Banner
फेरि पक्राउ परे दुर्गा प्रसाईं
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई सोमबार साँझ घरबाटै नियन्त्रणमा लिएर भद्रकालीस्थित परिसरमा ल्याइएको हो ।
प्रहरी स्रोतका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो । सोही आशंकाको आधारमा उनलाई पक्राउ गरिएको हो ।
यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। त्यस बेला निर्वाचनसम्बन्धी उनले दिएका अभिव्यक्तिलाई साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो । माघ ५ गते पोखराबाट पनि पक्राउ परेर सोधपुछपछि रिहा भएका प्रसाईंमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको छ।
Facebook Comment
Banner
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ ।
आजदेखि लागू हुनेगरी प्रतिलिटर १५ रुपैयाँका दरले भाउ बढाएको हो । अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको भाउ प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो ।
यस्तै डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १६७ रुपैयाँबाट १८२ रुपैयाँ पुगेको छ । यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ प्रतिलिटर १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा पुगेको छ ।
यस्तै डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा कायम भएको छ । सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटि १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ ।
यस्तै डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १६६ रुपैयााँबाट बढेर १८१ रुपैयाँ पुगेको छ ।
Banner
रास्वपाको निर्णय : सभामुखमा उपसभापति अर्याललाई प्रस्ताव गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको रास्वपाको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले राख्नुभएको याे प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।
सभामुख पदको चुनावका लागि चैत २२ गते आइतवार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।
Banner
धेरै वर्षपछि आइन् पवित्र सुब्बा, नझरेका फूलहरूले गर्यो सम्मान
नझरेका फूलहरूद्वारा सुप्रसिद्ध गायिका एवम् अभिनेत्री पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान-२०८२’ प्रदान गरिएको आयोजक केपी घिमिरेले जानकारी दिएका छन्।
सुनसरीको इटहरीमा चैत १५ गते आइतबार आयोजित सम्मान समारोहको प्रमुख अतिथि साहित्यकार मनु मन्जिल रहेका थिए।
नझरेका फूलहरूले प्रदान गर्ने स्रष्टा सम्मानको यो शृङ्खला पनि आफ्नो नियमित कार्यक्रम अन्तर्गत गरिएको घिमिरेको भनाइ छ। कार्यक्रमको सभापति गीतकार सङ्घ नेपालका आजीवन सदस्य किरण टी.लिम्बू , विशिष्ट अतिथि सञ्चारकर्मी लक्ष्मी मादेन, समाजसेवी राजेश श्रेष्ठ, व्यवसायी सूर्य भट्टराई, साहित्यकार पुरन याक्खा लगायत रहेको बताइएको छ।
पवित्र सुब्बा सम्मान साँझमा गायिका भूमा अधिकारी र गायक कृष्णराजा श्रेष्ठले सुब्बाका गीतहरू प्रस्तुत गरेका थिए। सम्मान ग्रहण पश्चात् गायिका सुब्बाले समेत आफ्ना लोकप्रिय गीतहरू सुनाएकी थिइन्।
इटहरी सेन्ट्रल प्लाजाको चौथो तलामा रहेको होटल बरण्डामा सम्पन्न सम्मान साँझ समारोहमा सर्जकहरू राजु केसी, जेबि थुलुङ, मणि गुरुङ, रामप्रसाद खरेल, गीताप्रसाद श्रेष्ठ, दुर्गा पराजुली, कविता पाँचकोटी, मोहन तिम्सिना, लक्ष्मीप्रसाद पराजुली, प्रदीप रेग्मी, श्रीप्रसाद पोखरेल, सुविद गुरागाईँ, अभिनेत्री एवम् भिडियो निर्देशक कला सुब्बासहित धरान,विराटनगर, सुन्दरहरैँचा, पथरी, उर्लाबारी, दमक, बराहक्षेत्र, मिक्लाजुङ, बेलबारी, इनरुवा, रामधुनी, धनकुटा, सङ्खुवासभा तथा इटहरीका स्रोता-दर्शकको सहभागिता रहेको थियो।
गीतकार एवम् कवि केपी घिमिरेको आयोजनामा नझरेका फूलहरूले विगत एघारवर्षदेखि स्रष्टा सम्मान, प्रस्तुति र पलेँटी शृङ्खला सञ्चालन गर्दै आइरहेको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login