Connect with us
Advertisement

नोबेल मेडिकल कलेज : न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि प्रयोगमा

Published

on

 विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजले नेपालमै पहिलो पटक न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि भित्र्याएर हजारौँ बिरामीको सफल उपचार गरेको छ ।

त्याधुनिक प्रविधिको प्रयोग गरी न्यूरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी शल्यक्रिया सम्पन्न गरिँदै आएको मेडिकल कलेजले जनाएको छ ।न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गतिविधि अनुगमन गर्न मद्दत गर्दछ । जसका कारण शल्यक्रिया गर्दा सम्भावित जटिलता न्यूनीकरण गर्दै थप सुरक्षित, प्रभावकारी, र न्यूनतम जोखिमयुक्त उपचार सम्भव हुने गर्छ ।

नोबेल मेडिकल कलेजमा वरिष्ठ न्यूरो सर्जन प्राध्यापक डा.प्रकाश काफ्लेको नेतृत्वमा यो प्रविधि सफलतापूर्वक प्रयोग गरिँदै आएको छ । उनकाअनुसार न्यूरो इन्ट्राअप्रेटिभ प्रविधिबाट ब्रेन ट्यूमर, स्पाइनल इन्जुरी, पार्किन्सन्स, सेरेब्रल पल्सी, हाइड्रोसेफालस (टाउकोमा पानी जम्ने समस्या), हेड इन्जुरी, स्पाइनल ट्यूमर, ब्रेन हेमरेज तथा रगत जमेको समस्या लगायतका गम्भीर न्यूरो समस्याको सर्जरी सफलतापूर्वक सम्भव भएको छ ।

नेपालमै पहिलो पटक यो प्रविधि नोबेल मेडिकल कलेजमा उपलब्ध छ । जसले भर्खर जन्मिएका शिशुदेखि वृद्धसम्मका बिरामीहरूलाई न्यूनतम जोखिममा सफल उपचारको अवसर प्रदान गरिरहेको छ । नेपाल र भारतका हजारौँ बिरामीले यस प्रविधिबाट लाभ उठाइसकेका छन् ।

आधुनिक प्रविधिसहितको उपचार सेवा प्रदान गर्दै आएको नोबेल मेडिकल कलेजले न्यूरो सर्जरी क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । नोबेल मेडिकल कलेजमा नेपाली कांग्रेसका नेता सांसद डा. सुनिल शर्माको लगानी रहेको छ । सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौँ गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन् ।

शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन् । डा.शर्माले नोबेल मेडिकल कलेजमा भने आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निःशुल्क क्याबिन राखेका छन् । साथै, डा. शर्माको काठमाडौंको सिनामगलस्थित काठमाडौं मेडिकल कलेजमा आर्थिक अवस्था नाजुक भएका जनतालाई निःशुल्क उपचार हुँदै आएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अमेरिकाले फेरि गर्‍याे इरानमाथि हवाई हमला

Published

on

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक जहाजमाथि आक्रमण गरेपछि गरिएको अमेरिकी दाबी छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले राज्य सञ्चारमाध्यममार्फत होर्मुज अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ । साथै, उक्त जहाजले आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरी स्वीकृत मार्गबाट विचलित भएपछि त्यसलाई उल्लंघनकारी ठहर गर्दै आक्रमण गरिएको दाबी गरिएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले भने आईआरजीसीले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि स्पष्ट रूपमा आक्रमण गरेपछि यस साताभित्र तेस्रो चरणको हवाई आक्रमण गरिएको जनाएको छ ।

यसअघि पनि यही साता तीन वटा व्यावसायिक तेल ट्यांकरमाथि आक्रमण भएको थियो, जसपछि अमेरिका र इरानबीच सैन्य कारबाही र प्रतिकारको शृंखला सुरु भएको थियाे ।

सेन्ट्रल कमान्डका अनुसार आक्रमणका कारण जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ, जसका कारण जहाजले आफ्नो यात्रा जारी राख्न सकेन । साथै, जहाजमा रहेका एक चालकदल सदस्य बेपत्ता रहेको पनि बीबीसीले उल्लेख गरेकाे छ ।

‘व्यावसायिक जहाजहरूमाथि यसअघि भएका आक्रमणका लागि जवाफदेही बनाइएपछि इरानलाई समझदारीपत्रको पालना गर्ने अर्को अवसर प्रदान गरिएको थियो । तर, उसले फेरि पनि त्यसको पालना गर्न सकेन,’ सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ।

Continue Reading

Banner

नर्वे २-१ गोलले पराजित, इङ्ग्ल्यान्ड सेमिफाइनलमा

Published

on

इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गरेर इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्जेल्डरपको गोलमार्फत नर्वेले सुरुवाती अग्रता लिएको थियो । तर, नर्वेको उक्त अग्रतालाई इङ्ग्ल्यान्डले पहिलो हाफमा नै बराबरी गर्‍यो । पहिल हाफको इन्जुरी समयमा इङ्ग्ल्यान्डका जुड बेलिङ्घम गोल गरे ।

त्यसछि दोस्रो हाफमा कुनै पनि गोल हुन नसकेपछि गोल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको सुरुवातमै जुड बेलिङ्घमले गोल गरेर इङ्ग्ल्यान्डलाई २-१ अग्रता दिलाएका थिए ।

त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । र, नतिजा इङ्ग्ल्यान्डको पक्षमा पर्‍यो ।

इङ्ग्ल्यान्डले अब अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेलको विजेता टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

Continue Reading

Banner

भूदेव खाद्य उद्योग र विराटनगरको नोबेल मेडिकल कलेज बीच सम्झौता

Published

on

भूदेव खाद्य उद्योगसँग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले भूदेव खाद्य उद्योग (हुलास फुड) तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता भएको छ ।

भूदेव खाद्य उद्योगका अनुसार यस सम्झौता पछि भूदेव खाद्य उद्योगसंग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरू तथा उनीहरूका आश्रित परिवार बिरामी भई उपचारका लागि नोबेल शिक्षण अस्पताल आउँदा अस्पताल सेवामा विशेष छुटको व्यवस्था हुनेछ । साथै भूदेव खाद्य उद्योग अन्तर्गतका सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी, श्रमिकहरूको पनि प्राथमिकताका साथ नोबेलले स्वास्थ्य उपचार सेवा प्रदान गर्ने छ ।सम्झौता पत्रमा भूदेव खाद्य उद्योगका राष्ट्रिय बिक्री प्रबन्धक शैशवी निरौला र नोबेल शिक्षण अस्पतालका तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक