Banner
निर्वाचन तयारी अन्तिम चरणमा, दुर्गम हिमाली बस्तीमा सामग्री पुगे
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही बिहिवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताउनुभएको छ ।
आज काठमाण्डाैमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँका अनुसार देशका उच्च पहाडी र हिमाली जिल्लाका साथै हिमाल पारिका दुर्गम बस्तीहरूमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी उहाँले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चार जगतले सकारात्मक भूमिका खेलेका कारण चुनावको माहोल देउरालीसम्म आइपुगेको र २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउने (चुनाव सम्पन्न हुने) विश्वास व्यक्त गर्नुभयो । .जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापनको पक्षबाट आयोग पूर्ण रूपमा ढुक्क रहेको उहाँको भनाइ छ ।
Facebook Comment
Banner
घट्यो एटीएमको कारोबार सीमा, अब दिनको १ लाखको साटो ५० हजार मात्रै झिक्न पाइने
एटीएम कार्डबाट गर्न सकिने कारोबारको सीमा घटेको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको एकीकृत निर्देशन २०८२ मार्फत यसअघिको कारोबार सीमा घटाइएको हो ।
नेपाल राष्ट्र बैङ्कका अनुसार प्रति कारोबारको सीमा ५ हजार रुपैयाँ, दैनिक कारोबारको सीमा ५० हजार रुपैयाँ र मासिक कारोबारको सीमा १ लाख रुपैयाँले घटाइएको छ ।
जब कि यसअघि प्रति कारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रति महिना ४ लाख रुपैयाँ एटीएमबाट निकाल्न सकिने अवस्था थियो ।
नगद कारोबारभन्दा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति अनुरूप कारोबार सीमा घटाइएको राष्ट्र बैङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।
उनका अनुसार केही महिनाअघि जारी निर्देशनहरूलाई नै अहिले एकीकृत निर्देशिकाको रूपमा ‘कम्पायल’ मात्र गरिएको हो । जसमा अनुमतिपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैङ्कले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरूमा चल्ने सवारी साधनहरूबाट सडक उपभोग दस्तुर (टोल फि) सङ्कलन गर्ने प्रयोजनका लागि आरएफआईडी चिपमा आधारित प्रिपेड ट्याग तथा कार्ड जारी गर्न सक्ने नयाँ व्यवस्था समेत समावेश छ ।
Banner
संसदीय समितिका सभापतिको निर्वाचन आज
संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुँदै छ ।
आज बस्ने प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिको चयन आज १ बजे बस्ने सबै समितिको छुट्टा छुट्टै बैठकमा हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।
समितिका सभापतिमा बिहीबार मनोनयन दर्ता भएको छ । जसमा शिक्षा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा २/२ जनाको उम्मेदवारी परेको छ भने अन्य समितिका सभापतिमा एकल उम्मेदवारी परेको छ ।
यस्तै, कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालले मनोनयन गरेका छन् ।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका डा। ओजस्वी शेरचन र एमालेका गुरु बरालको मनोनयन दर्ता भएको छ ।
यस्तैगरी, सार्वजनिक लेखा समितिमा काँग्रेसका भरत बहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिको सभापतिमा रहवर अन्सारीको मनोनयन दर्ता भएको छ ।
संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपाका तर्फबाट राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा)ले मनोनयन दर्ता गरेका छन् ।
शुक्रबार बस्ने समिति बैठकमा मनोनयनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने र सभापति निर्वाचित भएको घोषणा हुने सचिवालयले जनाएको छ ।
Banner
सुन्दरहरैंचा टी–२० कप २०८३ सुरु: पहिलो दिन विराट र भुल्के वारियर्सको शानदार जीत
सलकपुरः इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा सुन्दरहरैंचा टी–२० कप २०८३ हिजोदेखि औपचारिक रूपमा सुरु भएको छ।
उद्घाटन दिनमै रोमाञ्चक प्रतिस्पर्धा देखिएको प्रतियोगिताको पहिलो खेलमा विराट वारियर्सले हरैंचा रोयल्सलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ। उत्कृष्ट प्रदर्शन गरेका रोहन श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए।
त्यसैगरी, दोस्रो खेलमा भुल्के वारियर्सले गछिया टाइगर्सलाई ७४ रनले हराउँदै प्रभावशाली जित हात पार्यो। उक्त खेलमा ज्ञातव्य सुवेदी ‘प्लेयर अफ द म्याच’ घोषित भए।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले उद्घाटन गर्नुभएको प्रतियोगिता बैशाख ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login