Banner
जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा
सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ १४ गते बिहीवारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको हो ।
सरकारले गएको फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो । त्यसअनुसार मुस्लिम आयोगले जेठ १४ गते ईद परेको जानकारी गराएसँगै सरकारले बिदा दिइएको हो ।
जेठ १५ गते शुक्रवार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा छ । शनिवार र आइतवार साप्ताहिक बिदा रहेकोले जेठ १४ गते बिहीवारदेखि १७ गते आइतवारसम्म लगातार ४ दिन सार्वजनिक बिदा परेको हो ।
Facebook Comment
Banner
इशानको विस्फोटक ब्याटिङ, अमेरिकालाई नेपालले दियो ३१८ रनको लक्ष्य
आईसीसी पुरुष क्रिकेट विश्वक लिग– २ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको हो ।
नेपालका लागि इशान पाण्डेले ८४ तथा दीपेन्द्रसिंह ऐरीले ५९, रन प्रहार गरे ।
Banner
अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ।
कीर्तिपुरस्थित टीयू मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
अमेरिकाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो। नेपालले यसअघिको टोलीलाई नै उतारेको छ ।
नेपालको सुरुवाती ११: कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, सोमपाल कामी ।
Banner
क्युबाका पूर्वराष्ट्रपति क्यास्ट्रोविरुद्ध पक्राउ पुर्जी जारी
क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध अमेरिकामा पक्राउ पुर्जी जारी गरिएको छ। सन् १९९६ मा भएको विमान दुर्घटनासम्बन्धी घटनालाई आधार बनाएर अमेरिकी पक्षले उनीमाथि विभिन्न आपराधिक अभियोग दर्ता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी अभियोजन पक्षका अनुसार क्युबाली सैन्य कारबाहीका क्रममा उक्त वर्ष एउटा सानो विमान खसालिएको थियो, जसमा सवार चार जनाको मृत्यु भएको थियो। घटनामा मृत्यु हुनेमा कार्लोस कोस्टा, अर्मान्डो अलेजान्द्रे जुनियर, मारियो दे ला पेना तथा पाब्लो मोरल्स रहेका थिए।
उनीहरू क्युबाबाट अमेरिका पुगेका व्यक्तिहरू रहेको र मायामी केन्द्रित “ब्रदर्स टु रेस्क्यू” समूहसँग आबद्ध भएर क्युबाबाट पलायन हुने नागरिकलाई सहयोग गर्दै आएको बताइएको छ।
क्युबाली पक्षले भने विमानले पटक-पटक चेतावनी अवज्ञा गर्दै आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेपछि सैन्य विमानमार्फत कारबाही गरिएको दाबी गर्दै आएको थियो।
घटनाका समयमा राउल क्यास्ट्रो रक्षा मन्त्रीको जिम्मेवारीमा रहेका थिए। बुधबार सार्वजनिक अभियोग पत्र अनुसार उनीमाथि अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्र, चार वटा हत्या तथा विमान विनाशसँग सम्बन्धित दुई अभियोग लगाइएको जनाइएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अभियोग दर्तासँगै क्यास्ट्रोविरुद्ध पक्राउ आदेश पनि जारी गरिएको हो।
९४ वर्षीय क्यास्ट्रो फिडेल क्यास्ट्रोका भाइ हुन्। हालसम्म उनी क्युबा बाहिर गएको वा अमेरिकालाई सुपुर्दगी गरिने संकेत सार्वजनिक भएको छैन।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login