Connect with us
Advertisement

नौ दिनपछि मतदान, आचारसंहिता कार्यान्वयनमा आयोग सक्रिय

Published

on

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा कडाइ गरेको छ।

पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो। प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ। नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई पूर्णरूरुपमा आचारसंहिता लाग्छ।

यस्तै, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई पूर्ण रूपमा आचारसंहिता लाग्ने आयोगले जनाएको छ। सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीसमेत आचारसंहिताको दायरामा छन्। राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई आचारसंहिता लाग्छ। निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी तथा कर्मचारी पूर्ण रूपमा आचारसंहिताको दायरामा छन्। यस्तै, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारीलाई पूर्ण रुपमा आचारसंहिता लाग्ने आयोगको भनाइ छ।संवैधानिक निकाय, सो निकायका पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, एवं कर्मचारी, सार्वजनिक पद धारण गरेका व्यक्ति अनुमगन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई निर्वाचन आचारसंहिता लाग्छ।

यसैगरी मतदाता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, आयोगले तोकेका अन्य निकाय वा व्यक्ति, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पनि आचारसंहिता लाग्छ।

स्थानीय कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा सहभागी भएको पाइएपछि आयोगले आइतबार आचारसंहिता स्मरण गराएको थियो। सोमबार पुनःसरकारी वा निजी क्षेत्रमा पूर्ण रूपमा आचारसंहिता लाग्ने स्मरण गराएको हो।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भूदेव खाद्य उद्योग र विराटनगरको नोबेल मेडिकल कलेज बीच सम्झौता

Published

on

भूदेव खाद्य उद्योगसँग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले भूदेव खाद्य उद्योग (हुलास फुड) तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता भएको छ ।

भूदेव खाद्य उद्योगका अनुसार यस सम्झौता पछि भूदेव खाद्य उद्योगसंग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरू तथा उनीहरूका आश्रित परिवार बिरामी भई उपचारका लागि नोबेल शिक्षण अस्पताल आउँदा अस्पताल सेवामा विशेष छुटको व्यवस्था हुनेछ । साथै भूदेव खाद्य उद्योग अन्तर्गतका सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी, श्रमिकहरूको पनि प्राथमिकताका साथ नोबेलले स्वास्थ्य उपचार सेवा प्रदान गर्ने छ ।सम्झौता पत्रमा भूदेव खाद्य उद्योगका राष्ट्रिय बिक्री प्रबन्धक शैशवी निरौला र नोबेल शिक्षण अस्पतालका तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन् ।

Continue Reading

Banner

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलद्वारा दुई संस्थासँग सहुलियत सम्झौता

Published

on

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समिति र गुराँस लघुवित्त वित्तीय संस्था लि. सँग छुट्टाछुट्टै सम्झौता गरेको छ। कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा, नर्सिङ, डेन्टल लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आइरहेको छ।

नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समितिसँगको सम्झौता अनुसार समितिका सदस्यहरुले ओपीडी सेवा नि:शुल्क, अप्रेशनसहितको अस्पताल सेवामा १५ प्रतिशत छुट र औषधीमा ५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ। यस सम्झौता पत्रमा एशोसिएसनको तर्फबाट इन्जिनियर जागर नाथ साह र अस्पतालको तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन्।

त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय धनकुटासँग भएको सम्झौता अनुसार संस्थाका ग्राहक सदस्यहरुले ओपीडी सेवा नि:शुल्क पाउनुका साथै ल्याव टेस्ट, एक्सरे, सिटी स्क्यान, एमआर आई, इन्डोस्कोपी सेवा र बेड चार्जमा १५ प्रतिशत छुट तथा औषधीमा ५ प्रतिशत छुट प्राप्त गर्ने अस्पतालले जनाएको छ। यस सम्झौता पत्रमा गुराँस लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद उपाध्याय र अस्पतालको तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन्।

दुवै सम्झौताहरू संस्थाका सदस्यहरुलाई विशेष स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले गरिएको छ।

Continue Reading

Banner

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग सम्मानित

Published

on

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक