Connect with us
Advertisement

मतदान सहज बनाउन तीन दिन बिदा सिफारिस

Published

on

 निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्टसमेत गरी तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरिएको आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले बताए । फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ ।   तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदान स्थलसम्म जान सहज हुने विश्वास गरिएको छ

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भूदेव खाद्य उद्योग र विराटनगरको नोबेल मेडिकल कलेज बीच सम्झौता

Published

on

भूदेव खाद्य उद्योगसँग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले भूदेव खाद्य उद्योग (हुलास फुड) तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता भएको छ ।

भूदेव खाद्य उद्योगका अनुसार यस सम्झौता पछि भूदेव खाद्य उद्योगसंग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरू तथा उनीहरूका आश्रित परिवार बिरामी भई उपचारका लागि नोबेल शिक्षण अस्पताल आउँदा अस्पताल सेवामा विशेष छुटको व्यवस्था हुनेछ । साथै भूदेव खाद्य उद्योग अन्तर्गतका सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी, श्रमिकहरूको पनि प्राथमिकताका साथ नोबेलले स्वास्थ्य उपचार सेवा प्रदान गर्ने छ ।सम्झौता पत्रमा भूदेव खाद्य उद्योगका राष्ट्रिय बिक्री प्रबन्धक शैशवी निरौला र नोबेल शिक्षण अस्पतालका तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन् ।

Continue Reading

Banner

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलद्वारा दुई संस्थासँग सहुलियत सम्झौता

Published

on

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समिति र गुराँस लघुवित्त वित्तीय संस्था लि. सँग छुट्टाछुट्टै सम्झौता गरेको छ। कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा, नर्सिङ, डेन्टल लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आइरहेको छ।

नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समितिसँगको सम्झौता अनुसार समितिका सदस्यहरुले ओपीडी सेवा नि:शुल्क, अप्रेशनसहितको अस्पताल सेवामा १५ प्रतिशत छुट र औषधीमा ५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ। यस सम्झौता पत्रमा एशोसिएसनको तर्फबाट इन्जिनियर जागर नाथ साह र अस्पतालको तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन्।

त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय धनकुटासँग भएको सम्झौता अनुसार संस्थाका ग्राहक सदस्यहरुले ओपीडी सेवा नि:शुल्क पाउनुका साथै ल्याव टेस्ट, एक्सरे, सिटी स्क्यान, एमआर आई, इन्डोस्कोपी सेवा र बेड चार्जमा १५ प्रतिशत छुट तथा औषधीमा ५ प्रतिशत छुट प्राप्त गर्ने अस्पतालले जनाएको छ। यस सम्झौता पत्रमा गुराँस लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद उपाध्याय र अस्पतालको तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन्।

दुवै सम्झौताहरू संस्थाका सदस्यहरुलाई विशेष स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले गरिएको छ।

Continue Reading

Banner

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग सम्मानित

Published

on

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक