Banner
एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई
म्यान्चेस्टर सिटीले चेल्सीलाई हराउँदै एफए कपको उपाधि जितेको छ । वेम्बलीमा भएकाे फाइनल खेलमा चेल्सीलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।
सिटीकाे जितमा एन्टोनी सेमेन्योले गरेकाे गोल निर्णायक बन्याे । उनले ७१ औँ मिनेटमा गोल गरेका हुन् । सिटीको यो आठौँ उपाधि हो । यसअघि टोलीले लिग कप जितेको थियो ।
खेल सकिन १८ मिनेट बाँकी रहँदा सेमेन्योले उत्कृष्ट प्रदर्शन गर्दै गतिरोध तोड्दासम्म खेल निराशाजनक रूपमा सम्पन्न भएको थिएन । इर्लिङ हालान्डले दिएको पासमा सेमेन्योले ७१ औँ मिनेटमा चलाखीपूर्ण गोल गरे ।
दायाँ खुट्टाको ‘फ्लिक’ मा सम्भव गोलमा चेल्सी गोलरक्षक रोबर्ट सान्चेजसामु अवरोध तेर्स्याउने कुनै अवसर थिएन । उनी जनवरीमा मात्रै बर्नमाउथबाट सिटी आएका थिए ।
एक गोलले पछाडि रहेपछि चेल्सीले शृंखलाबद्ध आक्रमण गरे पनि गाेल गर्न भने सकेन । चेल्सी एफए कपको फाइनलमा पराजित भएको यो लगातार चौथोपल्ट हो ।
Facebook Comment
Banner
कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
यसैगरी, मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्न सक्ने सम्भावना पनि औँल्याएको छ ।
आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने कर्णाली प्रदेशको हिमाली भूभाग र मधेश प्रदेशमा आंशिक बदली रहने जनाइएको छ । बाँकी पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति नै कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रका केही स्थानमा हुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
Banner
समयले जन्माउनेछ डा. शर्माको कर्म लेख्ने अर्को भानुभक्त
समयले जन्माउनेछ डा. शर्माको कर्म लेख्ने अर्को भानुभक्त
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
मो भानुभक्त धनी भई किन यस्तो ।।
आदिकवि भानुभक्त आचार्यका यी हरफहरूले आज पनि सम्झाइरहेका छन्,—मानिस पद, सम्पत्ति वा चुनावी जितले होइन, अरूका दुःखमा साथ दिएर ठूलो बन्छ । यस्ता कर्म तत्काल चर्चामा नआउन सक्छन्, तर समयले तिनको मूल्य अवश्य लेखेर राख्नेछ ।
मोरङको पथरी शनिश्चरे–८ स्थित पौडेल चौकमा देखिएको दृश्य यस्तै सन्देश बोकेको थियो । वर्षौंदेखि खोलाको धमिलो पानी पिउन बाध्य स्थानीयहरू पहिलो पटक धाराबाट आएको सफा पानी थाप्दै मुस्कुराइरहेका थिए । कतिपय वृद्धवृद्धाको आँखामा खुसीका आँसु टल्किरहेका थिए ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट करिब १० किलोमिटर दक्षिणमा रहेको यो बस्तीमा लामो समयदेखि खानेपानीको चरम समस्या थियो । खोलाको पानी नै जीवनको आधार बनेको थियो । तर केही समययता त्यो पानीमा पनि लेदो मिसिन थालेपछि समस्या झन् जटिल बन्दै गएको थियो । पिउने पानी नै असुरक्षित भएपछि स्थानीयहरू चिन्तित थिए ।
स्थानीय बबिता पौडेल भन्छिन्, “हामीलाई खानेपानीको धेरै दुःख थियो । खान मात्रै होइन, लुगा धुन पनि उत्तिकै गाह्रो थियो । हामीले गाउँको समस्या डा. सुनील शर्मालाई सुनायौं । त्यसपछि उहाँले हाम्रा लागि इनार बनाइदिनुभयो । अहिले धेरै सहज भएको छ ।” अर्की स्थानीय यशोदा थापा खत्रीका अनुसार गाउँमा कल भए पनि त्यसका लागि ५५–६० फिटसम्म खन्नुपथ्र्यो । त्यहाँबाट आउने पानी रातो र प्रयोग गर्नै नसकिने खालको थियो । “चिया पकाउँदा समेत हेर्न नसक्ने हुन्थ्यो, एक रात राख्दा कालो बन्थ्यो,” उनी भन्छिन् । “यो समस्या सुनाएपछि डा. शर्माले इनार खनिदिनुभयो । चुनाव हारेर गए पनि उहाँले गाउँ बिर्सनुभएन । हामी पनि उहाँलाई कहिल्यै बिर्सिने छैनौं ।”
स्थानीय चन्द्रप्रसाद पौडेल भन्छन्, “हामीले २०३५ सालदेखि खोलाकै पानी खाइरहेका थियौं । कल पनि गाड्यौं, तर राम्रो पानी आएन । पानीको व्यवस्था गरिदिन धेरै ठाउँ धायौं, तर कसैले वास्ता गरेनन् ।” गाउँलेको यो पीडा डा. शमले टुलुटुलु हेरेर मात्र बस्न सकेनन् । गाउँ पुगे । चुनाव हारिसकेपछि धेरैले जनताबाट दूरी बनाइरहेका बेला उनले भने गाउँलेका पीडा बिर्सेनन् । राजनीतिक जित–हारभन्दा माथि उठेर स्थानीयका लागि इनार निर्माणमा सहयोग गरे ।
आज त्यही सहयोगको परिणाम स्वरूप पौडेल चौकमा धाराबाट सफा पानी झरिरहेको छ । गाउँलेहरू भेला भएर उनलाई धन्यवाद दिइरहेका छन् । लामो प्रतीक्षापछि आफ्नै गाउँमा सफा पानी पिउन पाउँदा पौडेल चौकमा अहिले खुसी छाएको छ ।
डा. सुनील शर्मा अहिले चर्चा खोजिरहेका छैनन्, बस्, आफ्नो कर्म गरिरहेका छन् । समयले यस्ता कर्म कहिल्यै बिर्सँने छैन । आज उनी सेवा गर्दैछन्, भोलि उनका यिनै कर्म देख्न र लेख्न फेरि अर्को भानुभक्त अवश्य जन्मिनेछ ।
Banner
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ ।
नेपालमा भैरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । अंकतालिकामा नेपाल २५ खेलमा १८ अंकसहित सातौं स्थानमा छ । अमेरिका २५ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । यो शृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार दुई जित निकालेपछि दोस्रोमा झरेको हो । स्कटल्याण्ड ३० खेलमा ३८ अंक जोडेर शीर्षस्थानमा छ ।
कीर्तिपुरमा यसअघि मंगलबार र बिहीबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको थियो । नेपाल र अमेरिका अहिलेसम्म एकदिवसीय खेलमा ११ पटक खेलेका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एउटा खेल टाई भएको थियो ।
नेपालले आफ्नो तेस्रो खेलमा जेठ ४ गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login