Connect with us
Advertisement

आज २०८३ साल जेठ १५ गते शुक्रबारको राशिफल

Published

on

२०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ शुक्ल पक्षको त्रयोदशी तिथि। गणतन्त्र दिवस/अन्तर्राष्ट्रिय सगरमाथा दिवस। तदनुसार सन् २०२६ मे २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : आजको समय राम्रो छ। आम्दानी हुनेछ। चिट्ठा पर्ने योग छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ। साथीसँगको सम्बन्ध मजबुत बन्नेछ ।

वृष : दिन सामान्य राम्रो छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा रमाइलो भेटघाट र छलफल हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत भएर काम गर्नुपर्ने दिन छ।

मिथुन : आज पठनपाठनमा मन जानेछ। हराएको सामान भेट्न सकिन्छ। सुरुवात गरेका काम नियमसंगत भए सफलता मिल्नेछ। परिवारका बौद्धिक सदस्यसँग मिलेर काम गर्नु राम्रो हुन्छ। सहकार्यबाट गरेको कामबाट नाफा होला ।

कर्कट : जेागिएर काम गर्नुपर्ने दिन छ। पुरानो रोगको प्रकोप बढ्ने जोखिम छ। खानपानमा ख्याल गर्नुपर्ला। आफन्तबाट अपमानित हुने योग छ। तर गुरुको माया पाइनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह : दैनिकी सामान्य राम्रो छ। खर्च बढ्दा मनमा तनाव बढ्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीले मन खुशी हुनेछ। परिवारमा भने पर्ख र हेरको अवस्था बन्नसक्छ। राज्यबाट भयको जोखिम छ। हरेक काम गर्दा तीन पटक सोच्नु पर्ने दिन छ ।

कन्या : समय राम्रो छ। श्रम गरेको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनसक्छ। परिवारसँगको सम्बन्धले उत्साह थप्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ । स्वास्थमा लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी र श्रमबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ। सामाजिक क्षेत्रमा विरोध गर्नेहरु सक्रिय भएकाले सचेत भएर काम गर्नु राम्रो हुन्छ।

वृश्चिक : दिन सामान्य छ । आज ठूलो काममा हात नलगाउनु उचित हुनेछ। सामाजिक काम गर्दा सचेत बन्नुपर्नेछ। परिवार र प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने छ ।

धनु : आर्थिक अवस्था सबल बन्नेछ। लगानीको क्षेत्रमध्ये शिक्षामा फाइदा हुनेछ। बोलीको प्रभाव रहनेछ। परिवारको साथ र माया मिल्नेछ। मनमा उत्साह मिल्नेछ । व्यापारमा थप मिहिनेतको खाँचाे छ ।

मकर : प्रगति गर्ने समय आएको छ। शिक्षामा सफलता मिल्नेछ। बोलीमा नम्रता आवश्यक छ। अरुको सेवा गर्ने मौका मिल्नसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : झैझगडा हुन सक्ने भएकाले आज थोरै मात्र बोल्नु उपयुक्त हुन्छ। सञ्चित धनको खर्च हुने योग छ। आज ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। धार्मिक क्षेत्रमा भने लाभ मिल्नेछ।

मीन : आर्थिक क्षेत्रमा उन्नति र प्रगति हुनेछ। बोल्दा सोच्नु राम्रो हुन्छ। सामाजिक सेवा गर्ने मौका मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनसक्छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक