Connect with us
Advertisement

३२ औं पटक सगरमाथा शिखरमा पुगे कामिरिता

Published

on

कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

५६ वर्षीय कामिरिताले आज (१७ मे २०२६) बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

उनी ‘एभरेष्ट म्यान’को उपनामले चिनिन्छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उनकै नाममा छ ।

‘३२ औं पटक सफल आरोहणपछि कामिरिता र उनको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा छन्,’ सेभेट समिट ट्रेक्सले फेसबुकमा लेखेको छ, ‘उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा उनको भव्य स्वागतको तयारी गरिँदैछ ।’

सन् १९९४ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कामिरिताले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन् । उनलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकको रुपमा लिइन्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

खोर्साने गोल्डकपमा एपीएफलाई हराउँदै धरान फुटबल क्लब सेमीफाइनलमा

Published

on

सशस्त्र प्रहरी फुटबल क्लब एपीएफलाई हराउँदै धरान फुटबल क्लब मोरङको सुन्दरहरैंचा नगरपालिकामा हिजोदेखि शुरु भएको प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ ।

हिजोको उद्घाटन खेलमा एपीएफ फुटबल क्लबलाई २–० गोल अन्तरले धरानले पराजित गरेको हो ।

प्रतियोगिताको उद्घाटन समारोहका सभापति संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

पराजयसँगै एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ । विजयी धरान फुटबल क्लबले भोलिको खेलको विजेतासँग सेमीफाइनल खेल खेल्नेछ । भोलि सतिसाले स्पोर्टिङ क्लब र बिर्तामोड युनाइटेड झापाबीच प्रतिष्पर्धा हुनेछ ।

सुकुना खेलचौरीमा भइरहेको प्रतियोगिताअन्तर्गत आजको खेल भारतको खर्साङको युकेएफसी क्लब र सलहेश युथ क्लब सिरहाबीच हुने आयोजक सुन्दर खोर्साने युवा क्लबले जनाएको छ ।

Continue Reading

Banner

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

Published

on

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी, मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्न सक्ने सम्भावना पनि औँल्याएको छ ।

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने कर्णाली प्रदेशको हिमाली भूभाग र मधेश प्रदेशमा आंशिक बदली रहने जनाइएको छ । बाँकी पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति नै कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रका केही स्थानमा हुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

Continue Reading

Banner

एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई

Published

on

म्यान्चेस्टर सिटीले चेल्सीलाई हराउँदै एफए कपको उपाधि जितेको छ । वेम्बलीमा भएकाे फाइनल खेलमा चेल्सीलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

सिटीकाे जितमा एन्टोनी सेमेन्योले गरेकाे गोल निर्णायक बन्याे । उनले ७१ औँ मिनेटमा गोल गरेका हुन् । सिटीको यो आठौँ उपाधि हो । यसअघि टोलीले लिग कप जितेको थियो ।

खेल सकिन १८ मिनेट बाँकी रहँदा सेमेन्योले उत्कृष्ट प्रदर्शन गर्दै गतिरोध तोड्दासम्म खेल निराशाजनक रूपमा सम्पन्न भएको थिएन । इर्लिङ हालान्डले दिएको पासमा सेमेन्योले ७१ औँ मिनेटमा चलाखीपूर्ण गोल गरे ।

दायाँ खुट्टाको ‘फ्लिक’ मा सम्भव गोलमा चेल्सी गोलरक्षक रोबर्ट सान्चेजसामु अवरोध तेर्स्याउने कुनै अवसर थिएन । उनी जनवरीमा मात्रै बर्नमाउथबाट सिटी आएका थिए ।

एक गोलले पछाडि रहेपछि चेल्सीले शृंखलाबद्ध आक्रमण गरे पनि गाेल गर्न भने सकेन । चेल्सी एफए कपको फाइनलमा पराजित भएको यो लगातार चौथोपल्ट हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक