Banner
बालेन शाह आज प्रधानमन्त्रीको शपथ लिँदै
देशले आज नयाँ प्रधानमन्त्री पाउँदै छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम राखिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाह झापा क्षेत्र नं ५ बाट विजयी भएका थिए ।
Facebook Comment
Banner
एसइईको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिए। चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो ।
नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
Banner
सोमबारको प्रतिनिधिसभामा विपक्षी दलको विरोध
सभामुख डीपी अर्यालले विरोध गर्ने दलका सांसदहरूलाई बस्न र आफूले राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गरेको भनेर जानकारी दिए । उनले बारम्बार बस्न आग्रह गर्दा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई उठिरहे ।
सभामुखले आकस्मिक समय दिने भनेपछि बल्ल साम्पाङ बसे र संसद नियमित कार्यसूचीमा प्रवेश गर्यो ।
Banner
सन्दीप जाेराकाे शतकमा नेपाल ‘ए’ ले दियाे अमेरिकालाई २६५ रनकाे लक्ष्य
एकदिवसीय अभ्यास शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालको ‘ए’ टोलीले अमेरिकालाई २६५ रनको लक्ष्य दिएको छ ।
माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले ४९ ओभर ५ बलमा २६४ रन बनाउँदा सबै विकेट गुमायो । नेपाल ‘ए’ का सन्दीप जोराले शतक बनाए । जोरा ११५ बलमा १११ रन जोडेर आउट भए । अमेरिकाका सौरभ नेत्रभाल्करले ३ विकेट लिए ।
नेपाल ‘ए’ टोलीले यसअघिका ३ वटै खेल जितेको थियो । नेपाल ‘ए’ टोलीले पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रन, दोस्रो खेलमा अमेरिकालाई ३ विकेट र तेस्रो खेलमा स्कटल्यान्डलाई डीएलएस नियमका आधारमा ९ रनले हराएको थियो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेलेको हो । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा लिग–२ शृङ्खला शुरू हुँदैछ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login