Banner
दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा वेस्ट इन्डिज क्रिकेट टोलीलाई १३४ रनको लक्ष्य
दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अर्धशतकमा नेपालले आईसीसी पुरुष टी–२० विश्वकपमा वेस्ट इन्डिज क्रिकेट टोलीसामु १३४ रनको लक्ष्य दिएको छ। वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो।
नेपालका लागि दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्कासहित ५८ रन बनाए। सोमपाल कामीले अविजित २६, लोकश बमले १३ तथा आसिफ शेख र गुल्सनकुमार झाले समान ११–११ रन जोडे। वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ विकेट लिए भने अकिल होसेन, म्याथ्यु फोर्ड, शमर जोशेफ र रोस्टन चेजले १–१ विकेट लिए।
Facebook Comment
Banner
निर्वाचन प्रचार अवधि १५ दिन, नियम पालना गर्न आयोगको अपिल
निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रचारसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
निर्वाचन आयोगले तोकिएको कार्यतालिकाबमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो । आज राति १२ बजेदेखि शुरू हुने यो प्रचार अवधि १८ गते राति १२ बजेसम्म कायम रहने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । उहाँकाअनुसार आयोगले प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
सञ्चारकर्मीसँगको भेटघाटमा आयोगले आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारको उल्लङ्घन नगर्न सबै सरोकारवालाहरूलाई सचेत गराएको छ ।
यस्तै आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्ने, दण्ड जरिवाना गर्नेदेखि उमेदवारी खारेजीसम्मको कारबाही हुनसक्ने आयोगको भनाइ छ ।
‘आचारसंहिता उल्लङ्घन गरेको ठहर भएमा उमेदवारी खारेज हुनसक्छ र ६ वर्षसम्म पुनः कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने गरी आयोगले निर्णय गर्न सक्छ’, भण्डारीले चेतावनी दिँदै भन्नुभयो ।
Banner
इन्डिजसँग नेपाल ९ विकेटले पराजित
आईसीसी विश्वकप अन्तर्गत आइतबार भएको खेलमा नेपालले वेस्ट इन्डिजसँग ९ विकेटले हार व्यहोरेको छ।
मुम्बईको वानखेडे रंगशालामा टस जितेर फिल्डिङ रोजेको वेस्ट इन्डिजले नेपाललाई १३४ रनको लक्ष्य दिएको थियो। तर वेस्ट इन्डिजले १५ ओभरमा मात्र २ बलमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
नेपालको बलिङ कमजोर देखिएको थियो। बलिङतर्फ नन्दन यादवले मात्र एक विकेट लिए; बाँकी बलर विकेटविहीन रहे।
ब्रान्डन किङले १७ बलमा २२ रन बनाए, ४ चौकाको सहयोगमा। शाई होपले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाएका थिए। शिमरोन हिटमायरले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजीत ४६ रन जोडे।
पहिलो इनिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ५८ रन बनाए। तर अन्य ब्याटरहरु सुरुवाती अवस्थामा टिक्न नसक्दा इनिङ कमजोर रह्यो। ओपनर कुशल भुर्तेल १, आशिफ शेख ११, कप्तान रोहित पौडेल ५, आरिफ शेख २, लोकेश बम १३, गुलशन झा ११ रनमा आउट भए।
सोमपाल कामीले अविजीत २६ रन बनाउँदै केही बल दिन सफल भए, तर दीपेन्द्रसिंह ऐरीसँगको साझेदारीले मात्र नेपाललाई थोरै मजबुत बनायो।
Banner
टी–२० विश्वकप : भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल आज
आईसीसी टी–२० विश्वकपअन्तर्गत आज सबैभन्दा धेरै प्रतिक्षा गरिएको छिमेकी दुई देश भारत र पाकिस्तानबीचको खेल हुँदैछ। भारत र श्रीलङ्कामा जारी प्रतियोगिताअन्तर्गत यी दुई टोलीबीचको खेल कोलम्बोमा बेलुका सवा ७ बजे सुरु हुने तालिका छ।
भारत–पाकिस्तानबीचको खेल केवल क्रिकेट प्रतिस्पर्धा मात्र नभई इतिहास, भावना, राजनीति र प्रतिष्ठासँग जोडिने भएकाले पनि विशेष चासोको विषय बन्ने गरेको छ। यसअघि समूह चरणमा आफ्नो टोलीले भारतसँग नखेल्ने भन्दै पाकिस्तान सरकारले संकेत दिएको थियो। तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँगको वार्तापछि अन्तिम समयमा पाकिस्तान खेल्न सहमत भएको जानकारी दिइएको थियो।
निरन्तर छलफलपछि दुवै पक्षबीच खेल सञ्चालन गर्ने सहमति भएको हो। यसैक्रममा भारतमा खेल्न अस्वीकार गरेको कारण प्रतियोगिताबाट बाहिरिएको बंगलादेशलाई भने कारबाही नगर्ने निर्णयसमेत गरिएको बताइएको छ।
आजको खेल समूह चरणअन्तर्गत भए पनि यसको प्रभाव र नतिजा महत्वपूर्ण मानिएको छ। समूह ‘ए’मा रहेका दुवै टोलीले यसअघिका दुई–दुई खेल जितेका छन्। समान ४ अङ्क भए पनि नेट रनरेटका आधारमा भारत शीर्ष स्थानमा र पाकिस्तान दोस्रो स्थानमा रहेको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login