Banner
दीपेन्द्र सिंह ऐरी टी–२० अलराउन्डर वरीयतामा चौथो स्थानमा
आईसीसी टी–२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दुई स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका हुन् ।
भारत र श्रीलङ्का चलिरहेको टी–२० विश्वकपमा गरेको प्रदर्शनपछि दीपेन्द्रले वरीयतामा सुधार गरेका हुन् । उनले टी–२० विश्कपमा १६९ रन बनाउँदै २ विकेट लिएक ।
टी–२० अलराउन्डर वरीयतामा कुशल भुर्तेलले एक स्थान र रोहित पौडेलले दुई स्थान सुधार गरेका छन् । यो वरीयतामा पाकिस्तानका सइम अयुब शीर्ष, जिम्बावेका सिकन्दर राजा दोस्रो र भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा छन् ।
यस्तै दीपेन्द्र टी–२० ब्याटिङ वरीयतामा ११ स्थान सुधार गर्दै ६०औँ स्थानमा उक्लिएका छन् । यो वरीयतामा भारतका अभिषेक शर्मा शीर्ष, इङ्ग्ल्यान्डका फिल साल्ट दोस्रो र श्रीलङ्काका पथुम निसान्का तेस्रो स्थानमा छन् ।
यस्तै दीपेन्द्र टी–२० बलिङ वरीयतामा तीन स्थान सुधार गर्दै ६९औँ स्थानमा र सोमपाल कामी १७ स्थान सुधार गर्दै १००औँ स्थानमा उक्लिएका छन् । यो वरीयतामा भारतका वरुण चक्रवर्ती शीर्ष, अफगानिस्तानका राशिद खान दोस्रो र पाकिस्तानका अब्रार अहमद तेस्रो स्थानमा छन् ।
Facebook Comment
Banner
नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
नवनिर्वाचित प्रतिनिधिसभा सभामुखको पद तथा गोपनीयताको शपथ आज अपराह्न २:३० बजे राष्ट्रपति भवन, शीतल निवासमा हुने भएको छ ।
राष्ट्रपतिको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सभामुख डोलप्रसाद अर्याल(डिपी अर्याल)ले शपथ लिने कार्यक्रमका लागि उपस्थितिका लागि पत्राचार गरिसकेको छ ।
Banner
पाँचौँ अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप: उद्घाटनमै मिल्स भेट्रानको प्रभावशाली जित
मोरङको सुन्दरहरैँचा नगरपालिकामा शनिबारदेखि सुरु भएको पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मिल्स भेट्रान विराटनगर विजयी भएको छ।
सुनसरीको भरौल भेट्रानसँग भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेका दुवै टोलीबीच दोस्रो हाफमा भने मिल्स भेट्रान हावी बन्यो।
दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै मिल्स भेट्रान विराटनगरले थप गोल गर्दै भरौल भेट्रान सुनसरीलाई ४–१ गोल अन्तरले पराजित गर्यो। मिल्स भेट्रानका तेजमान लिम्बूले ह्याट्रिक गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘म्यान अफ दि म्याच’ घोषित गरिएको थियो।
सुन्दरहरैँचा–१० स्थित सुकुना खेलमैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले गरेका थिए। कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, वडा अध्यक्ष रोशनप्रसाद ढकाल, प्रकाश श्रेष्ठ तथा पूर्व राष्ट्रिय खेलाडी देवनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको मुख्य प्रायोजक PLO लुब्रिकेन्ट्स रहेको छ भने सुन्दरहरैँचा नगरपालिकाले प्रवर्द्धन गरेको छ। क्लबका अध्यक्ष राजन योन्जनका अनुसार खेलमैदान व्यवस्थापन, खेलाडीलाई प्रोत्साहन तथा खेलकुद क्षेत्रलाई सक्रिय बनाउन प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिता अन्तर्गत आइतबार दार्जिलिङ भेट्रान र काँकडभिट्टा भेट्रानबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको छ।
Banner
आयोगले आजदेखि फेरि मतदाता नामावली सङ्कलन सुरु गर्ने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली सङ्कलन कार्य स्थगित गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली सङ्कलनको काम सुरु गर्ने निर्णय गरेको हो ।
स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ । आफ्नो फोटो तथा औठाछापसहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।
मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकताअनुसार पनि सच्याउन सकिनेछ । आयोगले मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login