यो एन्फा निलम्बन, नेपाली फुटबल संकटमा
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।
फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।
निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्याेलतातर्फ गएको छ ।
निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।
साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएकाे छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login