Connect with us
Advertisement

खाद्य मेलामा आएर कृषि राज्यमन्त्रीले भने, ‘हतारमा खाना खाने र धेरै अन्न उब्जाउने होडबाजीले रोग निम्त्याउँदैछ’

Published

on

विराटचोकः हतारमा खाना खाने र हतारमा अर्थात् छोटो समयमा धेरै अन्न फलाउने होडबाजीले रोग निम्त्याइरहेको प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले बताएका छन् ।

मोरङको सुन्दरहरैंचामा शुक्रबार शुरु भएको खाद्य मेलाको उद्घाटन गर्दै राज्यमन्त्री मगरले हतार गर्ने बानी त्यागी स्वास्थ्यलाई फाइदा गर्ने खानपानमात्रै ग्रहण गर्नुपर्ने बताए ।

‘हामी सधैँ हतारमा हुन्छौँ । त्यसैले हतारको समयमा जस्तो पायो त्यस्तै खाइदिन्छौं’, उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भने, ‘किसानलाई पनि हतार नै हुन्छ । किसानले थोरै क्षेत्रफलमा बढी अनाज उब्जाउन रासायनिक मलको अधिक प्रयोग तथा विषादीको बढी प्रयोग गरेको हुन्छ । जसले गर्दा हाम्रो स्वास्थ्यलाई ठूलो असर गरिरहेको हुन्छ ।’ खानपानमा सुधार गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

  

विशेष अतिथिको आसनबाट सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले कृषि क्षेत्रमा पनि गुणस्तरीयता कायम हुन नसकेको बताए । प्रदेशले भर्खरै कृषि राज्यमन्त्री पाएकाले अब कृषि तथा खानपानको बारेमा सचेत गराउने क्रममा प्रदेश सरकारले उल्लेख्य काम गर्न सक्ने ढकालले विश्वास व्यक्त गरे ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रदेश नम्बर १ का सचिव डा. विमलकुमार निर्मलले अहिले नसर्ने रोगका कारण बढी मानिस मर्ने गरेका र त्यसको मुख्य कारण उचित खानपान र स्वस्थ खाद्यवस्तुको अभाव भएको उल्लेख गरे ।

‘कम वा धेरै खाना तथा असन्तुलित खानाले हामी बिरामी हुँदै गएका छौँ’, उनले भने, ‘जसका कारण श्वासप्रश्वास, कलेजो, डायबिटिज तथा मुटु र रक्तचापका बिरामी बढिरहेका छन् ।’ स्वस्थ खानपानको लागि रैथाने खाद्यवस्तु नै उपयुक्त भएको उनको भनाइ थियो ।

मेलाको सह आयोजकमध्येको कोशीहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंले खानपानमा सुधार गर्न यस्ता मेला सहयोगी हुने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले पोषण, खाद्य सुरक्षा र स्वास्थ्यका बारेमा जानकारी गराउन खाद्य मेला सञ्चालन गरिएको बताए । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्ने क्रममा उनले आहारविहारमा सचेत गराउनु नै कार्यक्रमको मुख्य उद्देश्य भएको बताए ।

सभाध्यक्षको आसनबाट बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंकी महानिर्देशक मतिना वैद्य जोशीले खानपानमा सुधार गर्न सके स्वास्थ्यको लागि अहिले भइरहेको खर्च आधाभन्दा बढी कटौती हुने बताइन् ।

उद्घाटन कार्यक्रमको सञ्चालन मेला संयोजक शङ्कर भण्डारीले गरेका थिए । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहाल, कालीखोला बहुउद्देश्यीय सामुदायिक सेवा समितिका अध्यक्ष शिव दाहाल, सुकुना बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष केशव अधिकारी, मंगल स्मृति प्रतिष्ठान अध्यक्ष डिल्लीराम अधिकारीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा निलगिरी कलेजका विद्यार्थीले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

उद्घाटन समारोह अघि र पछि कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिले मेलाका स्टलको अवलोकन गर्नुका साथै त्यहाँ राखिएका सामग्रीको बारेमा जानकारी लिएका थिए । उद्घाटन समारोहपछिको साङ्गीतिक कार्यक्रम चन्दा खड्काले सञ्चालन गरेकी थिइन् ।

 

Continue Reading

Facebook Comment

22 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बढ्यो ग्यासको मूल्य

Published

on

सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।

निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।

१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।

Continue Reading

Banner

बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

Published

on

आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गरेको छ ।

सोमबार सिंहदरबारमा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीका प्रतिनिधिहरूसहित आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा मानवीय सहयोग तथा सहकार्य मार्फत प्रभावित समुदायलाई हर सम्भव सहयोग जुटाउन आइएमई ग्रुप प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए ।

विदेशमा रहेका नेपाली नागरिकहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम पठाउँदा लाग्ने रेमिट्यान्स शुल्क सेप्टेम्बर १० सम्म पूर्ण रूपमा निःशुल्क गरिएको उनले जानकारी दिए ।

साथै, ग्रुपले आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेको छ ।

यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको आइएमई ग्रुपले जनाएको छ ।

Continue Reading

Banner

नेप्सेमा सामान्य गिरावट

Published

on

बुधबार सेयर बजार अघिल्लो दिनकै अंक २६२२ मा अडिएको छ । आज नेप्से परिसूचक जम्मा ०.२६ अंक घट्यो ।

जसले समग्र नेप्से अंकलाई खास प्रभाव परेन । अघिल्लो दिन नेप्से १९.३४ अंक घटेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ७८ करोडले घटेको छ । अघिल्लो दिन ५ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडमा सीमित रह्यो ।

११० कम्पनीको मूल्य बढेको छ भने १५० को घटेको छ, त्यस्तै १८ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०६, जलविद्युत् ०.०९, निर्जीवन बीमा ०.१४, अन्य ०.१२ तथा व्यापार ०.७६ प्रतिशत बढे ।
विकास बैंक ०.०२, फाइनान्स ०.२२, होटल तथा पर्यटन ०.३८, लगानी ०.२८, जीवन बीमा ०.३१, उत्पादन तथा प्रशोधन ०.०४, माइक्रोफाइनान्स ०.३३ प्रतिशत घटे ।
समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको १ अर्ब ८४ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३७ करोड, उत्पादन तथा प्रशोधन ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै भगवती हाइड्रोपावरको ३.००, गुराँस लघुवित्तको २.४१ प्रतिशत मूल्य बढ्यो ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ८.४५, रिजलाइन इनर्जीको ३.३८, ग्रिन डेभलपमेन्ट बैंकको ३.०७ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर तथा खानीखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक